काठमाडौं– नेकपा (एमाले) र नेकपा (माआवादी केन्द्र) का बीचमा एकीकरण गर्दै बनेको नेपाल कम्युनिस्ट पार्टीको पहिलो केन्द्रीय समितिको बैठकले ८ वटा निर्णय गरेको छ।
नयाँ पार्टीको पहिलो केन्द्रीय समितिको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्णयार्थ पेश गरेका ८ प्रस्तावलाई पारित गरेको हो।




निर्णयहरुः
१) दल एकीकरण भएको निर्णय गरियो।
२) पार्टी नामकरण सम्बन्धमा छलफल गर्दा नेपाल कम्युनिस्ट पार्टी रहने निर्णय गरियो।
३) दलहरुबीचको सम्झौता र सहमति पारित गर्ने निर्णय गरियो।
४) राजनीतिक प्रतिवेदन र आन्तरिक विधान सम्बन्धमा माधवकुमार नेपाल र रामबहादुर थापा ‘बादल’ले तयार पारेको प्रतिवेदनलाई सम्सोधनसहित पारित गर्ने निर्णय गरियो।
५) दलको निर्वाचन चिह्न ‘सूर्य’ रहने निर्णय गरियो।
६) दलको सम्पत्ति र दायित्वसम्बन्धी प्रस्ताव उपर छलफल हुँदा साबिकमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाममा रहेका सबै सम्पत्ति र दायित्वहरु एकिकरण भएको दल नेकपामा सर्ने निर्णय गरियो।
७) एकीकरण भएको दल नेकपाको दल दर्ता लगायतका प्रायोजनका लागि साबिकको नेकपा एमालेबाट सुवास नेम्वाङ र नेकपा माओवादी केन्द्रबाट देवप्रसाद गुरुङलाई अधिकार प्राप्त व्यक्ति तोक्ने र निजहरुलाई सहयोग गर्न वरिष्ठ अधिवत्ता मुक्ति प्रधान, अधिवक्ता बाबुराम दाहाल र अधिवक्ता रमेश बराललाई तोक्ने निर्णय गरियो।
८) एकीकरण भएको दल नेकपाको केन्द्रीय समितिको संख्या ४ सय ४१ जनाको रहने तथा आज यस पहिलो बैठकमा उपस्ति भएका सबै केन्द्रिय सदस्यले हस्ताक्षर गरी निर्वाचन आयोगमा दल दर्ता प्रक्रियाका लागि अगाडि बढ्ने निर्णय गरियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।