काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतापछि नयाँ दल दर्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली तथा माओवादी केन्द्रका नेता प्रचण्ड आफैं निर्वाचन आयोग पुगेका छन्।
दुवै पार्टी विघटन र नेपाल कम्युनिस्ट पार्टी गठनको घोषणा गरेपछि ६० प्रतिशत केन्द्रीय समिति सदस्यको हस्ताक्षर लिएर नेताहरु आयोगमा पुगेका हुन्।
संयुक्त केन्द्रीय समितिको बैठकले सुवास नेम्बाङ र देव गुरुङलाई दल दर्ताका लागि अधिकार दिएको थियो। दल दर्ताका लागि ओली, प्रचण्ड तथा माधव नेपाल, वर्षमान पुन लगायतका नेता आयोग पुगेका छन्।
नेपाल कम्युनिस्ट पार्टीको नाम पहिले नै दर्ता भइसकेकाले सोही नाममा अर्काे पार्टी दर्ता गर्न नमिल्ने आयोगले जनाउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।