• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, भदौ ३१, २०८३ Wed, Sep 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

मेस्सी म्यानचेस्टर सिटीमा कि अग्युरो बार्सिलोनामा? 

64x64
नेपाल लाइभ शनिबार, फागुन २९, २०७७  ०७:४९
1140x725

काठमाडौं- इंग्लिस क्बल म्यानचेस्टर सिटी र स्पेनिस क्लब बार्सिलोनाका खेलाडी जोडेर फुटबल खेलाडीको किनबेच बजारमा बेलाबखत चर्चा भइरहन्छ। गएको सिजन बार्सिलोना कप्तान लियोनल मेस्सी म्यानचेस्टर सिटी जाने हल्ला चलेकाे थियाे, तर त्याे पूरा भएन। यो सिजन अन्त्यमा म्यानचेस्टर सिटीबाट सर्जियो अग्युरो बार्सिलोना जाने हल्ला उसैगरी चलिरहेको छ। 

सिजनको अन्त्यमा मेस्सी र अग्युरो दुबैको क्लबसँगको सम्झौता सकिँदै छ। बार्सिलोनामा नयाँ चुनावपछि अध्यक्ष बनेका योहान लापोर्ताले मेस्सीलाई बार्सिलोनामा नै राख्ने बताउँदै आइरहेका छन्। त्यसमा अन्तिम निर्णय मेस्सीको नै हुनेछ। युरोपियन उपाधिमा कमजोर बनिरहँदा मेस्सीले के गर्लान् भन्ने अनुमान कठिन छ। जहाँ अग्युरोलाई बार्सिलोना पठाउने गरी उनका एजेन्टले लापोर्तासँग कुराकानी गरिरहेका छन्। 

बार्सिलोना अध्यक्ष लापोर्तासँग अग्युरोका एजेन्ट हेर्नन रेग्युएराले कुराकानी गरेको खबर सञ्चारमाध्यममा आइरहेका छन्। अग्युरो स्वयम पनि बार्सिलोनामा मेस्सीसँगको साझेदारीमा बढ्न इच्छुक देखिएको बताइन्छ। सन् २००६ देखि २०११ सम्म एथ्लेटिको मड्रिडमा रहेका अग्युरोलाई पुन: स्पेन फर्कन उति मुस्किल भने छैन। मेस्सीसँग त उनी अर्जेन्टिनाको विभिन्न उमेर समूहको टिमदेखि राष्ट्रिय टिमसम्म सँगै खेलिसकेका छन्। 

यो सिजनको अन्त्यमा म्यानचेस्टर सिटीसँग सम्झौता सकिने हुँदा अग्युरोलाई बार्सिलोना जान ‘ट्रान्सफर फि’ कारण हुने छैन। अहिले उनको तलब लगभग १५ मिलियन युरो रहेको छ। त्यसमा कम गरेर पनि उनी बार्सिलोना जान चाहेकाे बताइन्छ। अग्युरो बार्सिलोनामा जाँदा बार्सिलोना कप्तान लियोनल मेस्सीका लागि पनि मैदानको पुरानो साझेदारी मिल्ने फुटबल विश्लेषक बताउँछन्। 

मेस्सीले फाब्रिगास, जाभी, इनिएस्टा, नेमार र स्वारेज जस्ता मैदान र मैदानबाहिरका साथी बार्सिलोनाबाट गुमाइरहँदा अग्युरो उनका लागि नयाँ साथ हुन सक्नेछन्। मेस्सी बार्सिलोनामा नै रहे अग्युरोको आगमनले पक्कै खुसी हुनेछन्। युवा उमेरदेखि र मेस्सी र अग्युरोको साथ विशेष छ। पछिल्लो दशक जसरी मेस्सी उचाइमा छन् उसैगरी राम्रा स्ट्राइकरका रुपमा अग्युरोले पनि आफ्नो नाम बनाएकै छन्। फुटबल जीवनको अन्तिम वर्षहरुमा रहेका यी दुवैले टिममा संयुक्त योगदान गर्न सक्नेछन्। 

गएको सिजन सिटीमा अग्युरोले ३२ खेलमा २३ गोल गरेका थिए। चार गोलमा असिस्ट गरेका थिए। चोटका कारण समस्यामा परेको यो सिजन उनले १२ खेलमा दुई गोल मात्र गरेका छन्। चोटकै कारण अहिले मैदानको अवसर कम पाइरहँदा सिटी उनलाई बाहिर पठाउने पक्षमा नै देखिन्छ। 

चोटका कारण अग्युरो समस्यामा परेको यही सिजन मात्रै होइन। सन् २०१२–१३ यता उनले विभिन्न २० पटक चोटको समस्या भोगिसके। तीन महिनापछि ३३ वर्षमा पुग्ने अग्युरोका लागि उमेरसँगै ‘फिटनेस’मा फरक समस्या पनि देखिने नै छन्। यसैले उनका लागि आउँदो समयको सबैभन्दा कठिन विषय उही लय कायम गरिरहनुमा हुनेछ। 

बार्सिलोनामा मेस्सीसँगै अन्सु फाती, एन्टोनियो ग्रिजम्यान र उसमान डेम्बेले जस्ता खेलाडीले लगातार अवसर नपाइरहँदा त्यही अग्युरोका लागि नियमित मैदानको समय सहज पक्कै हुने छैन। यसैले बार्सिलोनाले उनलाई लगेमा अहिले सिटीमा कम हुँदै गएको समय जस्तै समस्या पर्न सक्नेछ। बार्सिलोनाले बेलामौका प्रयोग गरिरहेको स्ट्राइकर मार्टिन ब्रेथवेटको भूमिकामा अग्युरो राजी नहुन सक्छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

बार्सिलोनामा प्रशिक्षकका रुपमा आएदेखि नै रोनाल्ड कोम्यानको योजना फ्रेन्च क्लब लियोनबाट मेमफिस डिपेलाई ल्याउने देखिन्छ। यसैले नयाँ बार्सिलोना बोर्डको आगमनसँगै प्रशिक्षकसँग उनीहरुको भावी योजना कस्तो रहन्छ भन्ने विषयले भूमिका खेल्नेछ। युवा पुस्तामा भरोसा गरेर बढ्ने बार्सिलोनाको भविष्यसँग सिनियर खेलाडीको तालमेल कसरी जोडिन्छ यकिन छैन। यो सबैमा मेस्सी बार्सिलोनामा नै रहन्छन् रहँदैनन् भन्ने विषय प्रमुख हुन्छ। 

बार्सिलोना अध्यक्ष लापोर्ताको चुनावी मुद्दा नै बार्सिलोनामा मेस्सीलाई रोक्ने रहेको थियो। यस्तोमा उनको प्रयास रहने नै छ। मेस्सीसँग त्यसबारे उनले छिटै निचोडको कुराकानी गर्ने छन्। यसअघि जोसेप मारिया बर्टामेउ अध्यक्ष रहँदा गएको सिजनको अन्त्यमा मेस्सी बार्सिलोना छाड्न नजिक पुगिसकेका थिए। तर बर्टामेउले मेस्सीको ७०० मिलियन युरोको रिलिज क्लज देखाएर अप्ठ्यारोमा पारिरहे। 

अहिले अवस्था फेरिँदै गएको छ। ३३ वर्षका मेस्सीले आफू वरपर प्रतिस्पर्धामा बढ्न सक्ने खेलाडीको समूह पाइरहेका छन्। मेस्सीको युरोपियन प्रतिस्पर्धामा अब्बल हुने इच्छा यो सिजन पूरा नभए पनि आउँदो सिजनका लागि विश्वास गर्न सक्ने बाटो उनले भेट्ने देखिन्छ। पारिवारिक रुपमा पनि स्पेन छाडेर बाहिर जान मेस्सीका लागि सहज छैन। त्यसैले उनलाई राजी गराउन सके उनी बार्सिलोना मै रहने सम्भावना छ।

पछिल्ला वर्ष च्याम्पियन्स लिगमा युभेन्टस, रोमा, लिभरपुल, बायर्न म्युनिक र अहिले पिएसजीसँग बार्सिलोनाको हविगत मिल्दोजुल्दो देखिन्छ। प्रशिक्षक लुइस इनरिक हुँदै भालभर्दे, सेटियन र अहिले कोम्यानसम्म युरोपियन प्रतिस्पर्धामा मेस्सीले चाहेको खेल हुन सकिरहेको छैन। यो सबैको आलोचना विशेष रुपमा मेस्सीले नै भोगिरहेका छन्। 

गएको सिजन सकिएपछि मेस्सीले बार्सिलोना छाड्ने बताएसँगै उनलाई लैजान सिटी नै सबैभन्दा नजिक पुगेको थियो। सिटी जाने सोचमा मेस्सी पनि सकारात्मक थिए। सिटी प्रशिक्षक पेप गार्डिओलासँगको कुराकानीमा उनी सहमति नजिक पुगेका थिए। तर बार्सिलोनाले आफ्ना स्टार खेलाडीलाई क्लब छाड्न दिएन। महँगो रिलिज क्लजका कारण सिटीले ठूलो रकम तिर्न सक्ने कुरा थिएन।  

मेस्सीले आफै हुर्केको क्लबविरुद्ध मुद्दामामिला गर्न नचाहेको र एक सिजन बार्सिलोनामा नै रहने बताउँदा बार्सा समर्थक खुसी भए। तर मेस्सी जाने लगभग पक्का भइसकेको  सिटीलाई त्यसबेला नमजा भयो। तर बार्सिलोनामा मेस्सी रहँदा देखिएको राहत लामो समय रहनेछ भन्ने यकिन भने छैन। यो सबैमा अन्तिम निचोड मेस्सीले केही खुलेर नबोल्दासम्म आउने छैन। 

प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  ०७:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
महावीर पुन : नेपालमै ड्रोन उत्पादन गर्ने तयारीमा छौँ
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन
राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन पेस
सम्बन्धित सामग्री
सन्न्यास लिइसकेका मेसी फेरि अर्जेन्टिनाबाट खेल्न फर्किँदै अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास घोषणा गरिसकेका अर्जेन्टिनाका स्टार खेलाडी लिओनल मेसीलाई अर्जेन्टिनाको राष्ट्रिय टोलीमा समावेश गरिए... बुधबार, भदौ ३१, २०८३
रोड्रिग्वेजले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास कोलम्बियाका मिडफिल्डर जेम्स रोड्रिग्वेजले मंगलबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन्। उनले कोलम्बियाका लागि १३१ खेल... बुधबार, भदौ ३१, २०८३
रियलको कठिन जित कार्लोस एस्पीको निर्णायक गोलसँगै रियल मड्रिडले स्पेनिस ला लिगामा मंगलबार एल्चेलाई ३–२ ले पराजित गरेको छ। बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
महावीर पुन : नेपालमै ड्रोन उत्पादन गर्ने तयारीमा छौँ बुधबार, भदौ ३१, २०८३
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न सात सदस्यीय विज्ञ समिति गठन बुधबार, भदौ ३१, २०८३
राष्ट्रपतिसमक्ष वित्त आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, भदौ ३१, २०८३
संसद् डिजिटल युगमा प्रवेश गर्दै, सभामुख अर्यालले भने– ‘ढिला गर्नु हुँदैन’ बुधबार, भदौ ३१, २०८३
स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’, बसन्तपुरदेखि पाटनसम्म पदयात्रा बुधबार, भदौ ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यमनमा हुथीविरुद्ध साउदीको हवाई आक्रमण तीव्र, होर्मुजमा अमेरिकी ड्रोन कब्जा गर्ने इरानको प्रयास असफल मंगलबार, भदौ ३०, २०८३
अमेरिकाले अन्तरिक्षमा राख्यो सुसज्जित हतियार, के भन्छ चीन? मंगलबार, भदौ ३०, २०८३
रुसविरुद्धको युद्धमा नेटोले युक्रेनलाई सहयोग गर्ने मंगलबार, भदौ ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशन निर्वाचन निर्देशिका जारी (पूर्णपाठ) मंगलबार, भदौ ३०, २०८३
देउवालाई काउन्टर दिँदै गगनको अर्को आह्वान : ‘असोज ३ गते सुरु हुने अधिवेशनमा सहभागी बनौँ’ मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
२०१९ मै मारिएको भनिएका ओसामाका छोरा हमजा बिन लादेन जीवितै छन् ? ५० मिनेटको भिडियोपछि फेरि उठ्यो पुरानो रहस्य शनिबार, भदौ २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्