काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई औपचारिक निर्णय गर्ने उद्देश्यसहित पार्टी एकता संयोजन समितिको बैठक जारी छ। एमाले र माओवादीबीच एकतालाई अन्तिम रुप दिन संयोजन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटरमा सुरु भएको हो। बैठकअघि दुवै पार्टीका शीर्ष नेताहरुले बालुवाटारमा वृक्षारोपण गरेका थिए।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको दुवै पार्टीका शीर्ष नेताहरु रहेको एकता संयोजन समिति बैठकले एकताका लागि दुई पार्टीका अध्यक्ष बीचभएको समझदारीलाई अनुमोदन गर्नेछ। र, पार्टी एकताको घोषणा गर्ने निर्णय गर्नेछ।
बैठक सम्पन्न भएपछि दुवै पार्टीको आआफ्नो अन्तिम बैठक बस्ने बताइएको छ। दुवै पार्टीले एकता संयोजन समितिको निर्णयलाई अनुमोदन गर्नेछन्। र, पार्टी विघटन भएको घोषणा गरिनेछ।
आजै एकीकृत पार्टीलाई निर्वाचन आयोगमा दर्ता गरिने कार्यक्रम छ। साँझ पत्रकार सम्मेलन गरेर पार्टी एकताको घोषणा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।