• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ विशेष

सरकार नछाड्ने, पार्टी फुट्न नदिने : यी हुन् ओलीका ५ रणनीति

64x64
किशोर दहाल मंगलबार, फागुन १८, २०७७  २१:०२
1140x725

काठमाडौं- प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई संवैधानिक गोरेटोभन्दा बाहिर पुर्‍याउन खोजेका थिए। उनको यो प्रयत्नलाई अस्वीकार गरेर सर्वोच्च अदालतले पुनः गोरेटोमै ल्याइदिएको छ। तर, फागुन ११ मा सर्वोच्चको फैसला आएपछि पनि कुनै राजनीतिक मोड देखिन सकेको छैन। जसले गर्दा मुलुकमा गत पुस ५ मा प्रतिनिधि सभा विघटन हुनुअघिको जस्तै अवस्था छ।

यतिबेला चासो र चर्चाको केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छ। नेकपा भने न मिल्ने अवस्थामा छ, न फुट्न सकेको छ। फुट्ने प्रक्रिया अघि बढिसकेको भए पनि निर्वाचन आयोगले ढिलासुस्ती गरिदिँदा त्यसले नेकपाको भविष्य मात्रै होइन, समग्र राजनीतिमै अवरोध उत्पन्न भएको छ। थप घटना विकास हुन सकेको छैन।

सर्वोच्चको फैसला आएपछि विजयी अनुभूति गरेको नेकपाको पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्ष पछिल्ला दिनमा भने निरीह देखिएको छ। जसले गर्दा 'उहाँहरुले के जित्नुभयो, मलाई थाहा छैन' भन्ने ओलीको भनाइ साबित हुँदै गएको छ। फैसलायता प्रचण्ड-माधवमा रहेको रणनीतिहिनता पनि पुष्टि हुँदै गएको छ। जसले ओलीको दम्भ थप प्रकट हुन सहयोग पुर्‍याएको छ।

ठूलो योजना विफल भए पनि ओलीमा भने आफ्नो रणनीति तुरुन्तै परिवर्तन गर्ने, बदलिएको माहोलमा पनि आफ्नो स्थान बलियो बनाउने, विपक्षीका कमजोरीमा खेल्ने, घटनाक्रममा आफूलाई केन्द्रमा राख्ने सीप देखिन्छ। जसले गर्दा कतिपय आलोचनाका बीच आगामी केही समयको राजनीतिक घटनाक्रम उनकै वरिपरि घुम्ने देखिन्छ।

ओलीका तत्कालका रणनीतिहरु के हुनसक्छन्? उनी पक्षका केही नेता तथा विश्लेषकहरुका तर्कका आधारमा उनका रणनीतिसँग जोडिने ५ विषय हामीले केलाएका छौं।

सरकार नछाड्ने

धेरैको आकलन थियो, सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनः स्थापना गरिदिएपछि प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनेछन्। परिपक्व लोकतान्त्रिक शासन व्यवस्था भएका मुलुकमा त्यस्तो हुने थियो नै। तर, ओलीले त्यसलाई गलत साबित गरिदिए।

ओली सरकार नछाड्ने र आवश्यक परे संसदीय दल वा संसद्‌मै भिड्ने रणनीति अनुसार अघि बढेको देखिन्छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसबीचमा ओलीले शक्ति भए आफूलाई हटाएर देखाउन चुनौती नै दिन थालेका छन्। साथै, ओली निकटका नेताहरु पनि उनी पहिलेभन्दा थप बलियो बन्दै गएको, उनलाई हटाउने कोही 'माइकालाल नजन्मेको', 'केपी ओली इज केपी ओली' भन्दै हुँकार गर्न थालेका छन्। त्यसैले उनी सरकार नछाड्ने र आवश्यक परे संसदीय दल वा संसद्‌मै भिड्ने रणनीति अनुसार अघि बढेको देखिन्छ।

सरकार नछाड्ने परिस्थिति निर्माणका लागि उनले प्रतिनिधि सभामा आफ्नो अनुकूल परिस्थिति निर्माणको प्रयास गरिरहेका छन्। केही दिनअघि उनले पूर्वमाओवादीका तर्फबाट नेकपाका मुख्य सचेतक रहेका देव गुरुङलाई हटाइ आफू निकट विशाल भट्टराईलाई जिम्मेवारी दिएका थिए। प्रधानमन्त्रीले रणनीतिक फाइदा पुग्ने यस्तै किसिमका अन्य कदम चाल्ने सम्भावना पनि देखिन्छ।

पार्टी फुट्न नदिने

विभाजन प्रक्रियामा रहेको नेकपा औपचारिक रुपमै विभाजन भयो भने महत्त्वपूर्ण दुई घटना हुने देखिन्छ। पहिलो, सरकार परिवर्तन हुनसक्छ। दोस्रो, नेकपाको आधिकारिता प्रचण्ड-माधव नेतृत्वको हुनसक्छ। ती दुवै अवस्था ओलीका लागि खुसीको कुरा हुने छैन।

नेकपा फुटेमा पहिलो, सरकार परिवर्तन हुनसक्छ। दोस्रो, नेकपाको आधिकारिता प्रचण्ड-माधव नेतृत्वको हुनसक्छ। ती दुवै अवस्था ओलीका लागि खुसीको कुरा हुने छैन।

पार्टी विभाजन भएमा उनी विरुद्ध अविश्वास प्रस्ताव आउन सक्छ। वा, संविधानको धारा १०० (२) बमोजिम उनले विश्वासको मत लिनुपर्ने हुन्छ। किनकि, सो धारामा 'प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्नु पर्नेछ' भनिएको छ। पार्टी विभाजित भएको अवस्थामा प्रधानमन्त्री ओलीका लागि विश्वासको मत पाउनु कठिन काम हो।

त्यस्तै, नेकपा विभाजित भएमा पार्टीको आधिकारिता उनीबाट फुत्किन सक्छ। अहिलेसम्मको नेकपाभित्रको अवस्था र प्रचलन हेर्दा त्यस्तो हुने सम्भावना छ। त्यो अवस्थामा ओलीले नयाँ पार्टी दर्ता गर्ने लगायतका विकल्प रहन्छन्।

यो पनि पढ्नुहोस्

प्रतिनिधि सभा विघटन बदर भएपछि २०५२ सालमा के गरेका थिए मनमोहन अधिकारीले?सोमबार, फागुन १७, २०७७

त्यसैले पार्टी फुटलाई रोक्ने प्रयास ओलीको देखिन्छ। निर्वाचन आयोगले गरिरहेको ढिलाइले उनलाई फाइदा पुगिरहेको छ। आयोग लगायतमा भएका नियुक्तिलाई केलाउँदा ओलीको रणनीति र आयोगको ढिलाइबीच कुनै सम्बन्धै नहोला भन्न सकिन्नँ।

प्रतिनिधि सभालाई लामो समय चल्न नदिने

प्रतिनिधि सभा विघटनको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्च अदालतले प्रतिनिधि सभाको अधिवेशन बोलाउने समयावधि पनि तोकिदिएको थियो। त्यसैले अधिवेशन बोलाउनका लागि प्रधानमन्त्री ओलीलाई बाध्यता थियो। जस अनुसार आगामी फागुन २३ गते प्रतिनिधि सभाको अधिवेशन प्रारम्भ हुने छ।

तर त्यसलाई लामो समय चल्न नदिने ओली रणनीति छ। उनी पक्षका नेताहरु अनौपचारिक कुराकानीमा प्रतिनिधि सभा लामो समय नचल्ने बताउँछन्। अहिलेको अवस्थामा प्रतिनिधि सभाबाट ओलीले चाहेका कुनै पनि काम नहुने स्पष्ट छ। सरकारले कुनै पनि विधेयक अघि बढाएर पास हुने सम्भावना पनि न्यून छ। त्यसैले सरकारले 'बिजनेश' नदिने र त्यसमा सहयोग पनि नपाउने प्रतिनिधि सभाको बैठक मन्त्री पद्मा अर्यालको भाषामा 'रत्यौली खेल्न' मात्रै जारी राख्ने सरकारलाई रुची हुने कुरै भएन।

गत पुस १७ गते सुरु भएको राष्ट्रिय सभाको सातौं अधिवेशन पुस २६ मा अन्त्य गरिएको थियो। त्यसबीचमा सो सभाका चार वटा मात्रै बैठक बस्न सकेको थियो। प्रतिनिधि सभाको नियति पनि त्यही हुनसक्छ।

गत पुस १७ गते सुरु भएको राष्ट्रिय सभाको सातौं अधिवेशन पुस २६ मा अन्त्य गरिएको थियो। त्यसबीचमा सो सभाका चार वटा मात्रै बैठक बस्न सकेको थियो। प्रतिनिधि सभाको नियति पनि त्यही हुनसक्छ। अधिवेशन अन्त्य गर्ने वा सुरुवात गर्ने सवालमा प्रधानमन्त्रीले सभामुखसँग परामर्श गर्ने प्रचलन ओलीले छाडेको निकै भइसक्यो। त्यसकारण आफ्नो हित अनुसार निर्णय गर्न उनलाई न विगतले छेक्ने न वर्तमानले रोक्ने देखिन्छ।  त्यसो त, प्रतिनिधि सभा विघटन गरेर आलोचना खेपिसकेका ओलीलाई त्यसको अधिवेशन हठात् अन्त्य गरिदिएर हुने आलोचना खास ठूलो लाग्ने पनि होइन।

संसदीय दल 'फेस' गर्ने

संसदीय दलको बैठक बसेमा पनि ओलीले आफू बहुमतमा रहेको देखाउने अवस्था बन्दै गएको छ। पहिल्यै बराबरीजस्तो रहेको ओली र उनी इतर समूहको शक्ति पछिल्ला दिनमा ओलीतिर थपिँदै गएको आकलन गरिँदैछ। कतिपय मन्त्री बनेर उनकै पक्षमा पुगेका छन्। कतिपय बाहिर मौन देखिन्छन् तर भित्री रुपमा भने ओलीलाई नै फाइदा पुर्‍याइरहेका छन्।

त्यसैले संसदीय दलको बैठक बस्दा पनि ओलीले डराइहाल्नुपर्ने देखिँदैन। बैठक बसेर चुनाव नै हुने स्थिति आयो भने उनले आफ्नो सत्ता र शक्तिको प्रयोग गर्न सक्छन्। जसले उनलाई थप बलियो बनाउन सक्छ। सांसद् किनबेचको चर्चा गर्नेमा ओली नै अगाडि छन्। त्यस्तो स्थितिमा उनले सोही तरिका अपनाउन सक्छन्। 

यो पनि पढ्नुहोस्

ओलीलाई कमजोर पार्ने प्रचण्ड-माधव पक्षको यस्तो छ रणनीतिमंगलबार, फागुन १८, २०७७

संसदीय दलको बैठक बस्ने अवस्था आए प्रचण्ड-माधव पक्षले उनैलाई नेतृत्व स्वीकार गरेको सन्देश दिने र सो पक्षका पछिल्लो समयका राजनीतिक गतिविधि स्वतः अस्वीकृत हुने भएकाले पनि ओलीलाई अतिरिक्त फाइदा पुग्ने छ। त्यसैले आफू संसदीय दलको बैठक नबोलाउने तर माग भएमा बैठक बोलाई फाइदा लिने ओलीको रणनीति देखिन्छ।

थप देश दौडाहा

आफ्नो ज्यान नै 'तलमाथि' पर्न सक्ने भन्दै सुरक्षा चुनौती सार्वजनिक गरिरहेका प्रधानमन्त्रीको देश दौडाहा भने अचम्मको छ। उनी दैनिकजसो राजधानीबाहिरको कार्यक्रमहरुमा सहभागी हुने गरेका छन्। झापादेखि कञ्चनपुर पुगिरहेका छन्। यसअघि बिरामी भनेर पार्टी बैठकमा समेत लामो समय नबस्ने उनी अहिले दैनिकजसो उभिएर घण्टौं भाषण गरिरहेका छन्।

देश दौडाहामा जाने उनको विशिष्ट शैली छ। कुनै कार्यक्रमको उद्घाटन गर्ने र पार्टी सभालाई सम्बोधन गर्ने। त्यसक्रममा उनले विकासका काम गरिरहेको, विभिन्न उपलब्धि हासिल भइरहेको, विपक्षीले काम गर्न नदिएको, षडयन्त्रमूलक ढंगबाट सरकार गिराउन लागिएको जस्ता प्रचार गर्ने गरेका छन्। सबैतिर आफ्ना कुरा दोहोर्‍याएको दोहोर्‍यायै गरेर ओलीले मानिसमा त्यही नै सत्य भएको स्थापित गर्न खोजेका छन्। खासै तथ्य जाँच नहुने भएकाले उनको दाबी कति तथ्यपूर्ण होलान्, ती अलग विषय हुन्। 

यसरी देश दौडाहाका लागि उनलाई प्रधानमन्त्री हुनुको नाताले सहज भइरहेको छ। विभिन्न उद्घाटन तथा शिलान्यास जस्ता कार्यक्रमको सन्दर्भ पारिने भएकाले उनले राज्य शक्तिको प्रयोग गर्दा पनि नैतिक प्रश्न उठ्ने भएन, अर्कोतिर सोही अवसरमा उनले आफू पक्षको सभालाई सम्बोधन पनि गर्न पाउने भए। उनको यस्तो शैलीले उनलाई जनतामाझ पुर्‍याएको छ। उनले आफ्नो कुरा प्रत्यक्ष सुनाउन पाएका छन्।
 
 

प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  २१:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
किशोर दहाल
दहाल नेपाल लाइभको राजनीतिक ब्युरो प्रमुख हुन्।
लेखकबाट थप
अनि गणेशमानले कांग्रेस परित्याग गरे...
संघदेखि प्रदेशसम्म 'साना दल'को नेतृत्वमा सरकार!
‘कांग्रेसका नेता’ पुष्पलालले किन गठन गरे कम्युनिस्ट पार्टी?
सम्बन्धित सामग्री
दशक ७० मा राजनीति : संविधान, नाकाबन्दीदेखि संसद् विघटनसम्म नेपालले राजनीतिक रुपमा यो दशक कसरी पार गर्‍यो? कस्ता उतारचढाबहरू बेहोर्नुपर्‍यो? त्यसको आकलन गर्न सहज हुने गरी नेपाल लाइभले यस दशकका... मंगलबार, चैत २८, २०७९
०८ सालयताका प्रधानन्यायालयको फैसला उतारिरहेका दिनेशराज पन्त अक्षरहरू ‘गुँथिए’ झैँ लाग्ने पुराना नेपाली कागज टेबलमा राखिएका छन्। हत्तपत्त ठम्याउन नसकिने शब्दहरूलाई उनी पावरवाल चस्माको सहारामा ह... बिहीबार, फागुन १८, २०७९
बबई पुल कसका कारण भयो अलपत्र? सर्वोच्च पुग्यो पप्पु, सडक विभाग नयाँ बोलपत्रको हिम्मत नै गर्दैन पप्पु कन्स्ट्रक्सन प्रालिले निर्माण गरेको उक्त पुल भासिनुमा सडक विभाग निर्माण कम्पनीलाई दोष दिएर पन्छिँदै आएको छ भने निर्माण कम्पनील... सोमबार, फागुन १५, २०७९
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्