• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज ८, २०८३ Thu, Sep 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीलाई कमजोर पार्ने प्रचण्ड-माधव पक्षको यस्तो छ रणनीति

64x64
वीरेन्द्र ओली मंगलबार, फागुन १८, २०७७  ०८:२९
1140x725

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गर्दा जति हर्षित थिए, प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसलापश्चात् पनि राजीनामा नदिएर अनेक ‘तिकडम’ गर्न थालेपछि सकसमा देखिन्छन्। निर्वाचन आयोगदेखि संसदसम्मलाई ‘छल्ने’ अनेक बहाना खोजेर प्रधानमन्त्री ओली ‘रणनीतिक’ बन्न थालेपछि प्रचण्ड-माधव पक्षका लागि अगाडिका दिन सोचेजति सहज देखिएका छैनन्।

नेकपाको झण्डै दुइतिहाई बहुमतप्राप्त सरकारको नेतृत्व गरेका ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई चिरा परेको छ। कानुनतः यो पार्टी एउटै रहे पनि व्यवहारतः दुई पार्टी अस्तित्वमा छन्। एउटाको नेतृत्व प्रधानमन्त्री ओली र अर्कोको नेतृत्व प्रचण्ड-माधवले गरेका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध प्रचण्ड-माधव पक्ष आन्दोलनमा थियो, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र प्रतिपक्ष जनता समाजवादी पार्टी (जसपा)ले पनि सडकमा प्रदर्शन गरेका थिए। विघटनको निर्णय दुई महिनापछि सर्वोच्चले बदर गरिदिएसँगै प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिने अपेक्षा गरिए पनि ओली त्यसविपरीत खेल्ने ‘मूड’मा देखिएपछि मुख्यतः प्रचण्ड-माधव समूहको बेचैनी बढेको छ।

सर्वोच्चको परमादेश बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते प्रतिनिधि सभाको अधिवेशन बोलाएपछि पनि यो समूह के गर्ने भन्ने अन्योलमा छ। अधिवेशन आह्वान भए पनि कसरी जाने भन्नेबारे ठोस निर्णय नभएको नेकपाको प्रचण्ड-माधव पक्षका स्थायी कमिटी सदस्य रजुजी पन्तले नेपाल लाइभलाई बताए।

‘अहिले पनि हाम्रा नेताहरु विभिन्न दलका नेताहरुसँग छलफल र परामर्शमै हुनुहुन्छ, कानुनी पाटोमा संविधान र कानुनविद्हरुसँग नियमित परामर्श भइरहेको छ’, पन्तले भने, ‘हामीले चाल्ने कदम भनेको संविधान र ऐन–कानुनअनुसार नै हुन्छ। प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा नदिने मूड देखाइसक्नु भएको छ। त्यसो हुँदा नेकपा र संसद दुवैतिर टसल पर्ने देखिन्छ।’ 

पन्तले निर्वाचन आयोगले समयमै दलको आधिकारिकता सम्बन्धी विवाद नटुंग्याएका कारण समस्या थप बल्झिएको बताए। ‘हामीले उहिल्यै दलको आधिकारिकता टुंग्याउन आग्रह गरेका थियौं, तर आयोगले निर्णय नगरेर परिस्थिति थप जटिल बनाउने काम गर्‍यो’, उनले भने। उनले जित संविधान र कानुन पालना गर्नेकै हुने भए पनि केही समय लाग्ने देखिएको बताए। 

नेकपाको यो समूहका अध्यक्ष प्रचण्डले प्रतिनिधि सभा पुन:स्थापना भएपछि प्रधानमन्त्री ओली पराजित भइसकेकाले आफ्नो जित सुनिश्चित भएको बताउन थालेका छन्। दाहालले प्रधानमन्त्री ओलीले राजीनामा नदिए अविश्वास प्रस्ताव ल्याएर पनि हटाइने, ‘ओलीले आफ्नो पक्षलाई बलियो पार्न अनेक कानुनी छिद्र खोजेपनि अब ओलीसहित उनको प्रवृत्ति नै ध्वस्त हुने’ बताउन थालेका छन्। 

निर्वाचन आयोगमाथि दबाब बढाउने  
नेकपाको आधिकारिकता टुंग्याउन निर्वाचन आयोग अग्रसर नै नभएपछि प्रचण्ड–माधव पक्ष अब आयोगमाथि नै दबाब बढाउने रणनीतिमा लागेको छ। सोमबार बिहान बसेको यो पक्षको केन्द्रीय सचिवालय बैठकले आयोगलाई नेकपाको आधिकारिकता विवाद तत्काल टुंगो लगाउन आग्रह गरेको छ। पार्टीमा आफ्नो पक्षको बहुमत हुँदाहुँदै आयोगले आधिकारिकता नदिनु विडम्बनापूर्ण भएको ठहर गर्दै पत्र लेखेरसमेत आग्रह गरिने नेकपाको प्रचण्ड–माधव पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। 

‘आयोगले हामीलाई दलको आधिकारिकता उहिल्यै दिइसक्नुपर्ने थियो, तर अझैसम्म दिने छाँटकाँट देखिएको छैन’, श्रेष्ठले भने, ‘त्यसबारे सचिवालय बैठकमा गम्भीर समीक्षा भएको छ। अब बस्ने स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा पनि यसबारे छलफल हुन्छ।’ 

Ncell 2
Ncell 2
nimb
nimb

आयोगले केही दिन आधिकारिकता नदिएर अड्काए पनि प्रचण्ड–माधव पक्षलाई आधिकारिक दलको मान्यता नदिएर सुख नपाउने केन्द्रीय सदस्य मुक्ति प्रधानले बताए। ‘हामीसँग केन्द्रीय कमिटी र संसदीय दल दुवैको बहुमत छ, आयोगले निर्णय गर्दा सत्ता नभएर ऐन-कानून नै हेर्ने होला। त्यसो हुँदा हामीले नै आधिकारिक पार्टीको मान्यता पाउनेमा ढुक्क छौं’, प्रधानले भने। 

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको एक पक्षले अर्को पक्षलाई कारवाही गरेका थिए। त्यही कारवाहीको पत्र लिएर दुवै पक्ष निर्वाचन आयोग पुगेका थिए। लामो समय मौन बसेको आयोगले माघ ११ गते नेकपा विभाजन नभएको, पार्टी अध्यक्षमा ओली र प्रचण्ड नै रहेको निर्णय सुनाएको थियो। त्यसपछि प्रचण्ड–माधव पक्षले माघ २० गते राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी गरेको थियो। 

अब नेकपा एउटै पार्टी नरहनेमा दुवै पक्ष निश्चिन्त देखिन्छन्। पार्टी एकता कायम राख्नुपर्ने तल्लो तहको दबाब रहेकाले विभाजन गरेको अपजस बोक्न भने दुवैपक्ष तयार देखिएका छैनन्।

राजनीतिक दलसम्बन्धी ऐन अनुसार आयोगले अर्को (ओली) पक्षलाई सो सम्बन्धमा लिखित जवाफ पेश गर्न १५ दिनको सूचना दिनुपर्ने थियो। प्रचण्ड–माधव पक्षले दाबी पेश गरेको २७ दिन बितिसक्दा पनि आयोग यो प्रक्रियामा अघि बढेको छैन। 

Xtrem

Xtrem

अब नेकपा एउटै पार्टी नरहनेमा दुवै पक्ष निश्चिन्त देखिन्छन्। पार्टी एकता कायम राख्नुपर्ने तल्लो तहको दबाब रहेकाले विभाजन गरेको अपजस बोक्न भने दुवैपक्ष तयार देखिएका छैनन्। प्रधानमन्त्री ओली आयोगकै बलमा प्रचण्ड–माधव पक्षलाई हैरान पार्ने रणनीतिमा छन्। उता प्रचण्ड–माधव पक्ष पनि अदालतले प्रतिनिधि सभा पुन:स्थापना गरिदिएकाले ‘शक्ति सञ्चित’ भएको मूडमा देखिन्छन्। यो पक्षको अब बस्ने स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकले पार्टीको आधिकारिकतासम्बन्धी विवाद टुंगो लगाउनका लागि ठोस कदम चाल्ने उनीहरुको दाबी छ।

संसद पुन:स्थापना पक्षधरबीच मोर्चाबन्दी 
नेकपाको प्रचण्ड–माधव पक्ष प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि पुन:स्थापनाको पक्षमा लागेका शक्तिहरुबीच मोर्चाबन्दी गर्ने रणनीतिमा पनि जुटेको छ। त्यसनिम्ति यो समूहले पुन:स्थापनाको पक्षमा लाग्नेलाई ‘अग्रगामी’ र विघटनको पक्षमा लाग्नेलाई ‘पश्चगामी’ करार गरेको छ। तर, यो मोर्चाबन्दी सहज भने देखिँदैन। किनभने नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) एकढिक्का भएर यो मोर्चाबन्दीमा सामेल हुने अवस्था अहिलेसम्म देखिएको छैन। 

प्रतिनिधि सभा विघटनको निर्णय हुँदादेखि नै दुई खेमामा विभाजित कांग्रेसको एउटा खेमा सर्वोच्चको निर्णयलाई कार्यान्वयन गरेर जानुपर्ने पक्षमा छ भने अर्को पक्ष चाँडो निर्वाचन (अर्ली इलेक्सन)को बाटोमा अघि बढ्न थालेको छ। अहिले नै सरकारमा गए अबको निर्वाचनमा बहुमत नआउँने भन्दै ‘अर्ली इलेक्सन’को पक्षमा सभापति देउवाइतर समूह देखिएको छ। 

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुन:स्थापना गरेको भोलिपल्ट प्रचण्ड र नेपाल कांग्रेस सभापति देउवालाई भेट्न बूढानीलकण्ठस्थित देउवा निवासमा पुगे पनि देउवाले पहिले आफ्नो पार्टीको विवाद टुंग्याएर आउन आग्रह गरेका थिए। नेकपा विवाद टुंगिएपछि मात्र सत्ता साझेदारी गर्ने वा नगर्ने विषयमा छलफल गर्न सकिने जवाफ देउवाले दिएका थिए। यस्तो अवस्थामा कांग्रेसलाई एकढिक्का बनाएर आफ्नो पक्षमा मोर्चाबन्दी गर्न प्रचण्ड–माधव पक्षलाई सहज छैन।

ओलीलाई कमजोर पार्ने रणनीतिअन्तर्गत् प्रचण्ड–माधव समूहले ओलीको पहिलो घेरामा रहेका बाहेकका नेताहरुसँग छलफल सुरु गरेका छन्।

संघीय संसदको तेस्रो ठूलो शक्ति, जनता समाजवादी पार्टी (जसपा)लाई मोर्चाबन्दीमा समेट्न पनि सकसपूर्ण देखिन्छ। जसपामा संविधान संशोधनको मुद्दालाई केन्द्रमा राखेर जानुपर्छ भन्ने मत देखिएको छ। प्रचण्ड–माधवसँगको भेटमा जसपा नेता महन्थ ठाकुर, राजेन्द्र महतो लगायतले यसअघिको संविधान संशोधनको अजेण्डा स्मरण गराएका थिए। उनीहरुले संविधान संशोधनको मुद्दा स्मरण गर्दै प्रचण्ड–माधवलाई ‘तपाईंहरुको कुन पार्टी हो?’ भनेर समेत सोधेका थिए। यद्यपि, जसपाभित्रको तत्कालीन समाजवादी पार्टीको समूह प्रतिनिधि सभा पुन:स्थापना पक्षधरहरु एक हुनुपर्ने पक्षमा छ। ‘ओली प्रवृत्तिलाई परास्त गरेपछि मात्र संविधान संशोधनको मुद्दा अगाडि बढाउन सकिने’ त्यो समूहको विश्वास छ।

ओली पक्षलाई कमजोर पार्ने 
प्रचण्ड–माधव पक्ष प्रतिनिधि सभा पुन:स्थापना भएपछि आफू बलियो बनेको आकलनमा छ। आफ्नो र ओली समूह दुवैतिर नलागेका वामदेव गौतम, लालबाबु पण्डितलगायत नेता आफ्नो पक्षमा खुल्न थालेको यो समूहको बुझाइ छ। गौतम र पण्डित मात्र आफूतिर खुल्दा पनि ओलीलाई अप्ठेरोमा पार्न सकिने प्रचण्ड–माधव समूहको आकलन छ। 

यसबाहेक प्रधानमन्त्री ओलीलाई कमजोर पार्ने रणनीतिअन्तर्गत् प्रचण्ड–माधव समूहले ओलीको पहिलो घेरामा रहेका बाहेकका नेताहरुसँग छलफल सुरु गरेका छन्। उनीहरुलाई कुनै पूर्वाग्रह नराखेर आफ्नो पक्षमा ल्याउने प्रचण्ड–माधव पक्षको प्रयत्न देखिन्छ। ओलीको निकटस्थ रहेका केही ‘क्लोज सर्कल’ नेताबाहेक सबैलाई एक–एक गरेर आफ्नो पक्षमा ल्याउनुपर्ने प्रचण्ड–माधवपक्षीय नेकपाका स्थायी कमिटी सदस्य गोकर्ण विस्टले बताए।

‘अहिले फरक गुटमा भए पनि हाम्रा साथीहरुले यो पार्टीमा रगत, पसिना बगाउनुभएको छ’, विष्टले नेपाल लाइभसँग भने, ‘ती साथीहरुलाई कुनै आग्रह नराखेर फर्काउनु पर्छ।’ 

प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  ०८:२९
  • #ओली-प्रचण्ड-नेपाल
  • ##नेकपा-विवाद
  • #प्रचण्ड-माधव
  • #प्रतिनिधि_सभा_पुनर्स्थापना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदनले पार्टीभित्र एकताको भाव पैदा गरेको निष्कर्षसमेत निकालेको... बिहीबार, असोज ८, २०८३
समानान्तर महाधिवेशनका लागि देउवा समूहको पनि तयारी तीव्र, ४८ जिल्लामा संयोजक तोकिए संस्थापन पक्षले असोज १६ गतेदेखि १५औँ महाधिवेशन प्रक्रिया अघि बढाउने तयारी गरिरहेको छ। त्यसको एक दिनअघि अर्थात् असोज १५ गतेदेखि वडा अ... बिहीबार, असोज ८, २०८३
जलवायु न्यायमा आर्थिक अवसर समेट्न ज्ञवालीको जोड नेपाली सञ्चार उद्यमी तथा जलवायु एवं स्वच्छ ऊर्जा अभियन्ता समृद्धि ज्ञवालीले जलवायु न्यायलाई नेपालको स्वच्छ ऊर्जा सम्भावना र दक्षिण ए... बिहीबार, असोज ८, २०८३
ताजा समाचारसबै
ट्रम्प सरकारलाई अदालतको झट्का, ३ मिडियालाई ह्वाइट हाउस प्रवेश खुला बिहीबार, असोज ८, २०८३
बाढीपीडितका लागि प्याब्सनद्वारा २० करोड ८९ लाखभन्दा बढी राहत सहयोग बिहीबार, असोज ८, २०८३
ओलीको प्रतिवेदनले एकताको सन्देश दिएको एमालेको निष्कर्ष, मनोनीत केन्द्रीय सदस्यको नाम टुंगियो बिहीबार, असोज ८, २०८३
प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात, बाढी प्रभावितका लागि १ अर्ब निकासा बिहीबार, असोज ८, २०८३
समानान्तर महाधिवेशनका लागि देउवा समूहको पनि तयारी तीव्र, ४८ जिल्लामा संयोजक तोकिए बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेस मङ्गलसैन नगर सभापतिमा हेमराज भण्डारी सर्वसम्मत निर्वाचित बुधबार, असोज ७, २०८३
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्