• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २, २०८३ Sat, May 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

हतारमा निजगढ विमानस्थल शिलान्यास गराउन पर्यटन मन्त्रालयको प्रस्ताव

64x64
सविन मिश्र मंगलबार, फागुन १८, २०७७  १६:५५
1140x725

काठमाडौं- आयोजना कार्यान्वयनका लागि आवश्यक पूर्वतयारी नसकिँदै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यासको तयारी थालिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले राष्ट्रिय योजना आयोगलाई बहुवर्षीय ठेक्का स्वीकृति र अर्थ मन्त्रालयलाई स्रोत सुनिश्चितताका लागि आग्रह गर्दै यथाशीघ्र शिलान्यासको व्यवस्था गरिदिन आग्रह गरेको छ। 

योजना आयोग स्रोतले दिएको जानकारीअनुसार मन्त्रालयको पत्रअनुसार आयोजनाबारे आवश्यक निर्णय गर्न प्रस्ताव तयार गरिसकिएको छ। योजना आयोगले तयार गरेको प्रस्तावमा 'निजगढ विमानस्थल आयोजना कार्यान्वयनका लागि बहुवर्षीय ठेक्का सहमतिका सम्बन्धमा आवश्यक निर्णय हुने,' उल्लेख गरिएको छ। आयोगको बैठकले यो निर्णय भने गरिसकेको छैन। 

बहुवर्षीय ठेक्काका लागि स्रोत सुनिश्चितताको माग गर्दै पर्यटन मन्त्रालयले गरेको प्रस्ताव अर्थ मन्त्रालयमा पनि पुगेको छ। अर्थ मन्त्रालयले भने यस विषयमा अहिलेसम्म कुनै निर्णय गरिसकेको छैन। 'आयोजना कार्यान्वयनका लागि आवश्यक पूर्वतयारी सकिएको छैन, यस्तो अवस्थामा कसरी बहुवर्षीय ठेक्का लगाउने सहमति दिन सकिन्छ?,' अर्थ मन्त्रालय स्रोतले भन्यो। 

योजना आयोगले तयार गरेको प्रस्तावको व्याख्यामा १२०६ मिलियन अमेरिकी डलर (करिब डेढ खर्ब रूपैयाँ) लागत रहेको आयोजना कार्यान्वयन गर्न बहुवर्षीय ठेक्का सहमति दिनका लागि आवश्यक निर्णय गर्ने उल्लेख छ। बहुवर्षीय ठेक्का सम्बन्धी मापदण्ड २०७७ मा बहुवर्षीय ठेक्का व्यवस्थापन गर्नुअघि सम्बन्धित मन्त्रालय वा निकायले स्वीकृतिका लागि आयोजना प्रस्ताव पेश गर्नुपर्नेछ। 

आयोगले प्रस्ताव प्राप्त भएको ७ दिनभित्र मूल्यांकन गरी स्रोतका लागि अर्थ मन्त्रालयको सहमति लिनुपर्ने उल्लेख छ। अर्थ मन्त्रालयले स्रोतको सहमति दिएमा बहुवर्षीय ठेक्का कार्यान्वयनका लागि योजना आयोगले सम्बन्धित मन्त्रालयलाई सहमति दिन सक्नेछ। 

nimb
nimb
Ncell 2
Ncell 2

कार्यविधिअनुसार चालु आर्थिक वर्षको असोज मसान्तभित्र मात्रै बहुवर्षीय आयोजना पेश गर्ने समय भए पनि पर्यटनले फागुन ११ गते योजना आयोगमा प्रस्ताव पेश गरेको थियो। कार्यविधिअनुसार पनि पर्यटनले गरेको प्रस्ताव नै गलत भइसकेको छ। 

'विकास आयोजना हचुवामा ठेक्का लगाउने र शिलान्यास गर्ने प्रचलन बढ्दै जाँदा यो प्रस्ताव पनि आएको छ,' योजना आयोग स्रोतले भन्यो, 'जग्गा अधिग्रहण, रुख कटान, बस्ती स्थानान्तरणको काम सकिएको छैन। यस्तो हालतमा ठेक्काको तयारी गर्नु भनेको गलत अभ्यासको निरन्तरता मात्रै हो।' 

पछिल्ला केही दिन यता प्रधानमन्त्री केपी शर्मा ओली विकास आयोजनाको शिलान्यास गरिरहेका छन्। उनले शिलान्यास गरेका कतिपय आयोजनाको जग्गा अधिग्रहण समेत भएको छैन। 'निजगढ बनाउने मात्रै कुरा होइन, त्यो आयोजना कसरी सञ्चालन हुन्छ भन्नेसमेत हेर्नुपर्ने हुन्छ,' अर्थका एक अधिकारीले भने, 'यति ठूलो आयोजना निर्माण र सञ्चालनको अनुभव नेपालीसँग छैन। अहिले नै हतार गर्नु हुँदैन।' 

निजगढ विमानस्थल अघि बढाउन सम्पूर्ण पूर्व तयारी नै गरिएको छैन। यो आयोजना अहिले लगानी बोर्ड नेपालले हेरिरहेको छ। लगानी बोर्डले खरिद कार्य भइरहेका आयोजनाको सूचीमा निजगढलाई समावेश गरेको छ। 

स्विट्जरल्याण्डको जुरिच विमानस्थलले आयोजना अघि बढाउने प्रस्ताव गरे पनि एक वर्षसम्म कुनै काम गरेन। जुरिचको समय सीमा असोजमा नै सकिए पनि यो आयोजना कसरी अघि बढाउने भन्ने टुंगो छैन। नयाँ विदेशी लगानीकर्ताको खोजी भइरहेको बेला पर्यटन मन्त्रालयले भने हतारमा आयोजना शिलान्यास गराउने तयारी गरेको हो। 

प्रकाशित मिति: मंगलबार, फागुन १८, २०७७  १६:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लि... शुक्रबार, जेठ १, २०८३
टर्किस एयरको विमानमा आगलागी : २७७ यात्रु, सबै सुरक्षित उनका अनुसार यात्रुहरुलाई इर्मेन्सी ढोका खोलेर उद्धार गरिएको थियो । सो विमानमा चार बच्चासहित २७७ यात्रु थिए । विमानमा आगो लागेपछि उद्... सोमबार, वैशाख २८, २०८३
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन नेपाल वायुसेवा निगमले काठमाडौंबाट गुल्मीका लागि आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान भर्ने तालिका सार्वजनिक गरेको हो । शनिबार, वैशाख ५, २०८३
ताजा समाचारसबै
अमेरिकाद्वारा नेपालसामु १९६ रनको लक्ष्य प्रस्तुत शनिबार, जेठ २, २०८३
धनगढीमा ‘सुदूरपश्चिम कचहरी’ सुरु शनिबार, जेठ २, २०८३
नेपाललाई सहयोग गर्न विश्व समुदायसँग परराष्ट्रमन्त्रीको आग्रह शनिबार, जेठ २, २०८३
नेपाल-बंगलादेश सांस्कृतिक सम्बन्ध प्रवर्द्धन गर्न ‘नेपाल फेस्टिभल’ शनिबार, जेठ २, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश शुक्रबार, जेठ १, २०८३
ठूलो परिणाामको भेपसहित सिन्धुपाल्चोकबाट सातजना पक्राउ शनिबार, जेठ २, २०८३
विश्वकप लिग–२:  पहिलो जितको खोजीमा नेपाली क्रिकेट टोली शनिबार, जेठ २, २०८३
आज बस्ने भनिएको एमाले सचिवालय बैठक सोमबारका लागि सर्‍यो शनिबार, जेठ २, २०८३
सुधन गुरुङमाथिको अनुसन्धान निष्पक्ष हुनुपर्ने काँग्रेसको माग शुक्रबार, जेठ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भैरवी गाउँपालिकाकी अध्यक्ष रिताकुमारी शाही पक्राउ सोमबार, वैशाख २८, २०८३
विश्वकप लिग २ का लागि नेपाली टीम घोषणा, इशान पाण्डे राष्ट्रिय टोलीमा शनिबार, वैशाख २६, २०८३
सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्न ७ सदस्य मनोनीत सोमबार, वैशाख २८, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्