सुर्खेत - जुम्लाको हिमा गाउँपालिका–ओदीमा सोमबार बम पड्किँदा दुई जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार घाइतेमध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का १४ वर्षीय बालक गम्भीर घाइते भएका छन्।
उक्त बम युद्धकालीन रहेको उनले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको छ। गम्भीर घाइते बालकलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।