• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, कात्तिक ७, २०८३ Sat, Oct 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

कलेजो चिर्ने डाक्टरको संगीत थेरापी

64x64
पुष्पा थपलिया बुधबार, फागुन ५, २०७७  ०७:३०
1140x725

‘म्युजिक मेडिसिन पनि त हो नि !’

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंजको एनेक्स-१ को सर्जरी वार्डमा भेटिएका कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेश सिंह भण्डारीले उत्साहित हुँदै सुनाए। भण्डारी लिभर र प्यान्क्रियाजको सर्जरीबाट फुर्सद मिलाएर संगीतको औषधि उत्पादन गर्छन्। 

सानैदेखि हो भण्डारीलाई गीत गाउन मनपर्ने।  उनले भने, ‘गीत गाउन त सबैलाई रहर लाग्छ होला तर मलाई भने अलि बढी नै रहर जागेछ।’ त्यहि भएर त उनले अहिलेसम्म तीनवटा गीत रेकर्ड गराइसके। अन्य गीतको कभर पनि औंलामा गन्न सकिनेजति गाइसकेका छन्। 

चिकित्सकको जिन्दगी। बिहान उठेदेखि नै दौडधुप हुन्छ। उनी बिहान र बेलुकाको समयमा अन्य निजी अस्पतालमा समेत सेवा प्रदान गर्ने भएकाले दैनिकी झनै व्यस्त छ। यही व्यस्त दैनिकीलाई अस्तव्यस्त हुनबाट जोगाउन संगीतले ठूलो भूमिका खेलेको उनको अनुभव छ।  

भण्डारी भन्छन्, ‘बिहान घरबाट निस्किएपछि एक्कैचोटी बेलुकी मात्रै घर पुग्छु। छोरा सानो छ, मौका मिले एकछिन खेल्छु। परिवारसँग केही समय बिताउँछु। आफ्नो क्षेत्रका केही किताब पढ्नुपर्ने भए या आफूलाई अपडेट गर्नुपर्ने कुरा आए त्यो गर्छु। अनि थोरै समय मिल्यो भनेपनि गीतार समाएर गीत गाउन थालिहाल्छु।'

यति धेरै व्यस्तताबीच गीतारको तारमा हात कोतर्दै गीत गाउँदा सम्पूर्ण थकान मेटिने उनले बताए। भने, ‘मानिस हुँ, थकान महशुस हुन्छ, चिन्ता पनि लाग्छ। तर, जब संगीतको सामु पुग्छु, चिन्ता र थकानले साथ छाडिहाल्छन्।’ 

आफैं गाउने र आफैं रमाउनेबाट उनी कसरी रेकर्डिङसम्म पुगे त भन्ने जिज्ञासामा डाक्टर भण्डारीले भने, ‘सानैदेखि संगीतमा रुची भए पनि यसलाई सबैसामु पुर्‍याउन भने प्रधामन्त्री केपी शर्मा ओलीको भूमिका महत्वपूर्ण रह्यो।'

गतवर्ष प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको जटिल शल्यक्रिया उनैले गरेका थिए। सर्जरी पश्चातको १० दिन प्रधानमन्त्रीको बास अस्पतालमै भयो। उनले भने, ‘मोबाइलमा मैले रियाज गर्दा गाएका गीत रेकर्ड गरिएको थियो। ती रेकर्ड प्रधानमन्त्रीलाई सुनाएँ। मोबाइलमा सुनेपछि लाइभ गाउन लगाउनुभयो र उहाँले नै रेकर्डका लागि हौसला प्रदान गर्नुभयो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री ओलीसँगका ती दिन सम्झँदै उनले भने, ‘पार्टीगत राजनीतिको कुरा मलाई थाहा छैन तर उहाँ निकै सकारात्मक मान्छे हुनुहुन्छ।’ मानिसलाई छिट्टै आफ्नो बनाउने क्षमता प्रधानमन्त्रीमा भएको भन्दै उनले भने, ‘प्रधानमन्त्री अस्पताल बसुन्जेल यहाँको वातावरण नै संगीतमय भएको थियो।' 

त्यही समयमा नै उनले प्रधानमन्त्री ओलीको कबितालाई संगीतमा ढालेर गाए। उक्त गायकी ओलीलाई मनपर्‍यो। 'बन्छ नमुना नेपाल' बोलको कविता गीतमा परिणत भएपछि त्यसलाई उनले रेकर्ड गराए। त्यसलाई श्रोताले मन पनि पराए। साथीभाइको मायाले गीत रेकर्ड गर्न भण्डारी थप हौसिए।

उनको गीत रेकर्ड गर्ने रहर भने पहिलेदेखिकै हो।  भण्डारीले बिगत सम्झँदै भने, 'धरानमा एमबीबीएस पढ्दा म र मेरो साथी मिलेर गित रेकर्ड गराएका थियौं।  चिसो चिसो हावा बोलको गीत त्यो समयमा बिभिन्न एफएमहरुमा बजेको थियो। रेडियोमा बजेको गीत सुनेर रमाइलो त लाग्यो नै, तर यसले पढाइ भने बिगार्‍यो।' ४ देखि ५ दिनको रेकर्डिङले गर्दा पढाइमा पछि परेपछि उनीहरुले यो काम छाडिदिए र पढाइमै घोत्लिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भण्डारीले सानो कक्षा पढ्दाको धमिलो याद पनि सुनाए।  उनीहरुलाई संगीत पढाउने शिक्षिका थिइन्।  त्यो समयमा प्रतिभाको डबली भन्ने एउटा सांगितिक कार्यक्रममा गीत गाउन पाइन्थ्यो।  

शिक्षिकाले प्रतिभाको डबलीमा गीत गाउन भण्डारीलाई नै छनोट गरिन्। ‘जीवन हाम्रो सङ्लो पानी हो’ भन्ने गितलाई दिनरात नभनेर गाउने कोशिस गरे उनले। तर, उनले गीत गाउन भने पाएनन्। कारण उनलाई सम्झना छैन। 

पछि रेडियो नेपालमा पनि उनले गीत गाउने अवसर पाएका थिए। तर त्यो अवसरबाट पनि उनि कसरी चुके याद छैन। 

भण्डारीले हाँस्दै भने, 'यदि यी दुबै अवसरमा गीत गाएको थिएँ भने, सायद आज व्यावसायिक गायक नै पो बन्थें कि !' मन बुझाउँदै उनले भने, 'भगवानले नै मलाई चिकित्सक बनाउन ती अवसरबाट मोडिदिए होलान्।'

उनले वाद्यवादनमा पनि नयाँ प्रयोग गरिरहे। निकै रहरले बाँसुरी बजाउने प्रयत्न गरे तर सफल भएनन्। उनलाई मनपर्ने बाजा 'माउथ आगर्न'का लागि पनि केही समय खर्चिए तर काम लागेन। 

अन्त्यमा गीतारमा भने उनको हात बस्यो। साथीभाइले गीतार बजाएको देखेर उनले आधारभुत तहको गीतार बजाउन सिके। हँसिलो मुहारका भण्डारीले अनुहार थप उज्यालो बनाउँदै भने, 'गीतारका बारे केही थाहा नपाउने मान्छेको अगाडी राम्रै बजाउन जानेको छु भन्नेसम्म पार्नसक्छु।' 

संगीतमा मात्रै हैन, खेलकुदमा पनि सक्रिय छन् उनी।  भन्छन्, 'हामी धेरै स्ट्रेसमा काम गर्ने मानिस शारिरीक र मानसिक रुपमा स्वस्थ हुन जरुरी छ।'  शारिरीक स्वास्थ्यका लागि खेलकुद र मानसिक स्वास्थ्यका लागि संगीतको जोहो गर्नु निकै आवश्यक रहेको प्रष्ट्याए उनले। 

सबै मानिससँग २४ घण्टा हुन्छ। भण्डारीसँग पनि त्यहि २४ घण्टा मात्रै छ। तर, उनले हरेक ठाउँ भ्याएका छन्। आखिर कसरी ? हाँस्दै भण्डारीले भने, 'भएको समयमा अरु थप्ने हैन नि, जति छ त्यसलाई ब्यवस्थापन गर्ने हो।'  

उनी भने आफ्नो समय ब्यवस्थापन गर्दा पहिलो प्राथमिकता सर्जरीको कामलाई दिन्छन्। त्यो बाहेक टिभी हेर्दैनन्। अनावश्यक साथीभाइसँग समय बिताउँदैनन्। सामाजिक सञ्जाल पनि समाचार हेर्न मात्रै प्रयोग गर्छन्।  

रातको १२ बजे सुत्छन् र बिहान ६ बजे उठ्छन्।  जम्मा ६ घण्टा सुत्दा पर्याप्त पुग्छ उनलाई। भण्डारीले भने, 'सबैलाई ६ घण्टा मात्रै सुतेर नपुग्न सक्छ। शारीरिक बनोट र काम हेरेर पनि कति समय सुत्न जरुरी छ भन्ने कुरा थाहा पाउन सकिन्छ।' 

घरमा थाकेर पुग्दा आफूलाई रमाइलो लाग्ने काम गर्दा झनै इनर्जी आउँछ उनलाई। भण्डारीले भने, 'मलाई संगीतले आनन्दित तुल्याउँछ। बाटोमा जाँदा गाडीमा गीत सुन्दै हिड्छु। घर पुग्दा फ्रेस हुन्छु।'

भण्डारी व्यावसायिक सफलता हासिल गर्न गायक बनेका हैनन्। उनी सोख र रहरले बनेका गायक हुन्। यसरी सोखले गायक बन्दा व्यावसायिक गायकलाई प्रभाव पार्ने कुरामा उनले हाँस्दै भने, 'रोनाल्डोसँग भर्खर खुट्टा उचाल्न थालेको मान्छे भिड्न कहाँ सक्छ र!' 

त्यसो भन्दैमा संगीत क्षेत्रलाई अन्याय गर्न भने नहुने उनको बुझाई छ। अहिले भाइरल भएका ब्यक्तिले गीत गाउने चलन छ।  यसबारे उनी बोल्न नचाहे पनि छोटकरीमा उनले भने, 'राम्रा संगीत औषधि हुन् भने नराम्रा बिष। आफूले औषधी सेवन गर्ने कि बिष, छुट्याउने जिम्मा श्रोताकै हो।' 

अझै जोड दिँदै भण्डारीले भने, 'हावा सबैको हो तैंले सास फेर्न पाउँछस्, तैंले पाउँदैनस्  भन्ने अधिकार कसैलाई छैन। सबैले सास फेर्न पाउनुपर्छ।'

हालै सार्वजनिक भएको निलो आकाश बोलको गीत भने डाक्टर भण्डारी आफैले लेखेका हुन्। गीत रचना गर्दाको क्षण सम्झँदै उनले भने, 'केही शब्द जम्मा पारेर श्रीमतीलाई सुनाएँ, उनले राम्रो लाग्यो भनेपछि अरु शब्द जम्मा पारेर गीतको आकार दिएको हुँ।' 

भण्डारीलाई आख्यान र गैरआख्यानका किताब पनि पढ्ने रहर छ। तर, अहिलेसम्म चिकित्साशास्त्रका किताब बाहेक अरु किताबमा नजर लगाउन पाएका छैनन्। त्यसैले आफ्ना क्षेत्र बाहेकका किताव पढ्ने समय बुढेसकाललाई साँचेका छन्। भने, 'सबै काम अहिले मात्रै सकेर पनि त भएन, भविष्यका लागि साँच्नुपर्‍यो नि !' 

प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  ०७:३०
  • #रमेशसि‌ंह_भण्डारी
  • #RameshSingBhandari

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' गीत लेख्ने समयमा पाकिस्तानको कारगिलमा लडाइँ चलिरहेको थियो । भारत–पाक यो युद्धमा धेरै नेपालीले ज्यान गुमाए। ‘रेडियोमा नेपालीको मृत्यु... बुधबार, कात्तिक ४, २०८३
सुरेश अधिकारी भन्छन्–  ‘दशैं गीत’ ले मेरो जीवन नै सार्थक बनायो दशैं को आगमन हुनासाथ यो गीत गाउँघर वा सहरबजारमा गुन्जन थाल्छ। दशैं आएको आभास पछिल्लो २ दशकदेखि यो गीतले पनि दिन थालेको छ। यो गीत फि... बुधबार, कात्तिक ४, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
ताजा समाचारसबै
बंगालको खाडीमा चक्रवातको प्रभाव : नेपालमा २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने शनिबार, कात्तिक ७, २०८३
जनताको घरदैलोमा पुगेर असन्तुष्टि सुन्छौँ : माधव नेपाल शनिबार, कात्तिक ७, २०८३
अन्तर्राष्ट्रिय स्तरमा नेपालको ब्राण्ड बन्दै एनपीएल शनिबार, कात्तिक ७, २०८३
प्रचण्डको दाबी : नेपाल नयाँ भूराजनीतिक चलखेलको भूमरीमा शनिबार, कात्तिक ७, २०८३
कात्तिकमा १८ दिन बिदा, १२ दिनमात्र खुल्नेछन् सरकारी कार्यालय शनिबार, कात्तिक ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि कैंची धाम पुगेको सेल्फी शुक्रबार, कात्तिक ६, २०८३
खर काट्न गएका वडाध्यक्षको भिरबाट लडेर मृत्यु शुक्रबार, कात्तिक ६, २०८३
साउदीमा नेपालीको मृत्युमा कांग्रेसद्वारा दुःख व्यक्त, सुरक्षाको माग शुक्रबार, कात्तिक ६, २०८३
गड्डाचौकी नाका हुँदै रास्वपा सभापति लामिछाने भारत प्रवेश शुक्रबार, कात्तिक ६, २०८३
चक्रवातको प्रभावले नेपालमा झरीको सम्भावना, धान नभित्र्याउन मौसमविद्को सुझाव शुक्रबार, कात्तिक ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्