• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

कलेजो चिर्ने डाक्टरको संगीत थेरापी

64x64
पुष्पा थपलिया बुधबार, फागुन ५, २०७७  ०७:३०
1140x725

‘म्युजिक मेडिसिन पनि त हो नि !’

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंजको एनेक्स-१ को सर्जरी वार्डमा भेटिएका कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेश सिंह भण्डारीले उत्साहित हुँदै सुनाए। भण्डारी लिभर र प्यान्क्रियाजको सर्जरीबाट फुर्सद मिलाएर संगीतको औषधि उत्पादन गर्छन्। 

सानैदेखि हो भण्डारीलाई गीत गाउन मनपर्ने।  उनले भने, ‘गीत गाउन त सबैलाई रहर लाग्छ होला तर मलाई भने अलि बढी नै रहर जागेछ।’ त्यहि भएर त उनले अहिलेसम्म तीनवटा गीत रेकर्ड गराइसके। अन्य गीतको कभर पनि औंलामा गन्न सकिनेजति गाइसकेका छन्। 

चिकित्सकको जिन्दगी। बिहान उठेदेखि नै दौडधुप हुन्छ। उनी बिहान र बेलुकाको समयमा अन्य निजी अस्पतालमा समेत सेवा प्रदान गर्ने भएकाले दैनिकी झनै व्यस्त छ। यही व्यस्त दैनिकीलाई अस्तव्यस्त हुनबाट जोगाउन संगीतले ठूलो भूमिका खेलेको उनको अनुभव छ।  

भण्डारी भन्छन्, ‘बिहान घरबाट निस्किएपछि एक्कैचोटी बेलुकी मात्रै घर पुग्छु। छोरा सानो छ, मौका मिले एकछिन खेल्छु। परिवारसँग केही समय बिताउँछु। आफ्नो क्षेत्रका केही किताब पढ्नुपर्ने भए या आफूलाई अपडेट गर्नुपर्ने कुरा आए त्यो गर्छु। अनि थोरै समय मिल्यो भनेपनि गीतार समाएर गीत गाउन थालिहाल्छु।'

यति धेरै व्यस्तताबीच गीतारको तारमा हात कोतर्दै गीत गाउँदा सम्पूर्ण थकान मेटिने उनले बताए। भने, ‘मानिस हुँ, थकान महशुस हुन्छ, चिन्ता पनि लाग्छ। तर, जब संगीतको सामु पुग्छु, चिन्ता र थकानले साथ छाडिहाल्छन्।’ 

आफैं गाउने र आफैं रमाउनेबाट उनी कसरी रेकर्डिङसम्म पुगे त भन्ने जिज्ञासामा डाक्टर भण्डारीले भने, ‘सानैदेखि संगीतमा रुची भए पनि यसलाई सबैसामु पुर्‍याउन भने प्रधामन्त्री केपी शर्मा ओलीको भूमिका महत्वपूर्ण रह्यो।'

गतवर्ष प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको जटिल शल्यक्रिया उनैले गरेका थिए। सर्जरी पश्चातको १० दिन प्रधानमन्त्रीको बास अस्पतालमै भयो। उनले भने, ‘मोबाइलमा मैले रियाज गर्दा गाएका गीत रेकर्ड गरिएको थियो। ती रेकर्ड प्रधानमन्त्रीलाई सुनाएँ। मोबाइलमा सुनेपछि लाइभ गाउन लगाउनुभयो र उहाँले नै रेकर्डका लागि हौसला प्रदान गर्नुभयो।’ 

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानमन्त्री ओलीसँगका ती दिन सम्झँदै उनले भने, ‘पार्टीगत राजनीतिको कुरा मलाई थाहा छैन तर उहाँ निकै सकारात्मक मान्छे हुनुहुन्छ।’ मानिसलाई छिट्टै आफ्नो बनाउने क्षमता प्रधानमन्त्रीमा भएको भन्दै उनले भने, ‘प्रधानमन्त्री अस्पताल बसुन्जेल यहाँको वातावरण नै संगीतमय भएको थियो।' 

त्यही समयमा नै उनले प्रधानमन्त्री ओलीको कबितालाई संगीतमा ढालेर गाए। उक्त गायकी ओलीलाई मनपर्‍यो। 'बन्छ नमुना नेपाल' बोलको कविता गीतमा परिणत भएपछि त्यसलाई उनले रेकर्ड गराए। त्यसलाई श्रोताले मन पनि पराए। साथीभाइको मायाले गीत रेकर्ड गर्न भण्डारी थप हौसिए।

उनको गीत रेकर्ड गर्ने रहर भने पहिलेदेखिकै हो।  भण्डारीले बिगत सम्झँदै भने, 'धरानमा एमबीबीएस पढ्दा म र मेरो साथी मिलेर गित रेकर्ड गराएका थियौं।  चिसो चिसो हावा बोलको गीत त्यो समयमा बिभिन्न एफएमहरुमा बजेको थियो। रेडियोमा बजेको गीत सुनेर रमाइलो त लाग्यो नै, तर यसले पढाइ भने बिगार्‍यो।' ४ देखि ५ दिनको रेकर्डिङले गर्दा पढाइमा पछि परेपछि उनीहरुले यो काम छाडिदिए र पढाइमै घोत्लिए।

भण्डारीले सानो कक्षा पढ्दाको धमिलो याद पनि सुनाए।  उनीहरुलाई संगीत पढाउने शिक्षिका थिइन्।  त्यो समयमा प्रतिभाको डबली भन्ने एउटा सांगितिक कार्यक्रममा गीत गाउन पाइन्थ्यो।  

शिक्षिकाले प्रतिभाको डबलीमा गीत गाउन भण्डारीलाई नै छनोट गरिन्। ‘जीवन हाम्रो सङ्लो पानी हो’ भन्ने गितलाई दिनरात नभनेर गाउने कोशिस गरे उनले। तर, उनले गीत गाउन भने पाएनन्। कारण उनलाई सम्झना छैन। 

पछि रेडियो नेपालमा पनि उनले गीत गाउने अवसर पाएका थिए। तर त्यो अवसरबाट पनि उनि कसरी चुके याद छैन। 

भण्डारीले हाँस्दै भने, 'यदि यी दुबै अवसरमा गीत गाएको थिएँ भने, सायद आज व्यावसायिक गायक नै पो बन्थें कि !' मन बुझाउँदै उनले भने, 'भगवानले नै मलाई चिकित्सक बनाउन ती अवसरबाट मोडिदिए होलान्।'

उनले वाद्यवादनमा पनि नयाँ प्रयोग गरिरहे। निकै रहरले बाँसुरी बजाउने प्रयत्न गरे तर सफल भएनन्। उनलाई मनपर्ने बाजा 'माउथ आगर्न'का लागि पनि केही समय खर्चिए तर काम लागेन। 

अन्त्यमा गीतारमा भने उनको हात बस्यो। साथीभाइले गीतार बजाएको देखेर उनले आधारभुत तहको गीतार बजाउन सिके। हँसिलो मुहारका भण्डारीले अनुहार थप उज्यालो बनाउँदै भने, 'गीतारका बारे केही थाहा नपाउने मान्छेको अगाडी राम्रै बजाउन जानेको छु भन्नेसम्म पार्नसक्छु।' 

संगीतमा मात्रै हैन, खेलकुदमा पनि सक्रिय छन् उनी।  भन्छन्, 'हामी धेरै स्ट्रेसमा काम गर्ने मानिस शारिरीक र मानसिक रुपमा स्वस्थ हुन जरुरी छ।'  शारिरीक स्वास्थ्यका लागि खेलकुद र मानसिक स्वास्थ्यका लागि संगीतको जोहो गर्नु निकै आवश्यक रहेको प्रष्ट्याए उनले। 

सबै मानिससँग २४ घण्टा हुन्छ। भण्डारीसँग पनि त्यहि २४ घण्टा मात्रै छ। तर, उनले हरेक ठाउँ भ्याएका छन्। आखिर कसरी ? हाँस्दै भण्डारीले भने, 'भएको समयमा अरु थप्ने हैन नि, जति छ त्यसलाई ब्यवस्थापन गर्ने हो।'  

उनी भने आफ्नो समय ब्यवस्थापन गर्दा पहिलो प्राथमिकता सर्जरीको कामलाई दिन्छन्। त्यो बाहेक टिभी हेर्दैनन्। अनावश्यक साथीभाइसँग समय बिताउँदैनन्। सामाजिक सञ्जाल पनि समाचार हेर्न मात्रै प्रयोग गर्छन्।  

रातको १२ बजे सुत्छन् र बिहान ६ बजे उठ्छन्।  जम्मा ६ घण्टा सुत्दा पर्याप्त पुग्छ उनलाई। भण्डारीले भने, 'सबैलाई ६ घण्टा मात्रै सुतेर नपुग्न सक्छ। शारीरिक बनोट र काम हेरेर पनि कति समय सुत्न जरुरी छ भन्ने कुरा थाहा पाउन सकिन्छ।' 

घरमा थाकेर पुग्दा आफूलाई रमाइलो लाग्ने काम गर्दा झनै इनर्जी आउँछ उनलाई। भण्डारीले भने, 'मलाई संगीतले आनन्दित तुल्याउँछ। बाटोमा जाँदा गाडीमा गीत सुन्दै हिड्छु। घर पुग्दा फ्रेस हुन्छु।'

भण्डारी व्यावसायिक सफलता हासिल गर्न गायक बनेका हैनन्। उनी सोख र रहरले बनेका गायक हुन्। यसरी सोखले गायक बन्दा व्यावसायिक गायकलाई प्रभाव पार्ने कुरामा उनले हाँस्दै भने, 'रोनाल्डोसँग भर्खर खुट्टा उचाल्न थालेको मान्छे भिड्न कहाँ सक्छ र!' 

त्यसो भन्दैमा संगीत क्षेत्रलाई अन्याय गर्न भने नहुने उनको बुझाई छ। अहिले भाइरल भएका ब्यक्तिले गीत गाउने चलन छ।  यसबारे उनी बोल्न नचाहे पनि छोटकरीमा उनले भने, 'राम्रा संगीत औषधि हुन् भने नराम्रा बिष। आफूले औषधी सेवन गर्ने कि बिष, छुट्याउने जिम्मा श्रोताकै हो।' 

अझै जोड दिँदै भण्डारीले भने, 'हावा सबैको हो तैंले सास फेर्न पाउँछस्, तैंले पाउँदैनस्  भन्ने अधिकार कसैलाई छैन। सबैले सास फेर्न पाउनुपर्छ।'

हालै सार्वजनिक भएको निलो आकाश बोलको गीत भने डाक्टर भण्डारी आफैले लेखेका हुन्। गीत रचना गर्दाको क्षण सम्झँदै उनले भने, 'केही शब्द जम्मा पारेर श्रीमतीलाई सुनाएँ, उनले राम्रो लाग्यो भनेपछि अरु शब्द जम्मा पारेर गीतको आकार दिएको हुँ।' 

भण्डारीलाई आख्यान र गैरआख्यानका किताब पनि पढ्ने रहर छ। तर, अहिलेसम्म चिकित्साशास्त्रका किताब बाहेक अरु किताबमा नजर लगाउन पाएका छैनन्। त्यसैले आफ्ना क्षेत्र बाहेकका किताव पढ्ने समय बुढेसकाललाई साँचेका छन्। भने, 'सबै काम अहिले मात्रै सकेर पनि त भएन, भविष्यका लागि साँच्नुपर्‍यो नि !' 

प्रकाशित मिति: बुधबार, फागुन ५, २०७७  ०७:३०
  • #रमेशसि‌ंह_भण्डारी
  • #RameshSingBhandari

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
अलिना रायमाझीको निर्देशनमा ‘बाटो नहरे आमा’ सार्वजनिक, तीजको मौलिक कथामा भावुक भिडियो ‘बाटो नहरे आमा’मा लक्ष्मी परियारको स्वर रहेको छ भने गीतमा आयान न्यौपानेको शब्द तथा संगीत रहेको छ। गीतको एरेन्ज कृष्ण केसीले गरेका हु... बिहीबार, भदौ १८, २०८३
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्