• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

झापाको 'बालुवाटार काण्ड' : पुरी परिवारको नाममा रहेको साढे १७ बिघा जग्गा जफत गर्नुपर्ने निष्कर्ष

64x64
नारायण अधिकारी मंगलबार, फागुन ४, २०७७  ०७:००
1140x725

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता गगन पुरी भनेर चिनिने रेवतराज पुरीको नाममा रहेको झण्डै साढे १७ विघा जग्गा तत्काल जफत गरी सरकारको नाममा ल्याउनुपर्ने निष्कर्ष सम्पत्ति शुद्धीकरण विभागले निकालेको छ। झण्डै तीन महिना लामो अनुसन्धान गरेको विभागले पुरीसहित उनकी श्रीमती र आफ्न्तको नाममा रहेको साढे १७ विघा जग्गा सरकारको नाममा ल्याउनुपर्ने ठहर गरेको हो। 

गत मंसिर ९ गते पुरीलाई पक्राउ गरी विभागले माघ २१ गतेसम्म अनुसन्धान गरी मुद्दा दर्ता गरेको थियो। विभागले तयार पारेर बुझाएको अनुसन्धान फाइलमा उनीसहित श्रीमती सीमा भनिने केशावती पुरी, गगनको दिदी मनमाया पुरी, भाइ देवकुमार पुरी र पथरीका ओमप्रकाश पौडेलको नाममा रहेको ११८०२०.८८ वर्गमिटर अर्थात १७ विघा ८ कट्ठा १०.५१७ धुर जग्गा सरकारको नाममा ल्याउनुपर्ने निष्कर्ष निकालेको हो। 

गगनको नाममा रहेको झापाको दमक नगरपालिका–१४ मा रहेको ५९४.६ वर्ग मिटर जग्गा सरकारको रहेको तथ्य विभागले निकालेको छ। 

त्यसैगरी उनको श्रीमतीको नामको दमक–१३ मा रहेको कित्ता नम्बर ३८ मा रहेको ६२४० वर्ग मिटर जग्गामध्ये ८० प्रतिशतभन्दा बढी अर्थात् ५०११.६८ वर्गमिटर जग्गा सरकारी रहेको निष्कर्ष विभागको छ।  केशावतीकै नाममा रहेको दमक–१३ को कित्ता नम्बर ६६ को ८३ वर्गमिटर, कित्ता नम्बर ५६ को ३०० वर्गमिटर, कित्ता नम्बर ५७ को ४५६ वर्गमिटर, कित्ता नम्बर १४ को ४०१.९६ वर्गमिटर, कित्ता नम्बर ६९ को ३४६ वर्गमिटर, कित्ता नम्बर ४० को १६९.३ वर्गमिटर, कित्ता नम्बर १०९ को ८०६.८५ वर्गमिटर लगायत २३ वटा कित्ताको जग्गा सरकारी भएको विभागको निष्कर्ष छ। केशावतीको नाममा रहेको जग्गामध्ये १६०३०.५९ वर्गमिटर जग्गा सरकारको रहेको र सरकारी नाममा ल्याउनुपर्ने भन्दै विभागले मुद्दा दायर गरेको छ। 

त्यस्तै दमक–१३ मै मनमाया पुरीको नाममा रहेका ६ वटा कित्ताका जग्गाहरु सरकारी रहेको पाइएको छ। कित्ता नम्बर २४ को ६६० वर्गमिटर, कित्ता नम्बर ७६ को १९१३ वर्गमिटर, कित्ता नम्बर ९२ को ८०४.४३ वर्गमिटर, कित्ता नम्बर ६६ को ३३ वर्गमिटर, कित्ता नम्बर ४ को ३१९ वर्गमिटर र कित्ता नम्बर १७ को २०८१.२६ गरी जम्मा ५८१०.६९ वर्गमिटर जग्गा सरकारको नाममा ल्याउनुपर्ने विभागको अनुसन्धानले देखाएको छ। 

Ncell 2
Ncell 2

देवकुमार पुरीको नाममा रहेको दमक–११ को ३७० वर्गमिटर, ओमप्रकाश पौडेलको नाममा रहेको दमक–१३ को ७८५९० वर्गमिटर जग्गा सरकारको नाममा ल्याउनुपर्ने विभागको निष्कर्ष छ। 

२०६७ सालमा ऐलानी जग्गाहरु सुकुम्बासीलाई वितरण गर्ने भनेपछि पौडेलले नागरिकताको फोटोकपी र फोटो स्थानीय नेता गगनलाई बुझाएका थिए। तिनै नागरिकता र फोटा राखेर कीर्ते गरी गगनले पौडेलको नाममा मात्रै ७८५९० वर्गमिटर अर्थात् ११ बिगाहा १२ कट्ठा १ं६६१ धुर जग्गा ल्याएको अनुसन्धानबाट खुलेको छ। यद्यपि सम्पत्ति शुद्धीकरण विभागले पौडेललाई भने मुद्दा चलाएको छैन। पौडेलविरुद्ध इलाका प्रहरी कार्यालय दमकले कीर्ते मुद्दा चलाएको थियो। त्यसबेला उनी १ लाख ७५ हजार रुपैयाँ धरौटीमा छुटेका थिए।

गगनको समूहले बेचेका झण्डै ४० विघा जग्गाको किनबेच रोक्का यसअघि नै गरिसकिएको छ। यो सँगै ५७ विघा भन्दा बढी सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा ल्याएर गगनले करोडौ मूल्यमा बेचेको अनुसन्धानबाट खुलेको छ। 

मालपोत र नापी कार्यालयका कर्मचारीसँग मिलेमतो गरी गगन पुरीले सरकारी जग्गा आफ्नो नाममा ल्याई झण्डै ४० बिघा जग्गा बेचेका थिए भने साढे १७ बिघा जग्गा अझै पुरी परिवारकै नाममा रहेको छ।  

२०३९ सालभन्दा अघि यी जग्गामा ८८ परिवार सुकुम्बासीको बसोबास थियो। नेपाल सरकारबाटै २०३९ सालमा गठन गरिएको सुकुम्वासी आयोगले ती जग्गा सुकुम्बासीहरु बसोबास गरे बमोजिम धनीपूर्जा दिने उद्धेश्यले फिल्डबुक भराउने काम गरेको थियो। पछि नक्सा बनाई कित्ताकाट समेत गरी सुकुम्बासीको नाममा निस्सा प्रमाण दिलाएको थियो।

सुकुम्बासी बस्तीमा रतुवा खोला बगेपछि बस्ती विस्थापित भएको थियो। त्यहि जग्गा पछि गगनले कर्मचारीको मिलेमतोमा आफ्नो नाममा पारी बेचेका थिए। सार्वजनिक जग्गा व्यक्तिको नाममा ल्याउनका लागि नापी कार्यालय र मालपोत कार्यालयको ढड्डामा पाना समेत थप गरिएको अनुसन्धानबाट खुलेको थियो।

नापी र मालपोत कार्यालयका खातामा पाना थप्न लगाएर कीर्ते धनीपूर्जा बनाइएको थियो। खोला किनारको सार्वजनिक जग्गाको कित्ता नम्बर नै परिवर्तन गरेर आफ्नो नाममा ल्याएर गगनसहितका व्यक्तिले बेचेका थिए।

प्रकाशित मिति: मंगलबार, फागुन ४, २०७७  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
रिङ्कु सदा मृत्यु प्रकरणः जबर्जस्ती करणीसहित चारवटा मुद्दामा अनुसन्धान सुरु गत माघ ३० गते साँझ पीडित किशोरी आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। यस घटनाको अनुसन्धान गर्न मधेश प्रदेश प्रहरी कार्याल... शुक्रबार, फागुन ९, २०८१
ताजा समाचारसबै
टेकु अस्पतालको कार्यकारी निर्देशकमा डा. बास्तोला बिहीबार, माघ ८, २०८२
स्वागत नेपाललाई साइबर ब्युरोले बोलायो बिहीबार, माघ ८, २०८२
निर्वाचनको कारण १२ दिन पछि सर्‍यो एसईई (परीक्षा तालिकासहित) बिहीबार, माघ ८, २०८२
पाकिस्तानको कराची मलमा आगलागी: मृतक संख्या ५५ पुग्यो बिहीबार, माघ ८, २०८२
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई हराउँदै नेदरल्यान्ड्स सुपर सिक्समा बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
यी ६ पूर्वअर्थमन्त्री चुनावी दौडमा, को कहाँबाट भिड्दै छन्? बुधबार, माघ ७, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
७० प्रतिशत भोट ल्याएर जित्ने ओलीको दाबी बुधबार, माघ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्