• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवा प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा देखिएका हुन्?

64x64
लिलु डुम्रे बुधबार, माघ १४, २०७७  १९:४५
1140x725

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले उनी प्रतिनिधि सभा पुनःस्थापनाको मागलाई आन्दोलनको एजेण्डा बनाउन सहमत नभएको प्रष्ट्याएका छन्। ३५ दिनमा ६ दिन बसेर मंगलबार सकिएको बैठकमा सभापति देउवा प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा देखिएको भनी चर्चा भएको थियो।

देउवा पक्षीय नेता एनपी साउदले प्रतिनिधि सभा पुनःस्थापना कांग्रेस आन्दोलनको एजेण्डा नबन्ने बताए। ‘अर्को चरणको आन्दोलनका लागि सभापति तयार हुनुभएको हो। तर प्रतिनिधि सभा पुनःस्थापना कांग्रेसको एजेण्डा नै होइन’, उनले नेपाल लाइभसँग भने, ‘संगठनलाई पुनर्ताजगी गर्ने गरी आन्दोलनका कार्यक्रम ल्याइएको हो। संस्थागत रुपमा पुनःस्थापनाको माग लिएर आन्दोलनमा जाने कुनै निर्णय छैन।’

पहिलो चरणमा चार तहको विरोध प्रदर्शनपछि मंगलबार केन्द्रीय समितिको बैठक बसेको थियो। सभापति देउवा अर्को चरणको आन्दोलनको पक्षमा देखिएका थिएनन्। तर संस्थापनइतरका नेताहरु आन्दोलनलाई निरन्तरता दिने पक्षमा उभिएका थिए। प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरे पनि कांग्रेसले आफ्नो मागलाई स्पष्ट नगराएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका थिए। प्रतिनिधि सभा पुनःस्थापनाको मागमा कांग्रेस स्पष्ट हुनुपर्ने उनको जोड थियो।

शीर्ष तहका नेताहरुबीच भएको करिब दुई घण्टाको बैठकपछि देउवा जिल्ला तहमा आन्दोलन गर्न सहमत भएका थिए। परिणामतः कांग्रेसले जिल्ला कार्यसमिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाले ७७ जिल्लामा विरोध गर्ने गरी आन्दोलन घोषणा गरेको हो।

पुनःस्थापनाको पक्षमा सडक आन्दोलन गर्न नहुने जोड देउवाको यथावत रहेको नेता साउदले बताए। ‘अदालतको फैसला कांग्रेसले स्विकार्ने भनिसकेपछि पुनःस्थापनाको माग हुनै सक्दैन’, साउदले भने, ‘विचाराधीन मुद्दामा हस्तक्षेप गर्ने र दबाब दिने कार्य सर्वोच्चको मर्यादामाथि हस्तक्षेप हुन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

मंगलबारको बैठकमा पौडेलले कांग्रेसको लक्ष्यहीन आन्दोलन भएको भन्दै आपत्ति जनाएका थिए। सडकमा गइसकेपछि मुद्दा एकीन हुनेपर्ने पौडेलको तर्क थियो। ‘आन्दोलन त गरियो। तर, आन्दोलनको लक्ष्यमा कांग्रेस प्रष्ट भएन। उद्देश्यहीन आन्दोलन भयो’, पौडेलले बैठकमा भने। 

पौडेलको बोलीलाई खण्डन गर्दै साउदले कांग्रेस सडकका मुद्दामा ‘क्लियर’ रहेको दाबी गरे। सडक आन्दोलन उद्देश्यहीन नभएको उनको तर्क छ। उनले भने, ‘प्रतिनिधि सभा विघटन असंवैधानिक र अप्रजातान्त्रिक भनी पार्टीले भनिसकेको छ। अदालतको जुनसुकै फैसलालाई पनि हामी स्विकार गर्छौं। यसमा पार्टी स्पष्ट छ।’

मुद्दामा ढुलमुल भएकै कारण आन्दोलन प्रभावकारी नभएको वरिष्ठ नेता पौडेलको बुझाइ छ। नेता पौडेलले नेपाल लाइभसँग भने, ‘नेतृत्वमा भएका कतिपय साथीहरुले ‘अदालत–अदालत’ भनिरहँदा अलमल भएको पनि छ।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रतिनिधि सभा पुनःस्थापनाको माग सहित ‘राजा फर्काऊ’ भन्दै ‘प्रतिगामी'हरुको खेल विरुद्ध सशक्त रुपमा कांग्रेस सडकमा जानुपर्ने पौडलको भनाइ छ। उनले भने, ‘संविधानमाथि भएको हमलाका विषयमा त झन् कुनै सम्झौता नगरी कांग्रेस स्पष्ट भएर सडकमा जानुपर्छ।’

पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षले ३० गतेसम्मको जिल्ला तहको विरोध सकिएपछि केन्द्रीय रुपमा विरोध प्रदर्शन गर्नुपर्नेमा जोड दिएका छन्। माघ महिनाभित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको कार्य सक्नुपर्ने पार्टीले निर्णय गरेको छ।

क्रियाशील सदस्यता नवीकरण र वितरणमा जिल्ला तहका नेता खटिनुपरेकाले केन्द्रीय रुपमा विरोध प्रदर्शन गर्न असम्भव भएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले बताए। ‘माघ ३० सम्म क्रियाशील सदस्यता टुंगाउने समयावधि छ। आन्दोलनमा लगाएर काम गर्न पाइन्न भन्ने हुन्छ भनेर नै केन्द्रीय रुपमा विरोध प्रदर्शन घोषणा नगरिएको हो’, घिमिरेले भने।

देउवा पक्षीय नेता साउदको अभिव्यक्तिको खण्डन गर्दै घिमिरेले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा कांग्रेस एक ढिक्का रहेको तर्क गरे। द्विविधाग्रस्त भएर आन्दोलन नहुने बताउँदै घिमिरेले भने, ‘माघ ३० पछि केन्द्रीय रुपमा सशक्त आन्दोलन हुन्छ। असंवैधानिक कदम भनिसकेपछि प्रतिनिधि सभा पुनःस्थपना हुनुपर्नेमा हामी स्पष्ट छौं। विरोध प्रर्दशनमा त्यही नै माग उठाउँछौं।’

प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  १९:४५
  • #नेपाली_कांग्रेस
  • #प्रतिनिधिसभा_पुनर्स्थापना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार सरकारले विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को सहयोगमा प्रभावित परिवारलाई एकद्वार प्रणालीमार्फत राहत रकम वितरण गरेको हो। स्थानीय तहसँग... बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत जर्मनीबाट डिपोर्ट (निष्कासन) गरिएको विषयसहित नैतिक आचरण, योग्यता र कूटनीतिक अनुभवमाथि गम्भीर प्रश्न उठेपछि समितिले उनको नाम अनुमोदन... बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत संघीय संसद्को संसदीय सुनुवाइ समितिबाट उनको नाम अनुमोदनका लागि अस्वीकृत भएको छ । बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्