• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ११, २०८२ Sun, Jan 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

देउवा प्रतिनिधि सभा पुनर्स्थापनाका पक्षमा देखिएका हुन्?

64x64
लिलु डुम्रे बुधबार, माघ १४, २०७७  १९:४५
1140x725

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले उनी प्रतिनिधि सभा पुनःस्थापनाको मागलाई आन्दोलनको एजेण्डा बनाउन सहमत नभएको प्रष्ट्याएका छन्। ३५ दिनमा ६ दिन बसेर मंगलबार सकिएको बैठकमा सभापति देउवा प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा देखिएको भनी चर्चा भएको थियो।

देउवा पक्षीय नेता एनपी साउदले प्रतिनिधि सभा पुनःस्थापना कांग्रेस आन्दोलनको एजेण्डा नबन्ने बताए। ‘अर्को चरणको आन्दोलनका लागि सभापति तयार हुनुभएको हो। तर प्रतिनिधि सभा पुनःस्थापना कांग्रेसको एजेण्डा नै होइन’, उनले नेपाल लाइभसँग भने, ‘संगठनलाई पुनर्ताजगी गर्ने गरी आन्दोलनका कार्यक्रम ल्याइएको हो। संस्थागत रुपमा पुनःस्थापनाको माग लिएर आन्दोलनमा जाने कुनै निर्णय छैन।’

पहिलो चरणमा चार तहको विरोध प्रदर्शनपछि मंगलबार केन्द्रीय समितिको बैठक बसेको थियो। सभापति देउवा अर्को चरणको आन्दोलनको पक्षमा देखिएका थिएनन्। तर संस्थापनइतरका नेताहरु आन्दोलनलाई निरन्तरता दिने पक्षमा उभिएका थिए। प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरे पनि कांग्रेसले आफ्नो मागलाई स्पष्ट नगराएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले असन्तुष्टि जनाएका थिए। प्रतिनिधि सभा पुनःस्थापनाको मागमा कांग्रेस स्पष्ट हुनुपर्ने उनको जोड थियो।

शीर्ष तहका नेताहरुबीच भएको करिब दुई घण्टाको बैठकपछि देउवा जिल्ला तहमा आन्दोलन गर्न सहमत भएका थिए। परिणामतः कांग्रेसले जिल्ला कार्यसमिति, भ्रातृ संस्था र शुभेच्छुक संस्थाले ७७ जिल्लामा विरोध गर्ने गरी आन्दोलन घोषणा गरेको हो।

पुनःस्थापनाको पक्षमा सडक आन्दोलन गर्न नहुने जोड देउवाको यथावत रहेको नेता साउदले बताए। ‘अदालतको फैसला कांग्रेसले स्विकार्ने भनिसकेपछि पुनःस्थापनाको माग हुनै सक्दैन’, साउदले भने, ‘विचाराधीन मुद्दामा हस्तक्षेप गर्ने र दबाब दिने कार्य सर्वोच्चको मर्यादामाथि हस्तक्षेप हुन्छ।’

Ncell 2
Ncell 2

मंगलबारको बैठकमा पौडेलले कांग्रेसको लक्ष्यहीन आन्दोलन भएको भन्दै आपत्ति जनाएका थिए। सडकमा गइसकेपछि मुद्दा एकीन हुनेपर्ने पौडेलको तर्क थियो। ‘आन्दोलन त गरियो। तर, आन्दोलनको लक्ष्यमा कांग्रेस प्रष्ट भएन। उद्देश्यहीन आन्दोलन भयो’, पौडेलले बैठकमा भने। 

पौडेलको बोलीलाई खण्डन गर्दै साउदले कांग्रेस सडकका मुद्दामा ‘क्लियर’ रहेको दाबी गरे। सडक आन्दोलन उद्देश्यहीन नभएको उनको तर्क छ। उनले भने, ‘प्रतिनिधि सभा विघटन असंवैधानिक र अप्रजातान्त्रिक भनी पार्टीले भनिसकेको छ। अदालतको जुनसुकै फैसलालाई पनि हामी स्विकार गर्छौं। यसमा पार्टी स्पष्ट छ।’

मुद्दामा ढुलमुल भएकै कारण आन्दोलन प्रभावकारी नभएको वरिष्ठ नेता पौडेलको बुझाइ छ। नेता पौडेलले नेपाल लाइभसँग भने, ‘नेतृत्वमा भएका कतिपय साथीहरुले ‘अदालत–अदालत’ भनिरहँदा अलमल भएको पनि छ।’

प्रतिनिधि सभा पुनःस्थापनाको माग सहित ‘राजा फर्काऊ’ भन्दै ‘प्रतिगामी'हरुको खेल विरुद्ध सशक्त रुपमा कांग्रेस सडकमा जानुपर्ने पौडलको भनाइ छ। उनले भने, ‘संविधानमाथि भएको हमलाका विषयमा त झन् कुनै सम्झौता नगरी कांग्रेस स्पष्ट भएर सडकमा जानुपर्छ।’

पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पक्षले ३० गतेसम्मको जिल्ला तहको विरोध सकिएपछि केन्द्रीय रुपमा विरोध प्रदर्शन गर्नुपर्नेमा जोड दिएका छन्। माघ महिनाभित्र क्रियाशील सदस्यता नवीकरण र वितरणको कार्य सक्नुपर्ने पार्टीले निर्णय गरेको छ।

क्रियाशील सदस्यता नवीकरण र वितरणमा जिल्ला तहका नेता खटिनुपरेकाले केन्द्रीय रुपमा विरोध प्रदर्शन गर्न असम्भव भएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले बताए। ‘माघ ३० सम्म क्रियाशील सदस्यता टुंगाउने समयावधि छ। आन्दोलनमा लगाएर काम गर्न पाइन्न भन्ने हुन्छ भनेर नै केन्द्रीय रुपमा विरोध प्रदर्शन घोषणा नगरिएको हो’, घिमिरेले भने।

देउवा पक्षीय नेता साउदको अभिव्यक्तिको खण्डन गर्दै घिमिरेले प्रतिनिधि सभा पुनःस्थापनाको पक्षमा कांग्रेस एक ढिक्का रहेको तर्क गरे। द्विविधाग्रस्त भएर आन्दोलन नहुने बताउँदै घिमिरेले भने, ‘माघ ३० पछि केन्द्रीय रुपमा सशक्त आन्दोलन हुन्छ। असंवैधानिक कदम भनिसकेपछि प्रतिनिधि सभा पुनःस्थपना हुनुपर्नेमा हामी स्पष्ट छौं। विरोध प्रर्दशनमा त्यही नै माग उठाउँछौं।’

प्रकाशित मिति: बुधबार, माघ १४, २०७७  १९:४५
  • #नेपाली_कांग्रेस
  • #प्रतिनिधिसभा_पुनर्स्थापना

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिट न्यायाधीश ढकालकाे इजलासमा चौधरीको रिट न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हाे । आइतबार, माघ ११, २०८२
काँग्रेसले १६ गते जनकपुरधाममा गर्ने भनिएको चुनावी सभा स्थग आगामी मिति र कार्यक्रम तालिका परिस्थितिअनुसार पछि सार्वजनिक गरिने उनले बताए । नेपाली काँग्रेसले लोकतान्त्रिक मूल्य–मान्यता र कानुनी... आइतबार, माघ ११, २०८२
राष्ट्रिय सभाको निर्वाचन सुरु आगामी २० फागुनबाट १९ पद रिक्त हुन लागेकामा एक सदस्य निर्विरोध निर्वाचित भइसकेकाले र एक जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट म... आइतबार, माघ ११, २०८२
ताजा समाचारसबै
३ दिनदेखि बेपत्ता प्रहरी जवान मृत फेला आइतबार, माघ ११, २०८२
क्यानडालाई शतप्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी आइतबार, माघ ११, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेजीविरुद्धको रिट न्यायाधीश ढकालकाे इजलासमा आइतबार, माघ ११, २०८२
हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगलागी आइतबार, माघ ११, २०८२
सुनचाँदीको मूल्य बढ्यो आइतबार, माघ ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
हरिबोल गजुरेलसहित ७ नेता नेकपाबाट निष्कासित शनिबार, माघ १०, २०८२
चुनावबारे ओली अझै अन्योलमा,भने- आन्दोलनमा उत्रिनुपर्ने हो कि चुनावमा सहभागी हुनुपर्ने हो, भन्न सकिन्न शनिबार, माघ १०, २०८२
आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना आइतबार, माघ ११, २०८२
चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड शनिबार, माघ १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
राष्ट्रिय भेलाको तयारीमा कांग्रेसको देउवा समूह शनिबार, माघ १०, २०८२
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्