काठमाडौं– नेपालमा रहेका १ हजार र ५ सय दरका पुराना भारतीय नोट नसाटिने सम्भावना देखिएको छ। नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसविषयमा कुनै प्रतिक्रिया नदिएको खुलेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार त्यस विषयमा मोदीले ठोस जवाफ दिएका छैनन्। भेटवार्तामा आफूले पुराना नोट साट्नेबारे कुरा गरे पनि मोदीले ठोस जवाफ नदिएको ओलीले आइतबार संसद्लाई जानकारी गराएका छन्।
डेढ वर्षअघि भारतले पुराना १ हजार र ५ सय दरका नोट सञ्चालनमा प्रतिवन्ध लगाएको थियो। भारतमा रहेका त्यस्ता नोट साटिए पनि नेपालमा रहेका नोट अहिलेसम्म साटिएका छैनन्। नेपालले पटक-पटक नोट साट्न आग्रह गरे पनि भारतले त्यसमा चासो दिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।