काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै चीन भ्रमणमा जाने तयारीमा रहेको बताएका छन्। संसदलाई आइतबार विशेष सम्बोधन गर्दै उनले भने, ‘सायद म छिट्टै चीन भ्रमणमा जानेछु।’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे जानकारी गराउँदै उनले आफूले समानताको आधारमा कूटनीतिक सम्बन्ध कायम राख्ने प्रयास गरेको बताए। जसअन्तर्गत चीन भ्रमणको तयारीमा लागेको उनले जानकारी गराएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।