Samsung Galaxy S25 Ultra Galaxy AI - content block Samsung Galaxy S25 Ultra Galaxy AI - content block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, जेठ १६, २०८२ Fri, May 30, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ
प्रदेश १ को राजधानी टुङ्गो नलाग्दै विराटनगरमा संसद् भवन बनाउने तयारी, बहुमत सांसद विरोधमा
64x64
नेपाल लाइभ आइतबार, वैशाख ३०, २०७५  ०७:०६
1140x725

विराटनगर– विराटनगरमा प्रदेश १ को नयाँ संसद् भवन बनाउने तयारी भएपछि बहुमत सांसद विरोधमा देखिएका छन्। प्रदेशको नाम र राजधानीको टुंगो नलागी संसद् सचिवालयले संसद् भवन बनाउन सुरु गरेको भन्दै विरोध सुरु भएको हो।

स्थायी राजधानीको टुंगो नलाग्दै विराटनगरमा १ करोड रुपैयाँ बढी खर्चेर नयाँ भवन बनाउन लागिएको भन्दै विराटनगर बाहिरका सुनसरी, धनकुटा, भोजपुर, तेह्रथुम, उदयपुर, ताप्लेजुङ लगायत जिल्लाका ४३ सांसदले प्रक्रिया रोक्न माग गरेका छन्।

उनीहरुले सभामुख प्रदीपकुमार भण्डारीसमक्ष विपक्षमा रहेका सांसदहरुको हस्ताक्षरसहितको पत्र बुझाएका छन्। भवन बनाउने प्रक्रिया रोक्न सत्ताधारी नेकपा एमाले, माओवादी केन्द्र तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ६ सांसदसहित प्रदेशसभाका बहुमत सांसदले हस्ताक्षर गरेका छन्।

सभामुखलाई बुझाइएको पत्रमा प्रदेशको राजधानीको टुंगो नलागी प्रदेशसभा भवन निर्माणमा बजेट खर्च गर्नु व्यावहारिक र वाञ्छनीय नहुने उल्लेख छ। राजधानीको विषयमा तत्काल प्रदेशसभामा छलफल र निर्णय गरी प्रदेशसभाले तोकेको स्थानमा उक्त रकम खर्च गर्न पत्रमा माग गरिएको छ।

सचिवालयले जिल्ला समन्वय समिति (हालको संसद् भवन) अगाडिको खाली जग्गामा भवन बनाउने तयारी थालेको छ। भवनका लागि बजेटसमेत विनियोजन गरिएको एक सांसदले बताए।

Ncell 2
Ncell 2

‘संसद्‌मा अस्थायी टहरो बनाउन १ करोडसम्म खर्च गर्न सकिने भनेर निर्णय भएको थियो’, सुनसरी क्षेत्र नम्बर ३ (क) का सांसद लिलम बस्नेतले भने, ‘तर, सचिवले पाँच करोड बढीको योजना तयार पारेकाले विरोध भएको हो।’ स्थायी राजधानीको टुङ्गो नलागेसम्म खर्च गर्न नमिल्ने भनेर सचेत गराइएको पनि उनले जानकारी दिए।

स्थायी राजधानीको टुङ्गो नलाग्दै जनताले तिरेको करलाई जथाभावी खर्च गर्न खोजिएपछि सचेत गराइएको सुनसरी क्षेत्र नम्बर १ की सांसद सावित्रा जोशीले बताइन्। ‘संसद्‌मा राजधानीको विषयमा छलफल पनि भएको छैन’, उनले भनिन्, ‘भवन बनाउने नाममा जथाभावी खर्च गर्नु उचित हुँदैन, राजधानी तोकेर मात्र भवन बनाउन थाल्नु उचित हुन्छ।’

संसद्‌ सचिवालयका मुख्यसचिव केदारप्रसाद पनेरुले भने संसद्‌ भवन निर्माणको प्रक्रिया संसद्‌को निर्णय अनुसार नै अघि बढेको बताए। ‘अर्थ मन्त्रालयमार्फत प्राप्त भएको रकम हल निर्माणका लागि प्रदेशसभाबाटै पारित भएको हो’, पनेरुले भने, ‘भवन बनाउन नहुने विषयमा दिएको हस्ताक्षरको विषयमा मलाई जानकारी छैन।’

एक करोडले भवन बनाउन सम्भव नभएको बताउँदै भवनको डिजाइन तयार भइरहेकाले त्यसपछि अनुमानित लागत सार्वजनिक हुने पनेरुले जानकारी दिए। हाल साँगुरो भवनका कारण संसद बैठक सञ्चालन गर्न समस्या हुँदै आएको छ।

संविधानको धारा २८८ को उपधारा २ मा ‘प्रदेशको राजधानी सम्बन्धित प्रदेशसभामा तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाई बहुमतबाट निर्णय भए बमोजिम हुने’ उल्लेख छ।

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०७५  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने माओवादीको निर्णय
ठूलो परिणाममा लागु औषधसहित बाराबाट दुई भारतीय पक्राउ
गाजामा राहत वितरणमा लुटपाट र अराजकता, व्यवस्थित गर्नखोज्दा सात प्रहरीको मृत्यु
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न नदिने माओवादीको निर्णय शुक्रबार, जेठ १६, २०८२
ठूलो परिणाममा लागु औषधसहित बाराबाट दुई भारतीय पक्राउ शुक्रबार, जेठ १६, २०८२
गाजामा राहत वितरणमा लुटपाट र अराजकता, व्यवस्थित गर्नखोज्दा सात प्रहरीको मृत्यु शुक्रबार, जेठ १६, २०८२
सुनको मूल्य सामान्यले बढ्यो, कतिमा हुँदैछ कारोबार ? शुक्रबार, जेठ १६, २०८२
सदनको अवरोध हटाउनेबारे मुख्य सचेतक र प्रमुख सचेतकहरुसँग छलफल गर्दै सभामुख घिमिरे शुक्रबार, जेठ १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
कर्मचारीको तलब बढेन, महँगी भत्ता ५ हजार बढ्यो बिहीबार, जेठ १५, २०८२
विद्युतीय सवारीमा कर यथावत राखेको सुनाउँदा सदनमा गुञ्जियो हाँसो बिहीबार, जेठ १५, २०८२
आयात-निर्यात गर्दा चाहिने कोड लिँदा अब बैंक ग्यारेन्टी राख्न नपर्ने बिहीबार, जेठ १५, २०८२
बजेट वक्तव्य : अर्थमन्त्री विष्णु पौडेल आ.व.२०८२/८३ को बजेट प्रस्तुत गर्दै बिहीबार, जेठ १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
यसै साता मनसुन नेपाल भित्रिने मंगलबार, जेठ १३, २०८२
लामिछानेलाई थुनामा राख्न भएको आदेशको त्रुटि सच्चाइयो आइतबार, जेठ ११, २०८२
महरा प्रकरणमा जोडिएकी रोशनी शाही मृत फेला आइतबार, जेठ ११, २०८२
रविको रिटमा आदेश सुनाउन लागिएपछि भेला हुन थाले रास्वपा कार्यकर्ता शुक्रबार, जेठ ९, २०८२
आजको राजावादी प्रदर्शन सकियो, ३ जना नियन्त्रणमा बिहीबार, जेठ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्