काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा नागरिक अभिनन्दनका क्रममा प्रदेश २ का मुख्यमन्त्री लालबावु राउतले दिएको अभिव्यक्तिप्रति संकेत गर्दै राज्यको नीति अनुसार नभएको बताएका छन्।
प्रतिनिधिसभा संसद् बैठकमा भारतीय प्रधानमन्त्री मोदीको दुईदिने नेपाल भ्रमणबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीले भने, ‘जनकपुरमा नागरिक अभिनन्दनमा व्यक्त गरेका कुराहरु अलि राष्ट्रिय मर्यादा,कूटनीतिक मर्यादाको कसीमा कमजोर र अनुपयुक्त रहे, त्यो अनुभवको कारणले रहे होला, जसले परराष्ट्र सम्बन्ध सञ्चालन गर्छ त्यो हाम्रो नीति होइन।’
मोदीको अभिनन्दनका क्रममा मुख्यमन्त्री राउतले मधेश विभेदकारी संविधान र प्रादेशीक अधिकारका लागि संघर्ष गरिरहेको बताएका थिए। उनले मोदीको अभिनन्दन कार्यक्रममा प्रदेश २ का जनता राज्यबाट विभेदको शिकार भएको अभिव्यक्ति दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।