• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सुधीर बस्नेतको ‘भेगास सिटी’ लिलामी गर्न सञ्चय कोषको ३५ दिने सूचना

बस्नेतको प्रश्न- स्वीकृत कर्जा भुक्तानी नहुँदै लिलाम किन? सञ्चय कोष भन्छ- सम्झौताअनुसार काम भएन
64x64
नेपाल लाइभ मंगलबार, माघ १३, २०७७  १४:०८
1140x725

काठमाडौं- सुधीर बस्नेत सञ्चालक रहेको कोहिनुर हिल हाउजिङले ललितपुरमा निर्माण गरिरहेको भेगास सिटी अपार्टमेन्ट लिलामीका लागि कर्मचारी सञ्चय कोषले ३५ दिने सूचना जारी गरेको छ। २०६८ सालमा लिएको २३ करोड रुपैयाँ बराबरको कर्जा नतिरेपछि कोषले उक्त सम्पत्ति लिलामीको सूचना निकालेको हो।

बस्नेतको कोहिनुर हिल हाउजिङ कम्पनीले तोकिएको म्यादभित्र कर्जा चुक्ता नगरी ऋण सम्झौतामा उल्लेख भएका शर्त तथा अवस्थाहरू उल्लंघन गरेको, आयोजनाको निर्माण कार्य स्थगन गरी अलपत्र बनाएको, कर्जाका शर्तहरू पालना गर्न तथा कर्जा चुक्ता गर्न बारम्बार ताकेता गर्दा पनि वास्ता नगरेका कारण सम्पत्ति लिलामी गर्नुपरेको कोषले उल्लेख गरेको छ। 

सञ्चय कोषका चिफ मेनेजर अर्जुन गौतमका अनुसार २०६८ सालमा कोहिनुर हिल हाउजिङका नाममा कर्मचारी सञ्चय कोषबाट १ अर्ब ३८ करोड रुपैयाँ बराबरको कर्जा स्वीकृत भएको थियो।

भेगास सिटी अपार्टमेन्ट निर्माणका लागि भन्दै स्वीकृत भएको उक्त कर्जामा आयोजनाको प्रगति हेरेर थप किस्ता भुक्तानी गर्दै जाने सहमति भएको थियो। २ किस्तामा गरी २३ करोड रुपैयाँ कर्जा भुक्तानी भइसकेको थियो भने बाँकी किस्ता भुक्तानी भएको थिएन। 

‘कुल १३८ करोड रुपैयाँ बराबरको कर्जा कोहिनुर हिल हाउजिङका नाममा स्वीकृत भएको थियो। तर यो कम्पनी कालोसूचीमा परेपछि थप कर्जा लगानी गर्न सक्ने अवस्था भएन। सुरुका केही किस्ता मात्रै भुक्तानी भएको हो,' गौतमले नेपाल लाइभसँग भने। 

Ncell 2
Ncell 2
nimb
nimb

यो पनि पढ्नुहोस्

के भेगास सिटी अपार्टमेन्टले सुधीर बस्नेतलाई पुनर्स्थापित गराउला?आइतबार, मंसिर ८, २०७६

कर्मचारी सञ्चय कोष र कोहिनुर हिल हाउजिङबीच ५ वर्षभित्र सबै अपार्टमेन्ट निर्माण गरिसक्ने र आयोजना सम्पन्न भसकेपछिको थप तीन वर्षभित्र सबै कर्जा चुक्ता गरिसक्ने सम्झौता गरेको थियो। 

कर्मचारी सञ्चय कोषले सम्पत्ति लिलामीको सूचना निकालेसँगै सुधीर बस्नेतले त्यसविरुद्ध अदालत जाने बताएका छन्। बस्नेतनिकट स्रोतका अनुसार कर्मचारी सञ्चय कोषले स्वीकृत गरेको सबै कर्जा रकम भुक्तानी नगरेको र सबै किस्ता नपाउँदै पहिलो किस्ताको ऋण असुल्न सम्पत्ति लिलामीको सूचना निकालिएको बतायो। ‘सञ्चय कोषले कर्जा लगानी गर्छु भन्यो। तर कर्जा रोक्यो। कर्जा रोक्नुको कारणबारे आजका दिनसम्म हामीलाई जानकारी दिइएको छैन,’ बस्नेतनिकट स्रोत भन्छ, ‘सञ्चय कोषले सबै किस्ताको कर्जा भुक्तानी गरेन। त्यो कर्जाको दुरुपयोग भएको भए मात्रै किस्ता रोक्नुपर्ने हो। बस्नेतले लिएको कर्जा भेगाससिटीमै लगानी भएको छ।’ 

त्यस्तै, सुधीर बस्नेत सञ्चालक रहेको ओरियन्टल को-अपरेटिभ र उनको सबै सम्पत्ति सरकारले जिम्मा लिएका कारण भेगास सिटी निर्माणको काम अलपत्र परेको दावी उनीनिकट स्रोतले गर्‍यो।  

Xtrem
Xtrem

ओरियन्टल को-अपरेटिभ लिमिटेडका ८ हजारभन्दा बढी सदस्यहरुको बचत रकम लिएर बस्नेतले कोहिनुर हिल हाउजिङ कम्पनीका नामबाट घरजग्गामा लगानी गरेका थिए। ओरियन्टल सहकारीको सबै रकम घरजग्गामा लगाएका बस्नेतले वचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि २०६९ सालमा उक्त सहकारी समस्याग्रस्त बन्न पुग्यो।

२०७० सालमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन भएको वचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त सहकारी संस्थाहरुको छानबिन गर्न गठित जाँचबुझ आयोगले ओरियन्टल लगायत अरु केही सहकारीलाई समस्याग्रस्त घोषणा गरेर सरकारले त्यसको दायित्व व्यवस्थापन गर्नुपर्ने सुझाव दिएको थियो। 

कोहिनुर हिल हाउजिङ प्रालिको नाममा महालक्ष्मी नगरपालिका, बालकुमारी (साविकको इमाडोल गाउँ विकास समिति वडा नम्बर ४) मा ४६ रोपनी जग्गा र सोही जग्गामा केही बनिसकेका र केही बन्ने क्रममा रहेका अपार्टमेन्टहरु छन्। उक्त अपार्टमेन्टको जग्गा खरिद र आवास समेत बनाउने गरी १ अर्ब ९० करोड रुपैयाँ लगानी भएको बस्नेतको दावी छ। जसमध्ये ६७ करोड ५० लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको र ६२ करोड रुपैयाँ अपार्टमेन्ट बुकिङकर्ताबाट उठाएको भन्दै बस्नेतले २०७० साल पुस ७ गते ‘वचत तथा ऋण कारोबार गर्ने समस्याग्रस्त संस्थाहरुको छानबिन गर्न गठित जाँचबुझ आयोग’ समक्ष दिएको निवेदनमा उल्लेख छ। 

भेगास सिटी निर्माणका लागि राष्ट्रिय वाणिज्य बैंकको १९ करोड, नबिल बैंकबाट १४ करोड र कर्मचारी सञ्चयकोषबाट २३ करोड गरी कुल ५६ करोड रुपैयाँ बराबर सावाँ कर्जा प्रवाह भएको देखिन्छ।

यो पनि पढ्नुहोस्

ब्युँतियो ओरियन्टल सहकारी : निक्षेप फिर्ताका लागि निवेदन दिन सुधीर बस्नेतले जारी गरे ६० दिने सूचना

प्रकाशित मिति: मंगलबार, माघ १३, २०७७  १४:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद
सम्बन्धित सामग्री
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड २६ अगस्ट २०२६ मा भोटेकोसी नदी तथा आसपासका क्षेत्रमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा जनधन, सम्पत्ति र महत्त्वपूर्ण प... बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बैंकका अनुसार विदेश यात्रामा जाने ग्राहकले अब आफ्नो यात्रा अघि नै आवश्यक अमेरिकी डलर बैंकका शाखाबाट सहज रूपमा साट्न सक्नेछन्। बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको प्रतिवेदन बागमती प्रदेश सरकारलाई पेश बिहीबार, असोज २२, २०८३
२१ किलो सुन चिनियाँ नागरिकको समूहले ल्याएको प्रारम्भिक निष्कर्ष बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
भोटेकोसी बाढीपीडितका लागि एसडीएन र चाँगुनारायण फाउन्डेसनले दिए १ करोड बिहीबार, असोज २२, २०८३
विदेश जाने यात्रुका लागि ग्लोबल आइएमई बैंकको उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्