केटी : धकधक धड्कत जियार, सुनिल्यौ मोर पियार
तो हरैयानिहार मोर नैना, दिन गिन गिन, हो दिन गिन गिन, दिन गिन गिनके
सपना मे तु आइठ्यो, मोर निदिया चुरैथ्यो
सचमे तु कब आइबो, बताओना
तो हरैयानिहार मोर नैना, दिन गिन गिन, दिन गिन गिन, दिन गिन गिनके
केटा : जैसे तोहर हाल, ओइसे मोरिक हाल
तोहरबिना बटुँ, मै फे बेहाल
तुहिन सोचती समझती रठुँ, दिन गिन गिन, हो गिन गिन, दिन गिन गिनके
सपना मे तु आइथ्यो, मोर निदिया चुरैथ्यो
सचमे जल्दी आइबो, तुहारे थान
मोर रहिँया तु हेरर्तिरहो, दिन गिन गिन, हो दिन गिन गिन, हो दिन गिन गिनके
थारु अर्थात चौधरी भाषामा बनेको यो गीत नेपालको युट्युब ट्रेन्डिङमा परेको छ। अंग्रेजी र हिन्दी भाषाका गीत युट्युबको ट्रेन्डिङमा पर्नु नौलो कुरा नभएपनि थारु भाषाको गीत ट्रेन्डिङमा परेको सायद यो पहिलोपटक हो।
गीतमा लामो समयपछि देखभेट हुन लागेका प्रेमी प्रेमिकाको भावना समेटिएको छ। प्रेमीलाई पाँच दिनमा प्रेमिका भेट्न पाइन्छ भन्ने खुशी र प्रेमिकालाई कहिले पाँच दिन सकिएला भन्ने हुटहुटी गीतमा दर्शाउन खोजिएको छ।
नरेश जोगी र अनु चौधरीले गीतमा आवाज भरेका छन्। निकै सुमधुर आवाजले गीतलाई न्याय गरेको छ। गीतमा नरेश जोगीकै शब्द र संगीत रहेको छ। शब्दमा भाषा बाहेक खासै नयाँपन नभएपनि कर्णप्रिय छ।
संगीत भने उठेर नाचिहालौं लाग्नेछ। थारु लोकलयलाई गीतले पकड्न खोजिएको छ। गीतले थारुको संस्कार र संस्कृति झल्काउन खोजेको छ।
गीत सुनिरहँदा यसको मुख्य उद्देश्य टिकटकमा भाइरल बनाउनु नै देखिन्छ। र, उद्देश्यमा गीत सम्पूर्ण रुपमा सफल छ। नाच्न मन लाग्नेले नाच्न मिल्ने र अभिनयमात्रै गर्न मन पराउने दुवै प्रकारका टिकटक प्रयोगकर्तालाई यसले जोडेको छ।
थारु गीत युट्युबको ट्रेन्डिङमा परेको कुरा नौलो भएपनि टिकटकमा भने यसअघि पनि भाइरल भइसकेको थियो। यसअघि नरेश चौधरी र मन्शा रावलले गएको मन लागेन अब बिन तोहर बोलको गीत टिकटकमा भाइरल भएको थियो।
जे होस्, गीतले हिन्दी गीतको लतलाई केही हदसम्म कम गर्नेछ। नेपाली गीत मनै पर्दैन भन्नेहरुका लागि यो गतिलो उपहार हो।
भिडियो
गीतको भिडियोमा नायक पल शाह र गरिमा शर्माको अभिनय छ। थारु गीतमा गैरथारुले गरेको अभिनय अब्बल छ।
भिडियोमा प्रेमिका भेट्न हतारिएर हिँडेका युवाले बाटोमा झेल्नुपरेका सानातिना समस्या र कसैलाई पर्खेर बस्नुपर्दाको छटपटी देखाएको छ। कथावस्तु पुरानै हो। यसलाई फरक तरिकाले प्रस्तुत गर्ने विकल्प हुँदाहुँदै पनि भिडियो बनाउनेले अल्छि गरेको देखिन्छ।
सम्झनासँगै वर्तमानलाई समेटेर भिडियो तयार पारिएको छ। भिडियोको छायांकन पक्ष निकै सुन्दर छ। ड्रोन क्यामराको प्रयोगले हरिया समथर फाँटहरु खिच्दा कहिले तराइ नदेखेका मानिस पनि त्यहाँ सजिलै पुग्छन्। त्यसैमाथि माटाका साना झुपडी‚ बयलगाढाका दृश्य र थारु पहिरनले दर्शकलाई सजिलै थारु बस्तीमा पुर्याउँछ।
त्यसैले भिडियोको निर्देशनका साथै सिनेमेट्रोग्राफीको जिम्मेवारी बिक्रम चौहानले राम्रोसँग निभाएका छन्। छायांकनमा उनलाई अर्जुन तिवारीले पनि साथ दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।