• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, फागुन २१, २०८२ Thu, Mar 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रचण्ड-माधव पक्ष उत्साहित, उठ्ला त आन्दोलन?

64x64
वीरेन्द्र ओली शुक्रबार, माघ ९, २०७७  २१:४९
1140x725

काठमाडौं- प्रतिनिधि सभा विघटनविरुद्धको संघर्ष गरिरहेको नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षलाई शुक्रबारको सभामा भएको उपस्थितिले उत्साहित बनाएको छ। आफ्नो उत्साहलाई उनीहरूले भाषणमार्फत् अभिव्यक्त गरेका थिए।

राजधानीको विभिन्न ९ स्थानबाट सुरु भएको जुलुस रत्नपार्कमा एकीकृत भएको थियो। त्यहीँ आयोजित सभामा मुख्य नेताहरूले सम्बोधन गरेका थिए। त्यसअघि नै काठमाडौंको ट्राफिक व्यवस्था भने अस्तव्यस्त भइसकेको थियो। 

काठमाडौं उपत्यका आसपासका जिल्लासहित प्रदेश २, बाग्मती र गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट आएका नेता तथा कार्यकर्ताले सो पक्षको सभालाई बृहत् बनाएको थियो। जसलाई शीर्ष नेताहरूले दोस्रो जनआन्दोलनको झझल्कोको रुपमा चर्चा गरे। सडकको भीडलाई देखाउँदै नेताहरुले संवैधानिक निकायले जनमतको सम्मान गर्ने आशा व्यक्त गरे।

गत पुस ५ यता देशैभर सभा गरेपनि प्रचण्ड–नेपाल पक्षले ठूलो संख्यामा नेता कार्यकर्ता जम्मा गर्न सकेको थिएन। तर शुक्रबारको सभामा अपेक्षा गरिएभन्दा ठूलो उपस्थित देखिएपछि यो पक्षमा आन्दोलनको बलमा अघि बढ्न सक्ने मनोबल बढेको जस्तो देखिन्छ। 

शुक्रबारको उपस्थिति र मुद्दाको कोणबाट बलियो महसुस गरेरै हुनुपर्छ, सभामा सम्बोधन गर्ने नेताहरूले जनताको तागतको स्मरण गरे।

सडकमा उत्रिएर साथ दिएको समूह मात्रै होइन, यो पक्षलाई बुद्धिजीवी, लेखक, साहित्यकारलगायतको समूहले पनि साथ दिएको छ। साथै, ओलीका कारण प्राप्त राजनीतिक अजेन्डा पनि उनीहरूसँगै छ। ओलीको जस्तो प्रतिरक्षा गर्दै होइन, आक्रमण गर्ने विषय उनीहरूसँग प्रशस्तै छन्।

बेग्लाबेग्लै संघर्ष गरिरहेको भएपनि, प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमविरुद्ध कांग्रेस, जनता समाजवादी पार्टी, विवेकशील साझा पार्टीलगायतका राजनीतिक शक्तिहरू पनि उभिएका छन्। जसको मनोवैज्ञानिक आड पनि प्रचण्ड-माधव पक्षलाई छ।

शुक्रबारको उपस्थिति र मुद्दाको कोणबाट बलियो महसुस गरेरै हुनुपर्छ, सभामा सम्बोधन गर्ने नेताहरूले जनताको तागतको स्मरण गरे।

Ncell 2
Ncell 2

सभामा बोल्दै प्रचण्डले दोस्रो जनआन्दोलन र शान्ति प्रक्रियाको सुरुवाती दिनमा हुने जनउपस्थितिको स्मरण गरे। ‘प्रतिक्रान्तिकारी र प्रतिगामीहरूलाई देखाउन नेपाली जनता जागिसकेका छन्, सुत्नेवाला छैनन् भन्ने कुरा प्रमाणित भइसकेको छ,' उनले उत्साहित हुँदै भने, ‘शान्ति सम्झौता, २०६२/०६३ को जनआन्दोलनमा यति धेरै जनसागर देखिएको थियो। आज १३/१४ वर्षपछि त्यसैगरी काठमाडौंमा जनसागर उत्रिएको छ। यसले फैसला गरेरै छाड्छ।’

अढाई सय वर्ष लामो शाहवंशीय शासन फाल्दा सबै जनता एकैठाउँ उभिएको बताउँदै प्रचण्डले आवश्यकता पर्दा नेपाली जनता एक ढिक्का हुन सक्छन् भन्ने सन्देश गएको बताए। ‘नेपाली जनता निरंकुशतावादविरुद्ध धावा बोल्न सक्छन्। तानाशाहलाई घोडाबाट खसाएर फुटबल खेल्न सक्छन्। राजामहाराजाको श्रीपेच झिकेर लात्ता हान्न सक्छन् भन्ने सावित भएको थियो,' उनले भने, ‘केपी प्रवृत्तिविरुद्ध पनि त्यसैगरी मुकाविला गर्नेछन् भन्ने प्रमाणित भयो। त्यो दिन आइसकेको छ।’

ठूलो सभालाई सम्बोधन गरेका प्रचण्डले केपी शर्मा ओलीको सेटिङ असफल हुने दाबी गरे। ‘केपी र उनी निकटका मान्छेले सेटिङ मिलाइसक्यौं भनिरहेका छन्। तर जनताको तागतले त्यो सेटिङ भत्काएर नयाँ सेटिङ जन्माउँछन् भन्ने विश्वास व्यक्त गर्छु,' उनले भने, ‘देशैभर जनताको सागर देखापरेको छ। यसले षड्यन्त्रकारी सेटिङ सिध्याएर जनताको सेटिङ खडा हुँदैछ।’

प्रतिनिधि सभा विघटन गर्ने केपी ओलीको निरंकुश कदमलाई प्रोत्साहित गरियो भने नेपालको शान्ति प्रक्रिया डिरेल हुने प्रचण्डले चिन्ता व्यक्ति गरे। ‘म त फेरि युद्धमा जाने कुरा पनि छैन। फेरि हिंसामा जाने कुरा पनि छैन। शान्तिपूर्ण र बहुदलीय प्रतिस्पर्धाको 'कमिटमेन्ट'का साथ तीन-तीनवटा चुनाव लडिसक्यौं,' प्रचण्डले भने, ‘तर, ओलीको कदम सही ठहरियो भने यसैगरी लाखौंलाख जनता सडकमा अपिल गरेर भए पनि गल्ती सच्याउने र निरंकुशता सच्याउने मेरो निरन्तर प्रयास हुनेछ। सम्मानित अदालतका सम्मानित न्यायाधीशहरू कोही पनि यो देशमा फेरि अराजकता, फेरि हिंसा चाहन्छन् भनेर म कल्पना पनि गर्न सक्दिनँ।’

मन्त्रीको हुर्मत लिनुका साथै राज्यको सम्पूर्ण शक्ति आफैंमा केन्द्रित गरी स्वेच्छाचारी बनेको नेपालको आरोप छ।

यस्तै सो पक्षका एकजना अध्यक्ष माधवकुमार नेपालले शुक्रबारको आन्दोलनलाई 'कास्टिङ' मात्रै भएको बताए। उनले आन्दोलनमा भएको जनसहभागिताबाट उत्साहित हुँदै ओलीविरुद्धको आन्दोलन थप सशक्त बनाउँदै लग्न सकिने विश्वास व्यक्त गरे।

‘आजको उपस्थितिले जनआन्दोलनको झझल्को दिइरहेको छ। २०६२/६३ मा जसरी जनता आन्दोलित भएका थिए’, उत्साहित हुँदै नेपालले भने, ‘त्यस्तै झल्को दिएको छ। त्यसैले मैले भनेको यो कास्टिङ मात्रै हो।' हिटलर पनि चुनावबाट आएको उल्लेख गर्दै नेपालले केपी ओली चुनावबाटै आएर हिटलर पथमा लागेको बताए। मन्त्रीको हुर्मत लिनुका साथै राज्यको सम्पूर्ण शक्ति आफैंमा केन्द्रित गरी स्वेच्छाचारी बनेको उनको आरोप छ।

यस्तै नेकपा वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले असंवैधानिक कदम चालेको बताउँदै विरोधमा उत्रिएका जनता हेर्न आग्रह गरे। उनले ओलीलाई पार्टीको भगौडा भएको टिप्पणी गरे।

उनले ओलीले आफ्ना हनुमानहरूलाई सबैतिर सेटिङ मिलाइसकेको बताउने गरेपनि अदालत हिजोका राजामहाराजाले बनाएको अदालत नभएको स्मरण गराए।

‘दोस्रो जनआन्दोलनपछि हामीले बनाएको सविधानले बनाएको अदालत हो। सविधानभन्दा बाहिर गएर कुनै प्रकारको फैसला गर्न मिल्दैन। हामीलाई अदालतप्रति पूरापूर विश्वास छ। प्रतिनिधि सभा पुनःस्थापना हुन्छ,’ उनले भने। 

प्रकाशित मिति: शुक्रबार, माघ ९, २०७७  २१:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
संविधानलाई ट्र्याकमा ल्याउन चुनाव अनिवार्य थियो : गगन थापा उनले निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सरकार र निर्वाचन आयोगप्रति आभार व्यक्त गरेका छन् । त्यस्तै, सबै राजनीतिक दलहरूले उत्साहसाथ... बिहीबार, फागुन २१, २०८२
चुनाव बहिष्कार गर्दै आएका विप्लवले १२ वर्षपछि भोट खसाले यसपटकको चुनावमा उनको पार्टीले भाग लिएपछि मतदान गरेका हुन् । बिहीबार, फागुन २१, २०८२
कांग्रेस सभापति थापाले काठमाडौंमा गरे मतदान नले बिहिवार विहान काठमाडौं–४ स्थित मैतिदेवी मन्दिरमा रहेको केन्द्रबाट मतदान गरेका छन् । बिहीबार, फागुन २१, २०८२
ताजा समाचारसबै
एजेन्ट बस्ने विषयको विवादले दोलखाको मालुमा मतदान रोकियो बिहीबार, फागुन २१, २०८२
झापा– ५ मा मतदान सुरु भएको तीन घण्टामा २ प्रतिशत मत खस्यो बिहीबार, फागुन २१, २०८२
दोलखामा मतदान कमर्चारीमाथि हातपात प्रयास, प्रहरीद्वारा हवाई फायर बिहीबार, फागुन २१, २०८२
संविधानलाई ट्र्याकमा ल्याउन चुनाव अनिवार्य थियो : गगन थापा बिहीबार, फागुन २१, २०८२
कर्मचारीहरूले पाएनन् मतदान गर्न, सहजीकरण भइरहेको आयोगको भनाइ बिहीबार, फागुन २१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियो बिहीबार, फागुन २१, २०८२
सर्लाही ४ मा मतदान सुरु हुनेबितिकै विवाद बिहीबार, फागुन २१, २०८२
बागलुङका एक मतदान अधिकृतको जिम्मेवारी खोसियो बुधबार, फागुन २०, २०८२
मतदान केन्द्रमा खटिएका दुई कर्मचारीलाई सेनाको हेलिकप्टर मार्फत उद्धार गरियो बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
खामेनीको हत्याको बदला लिने राष्ट्रपति पेजेस्कियानको उद्घोष आइतबार, फागुन १७, २०८२
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
श्रीलंका नजिकै इरानी युद्धपोतमा अमेरिकी आक्रमण, ८० नौसैनिकको मृत्यु बुधबार, फागुन २०, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्