काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधानलाई ट्र्याकमा ल्याउन चुनाव अनिवार्य भएको बताएका छन् ।
काठमाडौं– ४ मा रहेको मतदानकेन्द्रबाट मतदान गरेपछि प्रतिक्रिया दिँदै थापाले अब राजनीतिक अनिश्चिचता अन्त्य हुने विश्वास व्यक्त गरे ।
उनले निर्वाचन सम्पन्न गराउन भूमिका खेल्ने सरकार र निर्वाचन आयोगप्रति आभार व्यक्त गरेका छन् । त्यस्तै, सबै राजनीतिक दलहरूले उत्साहसाथ चुनावमा सहभागी भएकाले संविधान र लोकतन्त्रप्रति प्रतिबद्ध रहेको पुष्टि गरेको बताए ।
‘लामो समयसम्म राजनीतिक अनिश्चितता हुन्छ कि भन्ने संसय थियो । त्यसैले यो निर्वाचनले संविधानलाई ट्र्याकमा ल्याउन अनिवार्य थियो,’ उनले भने, ‘निर्वाचन हुन्छ कि हुँदैन भन्ने शंकाका बीचमा निर्वाचन भयो । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ भन्ने विश्वास छ ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।