काठमाडौँ– वडा कार्यालयमा तोकिएको मतदान केन्द्रमा खटिएका दुई जना कर्मचारीलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।
उपल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–६ को वडा कार्यालयमा तोकिएको मतदान केन्द्रमा खटिएका कर्मचारी गोर्खबहादुर थापा र निर्वाचन प्रहरी कृष्ण झाँक्रीलाई सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले जानकारी दिइन् ।
निर्वाचनमा खटिएका दुई जना कर्मचारी र तीन जना निर्वाचन प्रहरी गरी पाँच जना बिरामी परेको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । कर्मचारी थापा र निर्वाचन प्रहरी झाँक्रीलाई श्वासप्रश्वासमा समस्या आएको र बाँकीको नाकबाट रगत बग्ने समस्या देखिएको थियो।
तीन जनाको अवस्था सामान्य भएकाले दुई जनालाई मात्र उद्धार गरी दुनै ल्याइएको हो । उद्धार गरेर ल्याइएका दुवै जनाको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी टोपेन्द्र बुढामगरले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।