काठमाडौं– दोलखामा हवाई फायर भएको छ ।
दोलखाको तामाकोशी गाउँपालिका ४ मालु मतदानस्थलमा उम्मेदवारको एजेन्ट बसेका व्यक्तिले मतदान कर्मचारी माथि हातपत गर्ने प्रयास गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाई फायर गरेको हो ।
जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले हवाई फायर भएको पुष्टि गरे ।
‘निर्वाचन खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फार भएको हो। अहिले सामान्य नाराबाजी भइरहेको छ,’ आलेले भने ।
स्थिति सामान्य पार्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।