• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

मोदीको भ्रमणबारे १६ बुँदे संयुक्त विज्ञप्ति जारी

64x64
नेपाल लाइभ शनिबार, वैशाख २९, २०७५  ११:३२
1140x725

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबारे १६ बुँदे संयुक्त प्रेस विज्ञप्ति जारी भएको छ। मोदी स्वदेश फिर्ता भइसकेपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको हो। 

विज्ञप्तिमा दुई देशबीच विभिन्न क्षेत्रको विकासका लागि सहयोग र सहकार्यबारे छलफल भएको उल्लेख छ। मोदीले ओलीलाई फेरि भारत भ्रमणको निम्तो दिएका छन्।

नेपालको दुईदिने भ्रमणका क्रममा शुक्रबार आएका भारतीय प्रधानमन्त्री मोदी शनिबार अपराह्न स्वदेश फर्केका छन्। भ्रमणका क्रममा उनलाई जनकपुर र काठमाडौंमा अभिनन्दन गरिएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तो छ संयुक्त विज्ञप्ति:

भारतीय प्रधानमन्त्रीको राजकीय नेपाल भ्रमणका क्रममा दुवै देशबाट जारी 
संयुक्त वक्तव्य

Xtrem
Xtrem


१) नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा मे ११ देखि १२ सम्म नेपालको राजकीय भ्रमण सम्पन्न।
२) सन् २०१८ मा दोस्रो पटक द्विपक्षीय भेटवार्ता गर्ने क्रममा मे ११ मा प्रतिनिधिमण्डलसहित दुवै देशका प्रधानमन्त्रीबीच न्यानो तथा सौहार्दपूर्ण वातावरणमा वार्ता सम्पन्न भएको छ। जसले दुई देशको गहिरो सम्बन्ध तथा विश्वासलाई चित्रण गरेको छ। 
३) सन् २०१८ अप्रिल महिनामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको राजकीय भारत भ्रमणका क्रममा भएको वार्ताको यसपटक दुवै प्रधानमन्त्रीले स्मरण गरेका छन्। र यसअघि भएका सबै सन्धी तथा सम्झौताहरुको कार्यान्वयन गर्न आवश्यक प्रभावशाली उपायहरुको अवलम्बनका लागि भ्रमणले उत्पन्न गराएको गतिलाई कायम राख्ने सहमति भएको छ। प्रधानमन्त्री ओलीको भारत भ्रमणका क्रममा कृषि, रेलमार्ग तथा अन्तर्देशीय जलमार्गका क्षेत्रमा भएका द्विपक्षीय सम्झौतालाई प्रभावशाली कार्यान्वयन गर्न पनि सहमती भएको छ। जसले माथि उल्लेखित क्षेत्रको परिवर्तनमा प्रभाव पार्न सक्नेछ। 
४) विभिन्न स्तरमा दुई देशबीच रहिआएको घनिष्ठ र बहुमुखी संबन्धको समिक्षा गर्दै द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन दुवै प्रधानमन्त्रीले समानता, आपसी विश्वास, सम्मान तथा पारस्परिक लाभका सिद्धान्तका आधारमा फरक–फरक क्षेत्रमा रहिआएको सहकार्यलाई बल प्रदान गर्ने तथा सामाजिक, आर्थिक विकासका लागि साझेदारीलाई फराकिलो बनाउन एकसाथ काम गर्ने आफ्नो संकल्पलाई दोहोर्याएका छन्। 
५)दुवै प्रधानमन्त्रीले द्विपक्षीय संयन्त्रको नियमित बैठकको आवश्यकतामा जोड दिँदै द्विपक्षीय सम्बन्धको समग्र स्थितीको समिक्षा गर्न तथा आर्थिक तथा संयुक्त विकास परियोजनाको कार्यान्वयनका लागि परराष्ट्र मन्त्रीस्तरीय नेपाल–भारत संयुक्त संगठनको नियमित बैठक बस्ने विषयमा पनि एकमत भएका छन्।
६)दुवै प्रधानमन्त्रीले भारत र नेपालबीच रहिआएको व्यापार र आर्थिक सम्बन्धको महत्वलाई रेखांकन गरेका छन्। भारतसँग नेपालको बढ्दो व्यापार घाटामाथि चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस समस्यालाई कम गर्ने उपायहरुको अवलम्बन गर्न आवश्यक रहेकोमा जोड दिए। यस सन्दर्भमा दुवै प्रधानमन्त्रीले व्यापार, पारवहन तथा सहयोगका क्षेत्रमा केही समयअघि आयोजित अन्तर–सरकारी समितिको बैठकले गरेका निर्णयहरुको स्वागत गरेका छन्। जसले दुई देशबीच रहँदै आएको अनधिकृत व्यापारको नियन्त्रण गर्नका लागि संयुक्त रुपमा व्यापार सम्बन्धी द्विपक्षीय सन्धिको व्यापक समिक्षा गर्ने, भारतीय बजारमा नेपालको पहुँच पुर्याउने, समग्र द्विपक्षीय व्यापार बढाउने तथा नेपालको पारवहन व्यापारलाई सुविधाजनक बनाउने कार्यका लागि यसअघि भएका पारवहन सन्धि तथा सम्झौताको संसोधन गर्न पूनर्विचार गर्ने निर्णय गरेको थियो।
७) आर्थिक विकासलाई प्रोत्साहन गर्न तथा दुई देशका नागरिकहरुको आवातजावतलाई बढावा दिन दुवै प्रधानमन्त्रीले ‘कनेक्टिभिटी’का उत्प्रेरक भुमिकाहरुको रेखांकन गरेका छन्। उनीहरु वायु, जमिन तथा जलमार्फत आर्थिक तथा भौतिक ‘कनेक्टिभिटी’ बढाउन आवश्यक थप कदम चाल्न सहमत भएका छन्। नागरिकहरुबीचको सम्पर्क र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई पहिचान गर्दै दुवै प्रधानमन्त्रीले आफ्ना सम्बन्धित अधिकारीहरुलाई नागरिक उड्डयन क्षेत्रमा सहकार्य बढाउन तथा नेपालका लागि अतिरिक्त हवाई प्रवेश रुट उपलब्ध गराउन सम्बन्धित विशेषज्ञ टोलीलाई छिट्टै नै छलफल गर्नसमेत निर्देशन दिएका छन्।
८) दुवै प्रधानमन्त्री नदी प्रशिक्षण कार्य, पानीले निम्त्याउने समस्या, बाढीको व्यवस्थापन र सिँचाइ जस्ता कार्यमा पारस्परिक लाभका लागि जलस्रोतमा आपसी सहयोगको विस्तारको महत्वलाई दोहोर्याउँदै यससँग सम्बन्धित द्विपक्षीय परियोजना कार्यान्वयनको गतिलाई बढाउन सहमत भएका छन्। उनीहरुले दुई देशबीच बनेको संयुक्त टोलीको निती तथा कार्यगत सीमाप्रति पनि सन्तोष व्यक्त गरेका छन्। जसले बाढी प्रभावित क्षेत्रमा अवलोकन गर्ने र जलउत्पन्न समस्याको स्थायी समाधानका लागि उचित उपायहरुका बारेमा पनि विचार गर्नेछ।
९) दुवै प्रधानमन्त्रीले नेपालमा ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत परियोजनाको संयूक्त रुपमा शिलान्यास गरेका छन्। उनीहरुले आशा व्यक्त गरेका छन् कि यस परियोजनाको निर्माणले दुवै देशका पुस्ता–पुस्ताबीचमा समन्वय तथा विद्युतको व्यापारमा बढावा दिनेछ। दुवै प्रधानमन्त्रीले विद्युतका क्षेत्रमा सहकार्यका लागि सन् २०१८ अप्रिल १७ मा बसेको संयुक्त सञ्चालन समितिको बैठकले गरेका निर्णयहरुको पनि स्वागत गरेका छन्। सो बैठकले द्विपक्षीय विद्युत व्यापार सम्झौताअनुरुप विद्युत क्षेत्रमा द्विपक्षीय सहकार्य गर्ने निर्णय गरेको थियो।
१०) प्रधानमन्त्री मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गर्नुका साथै जनकपुर उपमहानगरपालिका र काठमाडौं महानगरपालिकाले दिएको नागरिक अभिनन्दनसमेत ग्रहण गरेका छन्।
११) दुई देश तथा यहाँका जनताका बीचमा रहिआएको नजिकको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप बलियो बनाउन दुवै प्रधानमन्त्रीले संयुक्तरुपमा सीताको जन्मभूमि जनकपुर र रामको जन्मभूमि अयोध्यालगायत, रामायणमा उल्लेख भएका अन्य स्थानलाई जोड्ने ‘नेपाल–भारत रामायण सर्किट’को उद्घाटन गरे। जनकपुरमा दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा झण्डा फहराउँदै जनकपुरदेखि अयोध्यासम्मको सिधा बस सेवाको सुरुवात गरेका थिए।
१२) सहकार्यका सबै क्षेत्रहरुमा बढावा दिने उद्देश्यले सन् २०१८ को सेम्टेम्बरसम्म महत्वपूर्ण विषयवस्तुहरुको किटान गर्न दुवै प्रधानमन्त्रीले आफ्ना सम्बन्धित अधिकारीलाई निर्देशन दिएका छन्।
१३) पहिचानमा आएका क्षेत्रहरुमा अर्थपूर्ण सहकार्यका लागि दुवै देशका प्रधानमन्त्रीले बिमस्टेक, सार्क, बिबिआइएनजस्ता क्षेत्रीय तथा उप–क्षत्रीय संगठनहरुको कार्यक्षेत्रको महत्वलाई रेखांकन गरे।
१४) भारतीय प्रधानमन्त्री मोदीको ऐतिहासिक नेपाल भ्रमणले दुई देशका बीचमा रहिआएको वर्षौं पुरानो मैत्रीपूर्ण सम्बन्धलाई थप बलियो बनाउन तथा बढ्दो साझेदारीलाई थप उचाइमा पर्याउन नयाँ उत्साह प्रदान गरेकोमा दुवै राष्ट्रप्रमुखहरु सहमत भएका छन्। 
१५) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका लागि दिएको निमन्त्रणा तथा न्यानो स्वागतका लागि प्रधानमन्त्री ओलीलाई आभार प्रकट गरेका छन्।
१६) भारतीय प्रधानमन्त्री मोदीले नेपालका प्रधानमन्त्री ओलीलाई भारत भ्रमणका लागि निमन्त्रणा दिएका छन्। सो निमन्त्रणालाई प्रधानमन्त्री ओलीले स्विकारसमेत गरेका छन्। ओलीको भारत भ्रमणको मिति दुवै देशको कुटनीतिक तहको छलफलपछि तय हुनेछ।
काठमाडौं
१२ मे, २०१८
 

प्रकाशित मिति: शनिबार, वैशाख २९, २०७५  ११:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन
विकास निर्माणका अवरोध हटाउन कानून संशोधनको तयारी
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै बुधबार, असोज १४, २०८३
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन बुधबार, असोज १४, २०८३
विकास निर्माणका अवरोध हटाउन कानून संशोधनको तयारी बुधबार, असोज १४, २०८३
शौचालय पनि भत्काएको भन्दै जनकपुरमा अतिक्रमित जग्गा हटाउने कार्यमा गुठी संस्थानलाई उपमहानगरले सहयोग नगर्ने बुधबार, असोज १४, २०८३
चोलेन्द्रलाई नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग कांग्रेसको जवाफ माग बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्