• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३, २०८३ Sat, Sep 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रमोद खरेल-सुवास रेग्मी विवाद : लिना पक्राउ परेपछि झस्किए हस्ताक्षरकर्ता

खाली कागजमा हस्ताक्षर गरेको दाबी
64x64
पुष्पा थपलिया मंगलबार, माघ ६, २०७७  २०:३९
1140x725

गायक प्रमोद खरेल र बिन्दबासिनी म्युजिक कम्पनीबीचको विवाद यतिबेला पूरै संगीत क्षेत्रमा फैलिएको छ। सिर्जनाको स्वामित्वका विषयमा रहेको अन्योलले गायक खरेल र उक्त म्युजिक कम्पनीका सञ्चाल सुवास रेग्मीबीच मनमुटाव सिर्जना गर्‍यो। त्यसको विवाद आपसी सहमतिमा सल्टिन सकेन। त्यसैमा अरुलाई (विशेष गरी संगीत क्षेत्रसँग सम्बन्धितलाई) घोचेर सामाजिक सञ्जालमा लेख्ने रेग्मीको स्वभावले तनाव बढायो। 

आफ्नो गीतको स्वामित्व खोज्दा रेग्मीले आफ्नो मानमर्दन गरेको भन्दै प्रमोदले कलाकारहरुको  साथ खोजे। एक कलाकारले खोजेको उक्त साथमा हात मिलाउन संगीतकर्मी तयार भए। 

त्यसलाई लिएर खरेल प्रहरीकहाँ पुगे। प्रहरीले बिन्दबासिनी म्युजिकको कानुनी सञ्चालक खोज्यो। कानुनी रुपमा सञ्चालकमा सुवास रेग्मी नभइ उनकी श्रीमती लिना रेग्मी थिइन्। उनलाई नै पक्राउ गर्‍यो। 

यो पनि पढ्नुहोस्

गायक खरेललाई गालीगलौज गर्नेलाई कारबाही गर्न संगीतकर्मीहरुले गुहारे प्रहरी बिहीबार, पुस २३, २०७७

देखिएका सञ्चालक सुवासको गल्तीको भागिदार लिना भएपछि हस्‍ताक्षरकर्ता संगीतकर्मी झस्किएका छन्। उनीहरु भन्न थालेका छन्, 'कसैलाई पक्राउ गर्न हामीले हस्ताक्षर गर्न खोजेका थिएनौं। 

यही सन्दर्भमा राजेश पायल राईले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखे। उनले लेखेका छन्, ‘मेरो हस्ताक्षर बिन्दबासिनी म्युजिक प्रालि र लिना रेग्मीविरुद्ध थिएन।'

गायकलाई गालीगलौज र मानहानीको विरुद्धमा हस्ताक्षर गरेको भन्दै राईले प्रमोद खरेलले आफूकहाँ आएर हिसाब नदेखाएको उल्टै अन्टसन्ट लेखेको भनेकाले आफूले खाली कागजमा हस्ताक्षर गरेको लेखेका छन्। 

उनले लिना रेग्मी र कम्पनीसँग कुनै लेनदेन नभएकाले कुरा स्पष्ट हुनुपर्‍यो भन्दै स्ट्याटस लेखेका हुन्। 

No description available.

Ncell 2
Ncell 2
nimb
nimb

राइको स्ट्याटसको माहोल नसेलाउँदै अर्का गायक राज सिग्देलले पनि यस्तै आशयको स्ट्याटस लेखे। 

उनले लेखेका छन्, ‘लिना भाउजु पुलिसको हिरासतमा भएको खबरले दुःखी छु।’ स्रष्टाको अधिकार सुनिश्चित गर्नका लागि नियम कानुनबमोजिम जाउँ भन्ने कुरामा समर्थन भएपनि कम्पनीसँग कुनै दुस्मनी नभएको उनले प्रस्ट पारेका छन्। 

अन्यायमा परेको  कुरा गायक खरेलले गरेकाले पढ्दै नपढी सेतो कागजमा विश्वासको आधारमा हस्ताक्षर गरेको सिग्देलले उल्लेख गरेका छन्। 

यता विवादित गीतका गीतकारसमेत रहेका राजेन्द्र थापाले पनि यो विषयमा लामो प्रतिक्रिया दिएका छन्। 

उनले दुईलाई मिलाउने सक्दो कोशिस गरेपनि नसकेको र यो नितान्त व्यक्तिगत विषय भएको बताएका छन्। उनका अनुसार बाहिर देखिएजस्तो प्रतिलिपी अधिकार, रोल्यल्टी र आर्थिक अधिकारको विवाद पटक्कै होइन। 

No description available.

रोयल्टी, प्रतिलिपी अधिकार र आर्थिक लाभका विवाद सबै कलाकरको सबै कम्पनीसँग रहेको पनि उनले बताए।

उनले भनेका छन्, ‘सुवास र प्रमोदलाई भेटाएर सहमतिमा ल्याउने कोशिस गर्दापनि सुवासको गाली तोप बन्यो।’ यदि सुवासले सामाजिक सञ्जालमा गालीजन्य स्ट्याटस नलेखेको भए मुद्दा तीन हप्ताअघि नै सल्टिने पनि उनले बताए।

खासमा भएको के थियो?
प्रमोद, सुवास र लिनाको फेसबुक नियाल्ने हो भने वादविवाद गीतबाटै सुरु भएको देखिन्छ। 

आजभन्दा ७ महिना अघि प्रमोदले प्रणय एल्बममा समेटिएको याद गर्नपनि कोही न कोही त चाहिँदो रहेछ बोलको गीत रिमिक्स गर्ने प्रस्ताव बिन्दाबासिनी म्युजिक प्रालिसँग राखे। यो कुरामा सुवास र प्रमोद दुवैको सहमति भयो। 

उनीहरूले 'याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ' बोलको गीत पाँच वर्षको एग्रिमेन्टअनुसार चलाएका थिए। तर एग्रिमेन्ट सकिएको ६ वर्ष कटिसकेछ। त्यसैले प्रमोदले केही समयपछि एग्रिमेन्ट सकिएकाले गीत आफैँ मार्केटिङ गर्ने बताए। 

सुरुवाती चरणमा यो कुरा लिना, सुवास र प्रमोदबाहेक अन्यलाई थाहा थिएन। न त प्रमोदले ११ वर्षसम्मको हिसाब नै मागेका थिए। 

तर, एक्कासी प्रमोदले 'मेरो लगानी भएकाले यसको उत्पादक पनि मै हुँ। यो मेरो सामान हो, आफ्नोमा लान्छु' भनेको उनले बताए। त्यसमा यी दुईको कुरा नमिलेपछि मात्रै कुरा सामाजिक सञ्जालसम्म आइपुग्यो।  

सुवासले सामाजिक सञ्जालमा ‘धोद्रो स्वरको गुमनाम मान्छेलाई मैले चर्चित बनाएँ, अहिले घर गाडी सबै त्यसैबाट आएको पैसाले बनायो’जस्ता कुराहरु लेख्न थाले। 

जतिखेरै सामाजिक सञ्जालमा यस्ता कुरा लेखेपनि प्रमोदबाट कुनै किसिमको प्रतिकार आएन। सुवासले नै १ करोडको क्षतिपूर्ति माग गर्दै अदालतमा मुद्दा हाले। 

मुद्दा हालिसकेपछि भने ५७ जना संगितकर्मीको हस्ताक्षरसहित प्रमोदले महानगरीय प्रहरी कार्यलय टेकुमा बिन्दबासिनी म्युजिक प्रालिको नाममा मुद्दा हाले। 

मुद्दा हालेको करिब एक सातापछि प्रहरीले प्रालिकी कार्यकारी अधिकृत लिना रेग्मीलाई पक्राउ गर्‍यो र उनी अहिले प्रहरीको हिरासतमा छिन्। 

झुक्किए हस्ताक्षरकर्ता
गायक प्रमोद खरेललाई एक म्युजिक कम्पनीका सञ्चालकले गालीगलौज र अपमानपूर्ण अभिव्यक्ति दिएको भन्दै संगीतकर्मीहरुले हस्ताक्षर गरेका थिए। दोषीलाई कानुनी प्रक्रियाअनुसार कारबाही गर्न ५७ जना संगीतकर्मीहरुले हस्ताक्षरसहित टेकु प्रहरीलाई कारबाही गर्न आग्रह गरे। 

प्रहरीले कम्पनीकी कार्यकारी अधिकृत लिना रेग्मीलाई पक्राउ गरेपछि बल्ल संगितकर्मीले आफू झुक्किएको महशुस गरेका छन्।

सामाजिक सञ्जालमार्फत् लिनालाई पक्राउ गर्न हस्ताक्षर नगरेको र कम्पनीसँग केही लेनदेन नभएको उनीहरुले बताइरहेका छन्। 

आफ्ना सिर्जना नियमअनुसार फिर्ता माग्दा आफूलाई अन्यायपूर्ण व्यवहार गरिएको भन्दै खरेलले हस्ताक्षर गर्न लगाएको संगितकर्मीले बताएका छन्। 

हस्ताक्षर गर्नेहरुमा संगीतकार लक्ष्मण शेष, गायक राजेशपायल राई, शिव परियार, सत्यराज आचार्य, स्वरुपराज आचार्य, इन्दिरा जोशी, संगीतकार तथा गायक चेतन सापकोटा, कालीप्रसाद बास्कोटा, राज सिग्देललगायत छन्। नयाँ पुस्ताका एलिना चौहानलगायतले पनि हस्ताक्षर गरेका छन्। 

प्रमोदले कम्पनीको नाममा मुद्दा हालेका थिए। मानहानीको मुद्दा हाल्न भने उनले बल्ल तयारी थालेका छन्।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  २०:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
रवि-बालेनको राजनीतिक उत्थानमा अमेरिकी भूमिका खोज्ने ‘ग्रेजोन’बारे सरकारका प्रवक्ताको हल्का टिप्पणी शुक्रबार, असोज २, २०८३
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी शुक्रबार, असोज २, २०८३
भारत–नेपाल आईजीएससी बैठक सम्पन्न, व्यापार र पारवहन सहकार्य बढाउने प्रतिबद्धता शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरेर २ करोड ५० लाख ठगी, दुई जना पक्राउ शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्