• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर २०, २०८२ Sat, Dec 6, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रमोद खरेल-सुवास रेग्मी विवाद : लिना पक्राउ परेपछि झस्किए हस्ताक्षरकर्ता

खाली कागजमा हस्ताक्षर गरेको दाबी
64x64
पुष्पा थपलिया मंगलबार, माघ ६, २०७७  २०:३९
1140x725

गायक प्रमोद खरेल र बिन्दबासिनी म्युजिक कम्पनीबीचको विवाद यतिबेला पूरै संगीत क्षेत्रमा फैलिएको छ। सिर्जनाको स्वामित्वका विषयमा रहेको अन्योलले गायक खरेल र उक्त म्युजिक कम्पनीका सञ्चाल सुवास रेग्मीबीच मनमुटाव सिर्जना गर्‍यो। त्यसको विवाद आपसी सहमतिमा सल्टिन सकेन। त्यसैमा अरुलाई (विशेष गरी संगीत क्षेत्रसँग सम्बन्धितलाई) घोचेर सामाजिक सञ्जालमा लेख्ने रेग्मीको स्वभावले तनाव बढायो। 

आफ्नो गीतको स्वामित्व खोज्दा रेग्मीले आफ्नो मानमर्दन गरेको भन्दै प्रमोदले कलाकारहरुको  साथ खोजे। एक कलाकारले खोजेको उक्त साथमा हात मिलाउन संगीतकर्मी तयार भए। 

त्यसलाई लिएर खरेल प्रहरीकहाँ पुगे। प्रहरीले बिन्दबासिनी म्युजिकको कानुनी सञ्चालक खोज्यो। कानुनी रुपमा सञ्चालकमा सुवास रेग्मी नभइ उनकी श्रीमती लिना रेग्मी थिइन्। उनलाई नै पक्राउ गर्‍यो। 

यो पनि पढ्नुहोस्

गायक खरेललाई गालीगलौज गर्नेलाई कारबाही गर्न संगीतकर्मीहरुले गुहारे प्रहरी बिहीबार, पुस २३, २०७७

देखिएका सञ्चालक सुवासको गल्तीको भागिदार लिना भएपछि हस्‍ताक्षरकर्ता संगीतकर्मी झस्किएका छन्। उनीहरु भन्न थालेका छन्, 'कसैलाई पक्राउ गर्न हामीले हस्ताक्षर गर्न खोजेका थिएनौं। 

यही सन्दर्भमा राजेश पायल राईले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखे। उनले लेखेका छन्, ‘मेरो हस्ताक्षर बिन्दबासिनी म्युजिक प्रालि र लिना रेग्मीविरुद्ध थिएन।'

गायकलाई गालीगलौज र मानहानीको विरुद्धमा हस्ताक्षर गरेको भन्दै राईले प्रमोद खरेलले आफूकहाँ आएर हिसाब नदेखाएको उल्टै अन्टसन्ट लेखेको भनेकाले आफूले खाली कागजमा हस्ताक्षर गरेको लेखेका छन्। 

उनले लिना रेग्मी र कम्पनीसँग कुनै लेनदेन नभएकाले कुरा स्पष्ट हुनुपर्‍यो भन्दै स्ट्याटस लेखेका हुन्। 

No description available.

Ncell 2
Ncell 2

राइको स्ट्याटसको माहोल नसेलाउँदै अर्का गायक राज सिग्देलले पनि यस्तै आशयको स्ट्याटस लेखे। 

उनले लेखेका छन्, ‘लिना भाउजु पुलिसको हिरासतमा भएको खबरले दुःखी छु।’ स्रष्टाको अधिकार सुनिश्चित गर्नका लागि नियम कानुनबमोजिम जाउँ भन्ने कुरामा समर्थन भएपनि कम्पनीसँग कुनै दुस्मनी नभएको उनले प्रस्ट पारेका छन्। 

अन्यायमा परेको  कुरा गायक खरेलले गरेकाले पढ्दै नपढी सेतो कागजमा विश्वासको आधारमा हस्ताक्षर गरेको सिग्देलले उल्लेख गरेका छन्। 

यता विवादित गीतका गीतकारसमेत रहेका राजेन्द्र थापाले पनि यो विषयमा लामो प्रतिक्रिया दिएका छन्। 

उनले दुईलाई मिलाउने सक्दो कोशिस गरेपनि नसकेको र यो नितान्त व्यक्तिगत विषय भएको बताएका छन्। उनका अनुसार बाहिर देखिएजस्तो प्रतिलिपी अधिकार, रोल्यल्टी र आर्थिक अधिकारको विवाद पटक्कै होइन। 

No description available.

रोयल्टी, प्रतिलिपी अधिकार र आर्थिक लाभका विवाद सबै कलाकरको सबै कम्पनीसँग रहेको पनि उनले बताए।

उनले भनेका छन्, ‘सुवास र प्रमोदलाई भेटाएर सहमतिमा ल्याउने कोशिस गर्दापनि सुवासको गाली तोप बन्यो।’ यदि सुवासले सामाजिक सञ्जालमा गालीजन्य स्ट्याटस नलेखेको भए मुद्दा तीन हप्ताअघि नै सल्टिने पनि उनले बताए।

खासमा भएको के थियो?
प्रमोद, सुवास र लिनाको फेसबुक नियाल्ने हो भने वादविवाद गीतबाटै सुरु भएको देखिन्छ। 

आजभन्दा ७ महिना अघि प्रमोदले प्रणय एल्बममा समेटिएको याद गर्नपनि कोही न कोही त चाहिँदो रहेछ बोलको गीत रिमिक्स गर्ने प्रस्ताव बिन्दाबासिनी म्युजिक प्रालिसँग राखे। यो कुरामा सुवास र प्रमोद दुवैको सहमति भयो। 

उनीहरूले 'याद गर्न पनि कोही न कोही त चाहिँदो रहेछ' बोलको गीत पाँच वर्षको एग्रिमेन्टअनुसार चलाएका थिए। तर एग्रिमेन्ट सकिएको ६ वर्ष कटिसकेछ। त्यसैले प्रमोदले केही समयपछि एग्रिमेन्ट सकिएकाले गीत आफैँ मार्केटिङ गर्ने बताए। 

सुरुवाती चरणमा यो कुरा लिना, सुवास र प्रमोदबाहेक अन्यलाई थाहा थिएन। न त प्रमोदले ११ वर्षसम्मको हिसाब नै मागेका थिए। 

तर, एक्कासी प्रमोदले 'मेरो लगानी भएकाले यसको उत्पादक पनि मै हुँ। यो मेरो सामान हो, आफ्नोमा लान्छु' भनेको उनले बताए। त्यसमा यी दुईको कुरा नमिलेपछि मात्रै कुरा सामाजिक सञ्जालसम्म आइपुग्यो।  

सुवासले सामाजिक सञ्जालमा ‘धोद्रो स्वरको गुमनाम मान्छेलाई मैले चर्चित बनाएँ, अहिले घर गाडी सबै त्यसैबाट आएको पैसाले बनायो’जस्ता कुराहरु लेख्न थाले। 

जतिखेरै सामाजिक सञ्जालमा यस्ता कुरा लेखेपनि प्रमोदबाट कुनै किसिमको प्रतिकार आएन। सुवासले नै १ करोडको क्षतिपूर्ति माग गर्दै अदालतमा मुद्दा हाले। 

मुद्दा हालिसकेपछि भने ५७ जना संगितकर्मीको हस्ताक्षरसहित प्रमोदले महानगरीय प्रहरी कार्यलय टेकुमा बिन्दबासिनी म्युजिक प्रालिको नाममा मुद्दा हाले। 

मुद्दा हालेको करिब एक सातापछि प्रहरीले प्रालिकी कार्यकारी अधिकृत लिना रेग्मीलाई पक्राउ गर्‍यो र उनी अहिले प्रहरीको हिरासतमा छिन्। 

झुक्किए हस्ताक्षरकर्ता
गायक प्रमोद खरेललाई एक म्युजिक कम्पनीका सञ्चालकले गालीगलौज र अपमानपूर्ण अभिव्यक्ति दिएको भन्दै संगीतकर्मीहरुले हस्ताक्षर गरेका थिए। दोषीलाई कानुनी प्रक्रियाअनुसार कारबाही गर्न ५७ जना संगीतकर्मीहरुले हस्ताक्षरसहित टेकु प्रहरीलाई कारबाही गर्न आग्रह गरे। 

प्रहरीले कम्पनीकी कार्यकारी अधिकृत लिना रेग्मीलाई पक्राउ गरेपछि बल्ल संगितकर्मीले आफू झुक्किएको महशुस गरेका छन्।

सामाजिक सञ्जालमार्फत् लिनालाई पक्राउ गर्न हस्ताक्षर नगरेको र कम्पनीसँग केही लेनदेन नभएको उनीहरुले बताइरहेका छन्। 

आफ्ना सिर्जना नियमअनुसार फिर्ता माग्दा आफूलाई अन्यायपूर्ण व्यवहार गरिएको भन्दै खरेलले हस्ताक्षर गर्न लगाएको संगितकर्मीले बताएका छन्। 

हस्ताक्षर गर्नेहरुमा संगीतकार लक्ष्मण शेष, गायक राजेशपायल राई, शिव परियार, सत्यराज आचार्य, स्वरुपराज आचार्य, इन्दिरा जोशी, संगीतकार तथा गायक चेतन सापकोटा, कालीप्रसाद बास्कोटा, राज सिग्देललगायत छन्। नयाँ पुस्ताका एलिना चौहानलगायतले पनि हस्ताक्षर गरेका छन्। 

प्रमोदले कम्पनीको नाममा मुद्दा हालेका थिए। मानहानीको मुद्दा हाल्न भने उनले बल्ल तयारी थालेका छन्।

प्रकाशित मिति: मंगलबार, माघ ६, २०७७  २०:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
भारतीय अभिनेता असरानीको निधन उनी ८४ वर्षका थिए। लामो बिरामीका कारण उनको निधन भएको परिवारजनले जानकारी दिएका छन्। मंगलबार, कात्तिक ४, २०८२
निःसन्तान जोडीको कथामा रामजी ज्ञवालीले बनाए ‘निःशब्द’ हाल पोस्ट–प्रोडक्सनको अन्तिम चरणमा रहेको ‘निःशब्द’लाई निर्देशक ज्ञवालीले च्यारिटी शोमार्फत दर्शकसमक्ष ल्याउने, अन्तर्राष्ट्रिय फिल्म... शुक्रबार, साउन ९, २०८२
एलिनाका पूर्वपति विष्णुको प्रश्न : हामी कहिलेसम्म पीडाको शिकार हुनुपर्ने हो ? यसबीच, एलिनाका पूर्वश्रीमान बिष्णु सापकोटाले सामाजिक संजालमा एक लामो विज्ञप्ति जारी गर्दै सामाजिक संजालबाट आउने कठोर शब्द, धम्कीपूर्... शुक्रबार, साउन २, २०८२
ताजा समाचारसबै
एनपिएल:  सुदूरपश्चिमसँग विराटनगर र चितवनसँग पोखरा भिड्दै शनिबार, मंसिर २०, २०८२
हेटौंडामा बिहानबाटै सडक विस्तार सुरू,५ सय सुरक्षाकर्मी परिचालन शनिबार, मंसिर २०, २०८२
यस्तो रहनेछ देशभरको मौसम शनिबार, मंसिर २०, २०८२
काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली शनिबार, मंसिर २०, २०८२
जेनजी आन्दोलनबाट आयौं, तर दल विरोधी होइनौं  :  प्रधानमन्त्री कार्की शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
देउवा भेट्न पुगे ओली शुक्रबार, मंसिर १९, २०८२
अमेरिकी शान्ति प्रस्ताव अस्वीकार्य – पुटिन शुक्रबार, मंसिर १९, २०८२
विनाशकारी मौसमी प्रकोपपछि श्रीलङ्कामा ८५ प्रतिशत विद्युत आपूर्ति अवरुद्ध शुक्रबार, मंसिर १९, २०८२
मधेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेश गरिँदै शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्