काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई काठमाडौं महानगरपालिकाले आज नागरिक अभिनन्दन गर्दैछ। राष्ट्रियसभा गृहमा आयोजना हुन लागेको नागरिक अभिनन्दनका लागि सबै तयारी पूरा भइसकेको छ।
तर, कार्यक्रम स्थलमा नेपाली पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ। सरकारी सञ्चार माध्यमबाहेक अरुलाई कार्यक्रम स्थलभित्र प्रवेश नदिइएको त्यहाँ उपस्थित पत्रकारहरुले जनाएका छन्।

कार्यक्रमको समाचार संकलनका लागि पास उपलब्ध गराइए पनि प्रवेश दिइएको छैन। यद्यपी भारतीय मिडियाका सबै पत्रकारले भने कार्यक्रम स्थलभित्र प्रवेश पाइसकेका छन्।

कार्यक्रम स्थलमा पत्रकारलाई प्रवेशको विषयमा महानगरपालिका र परराष्ट्र मन्त्रालय दुवैले जानकारी नभएको जवाफ दिएका छन्। सभागृहमा प्रवेश नदिएकोमा पत्रकारहरुले सडकमा क्यामेरा राखी विरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।