काठमाडौं– दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरेका छन्।
आज बिहानै मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्किएका मोदीले पशुपतिनाथमा विशेष पूजा गरेर हायात होटल फर्किएपछि राजनीतिक दलका नेताहरुसँग भेटघाट गरिरहेका छन्। मोदीले केहीअघि कांग्रेस नेताहरुसँग सामूहिक भेट गरेका थिए भने माओवादीका तर्फबाट प्रचण्ड एक्लै भेटका लागि गएका थिए।

त्यस्तै राजपाका नेताहरुसँग मोदीले सामूहिक भेट गरेका थिए। अहिले संघीय 8वादी फोरमका संयोजक उपेन्द्र यादव र मोदीबीच एक्लाएक्लै भेटवार्ता चलिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।