काठमाडौं– दुई दिने नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज विभिन्न दलका नेताहरुसँग भेटवार्ता गर्दैछन्।
केहीबेरअघि काठमाडौंको हायात होटलमा नेपाली कांग्रेस नेताहरुसँग भेटवार्ता गरेका मोदीले अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिरहेका छन्।
भेटवार्ताको लागि कांग्रेस नेताहरु सामूहिक रुपमा हायात होटलमा पुगेका थिए भने प्रचण्ड एक्लै गएका छन्।
कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवाका साथै उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीता यादव, विजय गच्छदार, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेता सहभागी थिए।
बैठकको सुरुवातमै देउवाले कांग्रेस नेताहरुको परिचय गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।