काठमाडौं– नेपालको दुईदिने राजकीय भ्रमणका लागि शुक्रबार नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथ मन्दिरमा विशेष पूजाअर्चना गरेका छन्।
प्रधानमन्त्री मोदी करिब साढे ११ बजेको समयमा मन्दिरभित्र प्रवेश गर्दै आधा घन्टाभन्दा बढी समय पूजाअर्चना गरेका थिए।
पशुपतिनाथ मन्दिरमा मोदीलाई पर्यटनमन्त्री रविन्द्र अधिकारी, पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव प्रदीप ढकाल लगायत पदाधिकारीले स्वागत गरेका थिए। उनलाई मन्त्री अधिकारीले उपहारस्वरुप पशुपति मन्दिरको प्रतिमा उपहार दिएका थिए।
आज बिहान काठमाडौंबाट उनी मुक्तिनाथ गएका थिए। त्यहाँबाट पशुपति फर्किएका हुन्।
उनी आजै काठमाडौं महानगरपालिकाको तर्फबाट प्रदान गरिने नागरिक अभिनन्दन ग्रहण गरेर स्वदेश फर्कनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।