मुस्ताङ- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ मन्दिरमा पूजा गरेका छन्। शनिबार बिहान काठमाडौंबाट मुक्तिनाथ आएका मोदीले करिब २० मिनेट लगाएर विशेष पूजा गरे।
मन्दिरका प्रमुख पुजारी कृष्णप्रसाद सुवेदीको सहयोगमा मोदीले पूजा गरेका थिए।

विशेष पूजाअर्चनापछि उनले मुक्तिनाथ मन्दिर परिसरमा रहेका १ सय ८ धाराहरुको अवलोकन तथा जलसेचन गरे। सो क्रममा मोदीलाई पर्यटन मन्त्री रवीन्द्र अधिकारी, प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले मुक्तिनाथ क्षेत्रको विशेष शालग्राम उपहारस्वरुप प्रदान गरेका थिए। मुक्तिनाथमा उनी रातो ज्याकेट र कालो कुर्तामा थिए।




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।