• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

वामदेवले मझधारमा उभिएर देखेका तीन 'महत्वपूर्ण' अवसर

64x64
वीरेन्द्र ओली शनिबार, माघ ३, २०७७  ०७:०७
1140x725

काठमाडौ-
गएको २९ पुसमा नेपाल कम्युनिस्ट पार्टी (नेकपाको) पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहले काठमाडौंमा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला डाकेको थियो। त्यो भेलालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष नेपालले अनौठो तवरले केही समय पहिले आफ्नो पार्टीका नेता वामदेव गौतमले बोलेको प्रसंग निकाले। कमलादीस्थित प्रज्ञा भवनमा नेता र कार्यकर्ताले खचाखच भरिएको हलमा सम्बोधन गर्दै नेपालले भनेका थिए– ‘वामदेव गौतमको शब्द सापटी लिने हो भने उहाँ (केपी ओली) कुनै पनि हालतमा कम्युनिस्ट होइन। उहाँमा कम्युनिस्टका कुनै विशेषता छैनन्। उहाँ कम्युनिस्ट हो भन्नेमा कसैले दुविधा नराखे हुन्छ।’

तत्कालीन एमालेको स्थायी कमिटी बैठकमा वामदेवले यस्तो बोलेको स्मरण गर्दै नेपालले थपे, 'आज वामदेव कमरेड यसबारे के भन्नुहुन्छ, म सोध्न चाहन्छु। त्यतिबेला उहाँले ओलीजीबारे बोलेका यी कुरा भने मैले रेकर्ड गरेर राखेको छु।'

यो प्रसंग उप्काइरहँदा नेपालले वामदेवलाई ‘कम्युनिस्ट विचार नभएका’ ओलीसँग नमिल्न पटकपटक आग्रह गरे। 'त्यतिबेला वामदेव कमरेडले बोलेका कुरा मैले बताएको थिइनँ, अब बताउन जरुरी छ,' नेपालले थपे, 'उहाँले त्यसबेला भन्नुभएको थियो- केपी ओली र कम्युनिस्टबीच कुनै नाता सम्बन्ध छैन। उहाँ फोहोरको डंगुर हो, हामी त्यही बोक्न बाध्य छौं।' 

त्यसबेलाको एमाले ३ जेठ २०७५ मा भएको एमाले–माओवादी एकताबाट नेकपाको गठन भएसँगै अहिले अस्तित्वमा छैन। तत्कालीन एमालेका शीर्ष नेताहरु ओली र नेपाल भने नेकपाको विभाजनपछि बनेका दुई समूहमा बाँडिएका छन्। वामदेव दुवै समूहमा खुलेका छैनन् र आफूलाई मझधारमा राखिरहेका छन्। एउटा समूहको नेतृत्व गरिरहेका नेपालले यो बेला वामदेवलाई किन सम्झिए?

एकता भएको अढाइ वर्षमै नेताहरुबीच आएको फूटले नेकपा क्षतविक्षत अवस्थामा पुगेको छ। ओली र दाहाल–नेपाल समूह एकअर्काको आलोचना मात्र होइन, सत्तोसराप र व्यक्तिगत गालीगलौजको तहमा उत्रिएका छन्। दुवैपक्षको यो मनोविज्ञान हेर्दा पार्टी एकढिक्का भइहाल्ने सम्भावना तत्काल देखिँदैन। र, यही बेला विभाजनअघि नेकपाको पाँचौं वरीयतामा रहेका उपाध्यक्ष वामदेव गौतम पार्टीलाई एक ढिक्का गराउँछु भन्दै दौडधुप गरिरहेका छन्। 

वामदेवसँग उनीसहित नेकपाका १६ केन्द्रीय सदस्य छन्। तर, उनी कतै नखुलेपछि अहिले उनीसँग हरिप्रसाद पराजुली मात्र छन्, बाँकी सबै विभाजनपछि छुट्टिएका समूहमा लागिसकेका छन्। वामदेव स्वयम् चाहिँ पार्टी एक बनाउने अभियानको संयोजक बनेर सक्रिय बनेका छन्। उनी आफैले छुट्टै धार निर्माण गर्न खोजे पनि अरु नेताहरुले त्यसलाई गम्भीर रुपमा लिएका छैनन्, बरु त्यो उनको अवसर छोप्ने भर्‍याङ भएको चर्चा गर्नेगरेका छन्। 

वामदेवबारे नेकपाका दुवै समूहको आ–आफ्नै व्याख्या र रणनीति छ। उनलाई आफूतिर तानेर बलियो देखिने दुवै पक्षको प्रयत्न चलिरहेको छ। उनी आफै चाहिँ सर्वोच्च अदालत र निर्वाचन आयोगमा विचाराधीन विषयसँगै यसबीचमा विकसित हुने परिस्थिति समेत मूल्यांकन हेरेर आफ्नो कित्ता प्रष्ट गर्ने मुडमा देखिन्छन्। 

अधैर्य वामदेवको धैर्यपूर्ण हिसाबकिताब !
राजनीतिमा लाभ र हानीको हिसाबकिताब राख्न सक्ने नेताका रुपमा चिनिन्छन् वामदेव। यो बेग्लै हो कि २०५४ सालमा पार्टी फुटाउँदा र गत आम निर्वाचनमा उम्मेदवार बन्दा उनको हिसाबकिताब गोलमाल हुनपुग्यो। कैयौं हन्डर खाएपछि नै सही, उनी पछिल्लो समय नेकपाभित्र देखापरेको संकटलाई आफ्ना लागि अवसर बनाउने समय पर्खेर बसेका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

पार्टीका दुवै समूहको भविष्य अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। तर, यो विघ्न अन्योलबीच पनि नेकपा नेता, वामदेव गौतम बीचमा बसेर विभिन्न अवसरको हिसाबकिताब गरिरहेका छन्।

वामदेवनिकट रहँदै आएका केन्द्रीय सदस्य बलराम बास्कोटाले भने असल नियतका साथ पार्टी एकता अभियानमा लागेको दाबी गरे। आफूले विभाजित पार्टी एक हुने सम्भावना नदेखेको भए पनि वामदेवले अझैं पार्टी एक हुने आशा देखेरै पहल गरिरहेको उल्लेख गर्दै उनले भने, 'म वामदेव कमरेडको नियतमा शंका गर्ने ठाउँ देख्दिनँ। पवित्र भावनाले एकताको पक्षमा लाग्नु भएको छ। उहाँकै पहलमा तत्कालीन एमाले र माओवादी एक भएका हुन्। अझै पनि उहाँलाई पार्टी विभाजन रोक्न सक्छु भन्ने लागेको छ। दुःखको कुरा, त्यसको प्रष्ट तस्वीर भने देखा परिसकेको छैन।' 

वामदेवनिकट अर्का केन्द्रीय सदस्य हरिप्रसाद पराजुलीले निर्वाचन आयोगले आधिकारिक प्रमाणपत्र नदिँदासम्म पार्टी फुटेको भन्न नमिल्ने दाबी गरे। आयोगले निर्णय नगर्दासम्म पार्टी एकताको अभियानमा लागिरहने बताउँदै उनले भने, 'हिँजो पनि एमाले र माओवादी अलग–अलग पार्टी थिए, चुनावी गठबन्धन गरेर एकता गरियो। तर, नीति र विचारमा चल्ने कम्युनिस्ट पार्टीमा पद र अवसर बाँडेर एकता गरेर गम्भीर गल्ती गरियो। अहिले त्यसकै परिणाम भोग्दैछौ।' उनले आफ्नो पक्षबाट पार्टी जुटाउने अभियान जारी रहने दाबी गरे।   

Xtrem

Xtrem

नेकपाको विभाजन र त्यसपछि अस्तित्वमा रहेका यो पार्टीका दुवै समूहको भविष्य अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। तर, यो विघ्न अन्योलबीच पनि नेकपा नेता, वामदेव गौतम बीचमा बसेर विभिन्न अवसरको हिसाबकिताब गरिरहेका छन्।

विभाजित भइसकेको नेकपा एक हुनेमा वामदेव स्वयम् पनि त्यति आशावादी त देखिँदैनन्। धेरै कुरा अब फर्किन नसकिने ठाउँमा पुगिसकेको उनको बुझाई छ। तर, पार्टी एक बनाएरै छाड्ने रटान भने उनले जारी नै राखेका छन्। सार्वजनिक कार्यक्रममा प्रायः उनी पार्टीलाई एकतावद्द गरेरै छाड्ने बताउने गर्छन्। 
गएको २५ पुसमा विज्ञप्तिमार्फत उनले एकता अभियानमा जोडिन देशभरका नेता र कार्यकर्तालाई आह्वान गरेका थिए।

एकीकरणमा सामेल भएका दुई पार्टीका मुख्य नेताहरुमा रहेको व्यवस्थापकीय कमजोरीले एकातिर प्रधानमन्त्री विरुद्ध अविश्वास प्रस्ताव ल्याउने, अर्कोतर्फ प्रतिनिधि सभा विघटन गर्ने अवस्था सृजना भएको भन्दै त्यसले नै पार्टीलाई विभाजनको स्थितिमा पुर्‍याएको वामदेवको ठहर छ। तर, उनले गरेको अपिलबाट तरंगित बनेर उनको अभियानमा जोडिने नेता र कार्यकर्ताको पंक्ति देखिएको छैन। र, पनि वामदेव किन यसमै अडिग देखिन्छन् त? घटनाक्रमले देखाउँछन्, उनले यसमै अवसर देखेका छन्। 

वामदेवको पहिलो टार्गेट : सूर्यको ओत 
नेकपाका दुवै समूह अहिले जसरी निर्वाचन आयोगबाट चुनाव चिन्ह सूर्य कसले पाउने भन्ने होडबाजीमा जुटेका छन्, वामदेवको पहिलो नजर पनि त्यही सूर्य चिन्हमै अड्किएको छ। जनतामाझ सूर्य चिन्ह लोकप्रिय भएकाले त्यसले उनलाई पनि बेस्सरी तानेको छ। नेकपाको दाहाल–नेपाल समूहले आफूहरुको समूह नै आधिकारिक पार्टी भएको दाबीसहित बहुमत केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ। बहुमत केन्द्रीय सदस्य आफ्नो पक्षमा चुनाव चिन्ह सूर्य पनि आफैँले पाउनेमा उनीहरु ढुक्क देखिन्छन्। 

अन्योलको अवस्थामा दुवैतिर नलागेर मझधारमा बस्दा आफूलाई लाभ नै लाभ मिल्ने वामदेवको आँकलन रहेको उनीनिकट कतिपय नेता र कार्यकर्ता बताउँछन्।

उता ओली पक्ष पनि सत्तामा रहँदाको प्रभाव र पहुँच प्रयोग गरेर चुनाव चिन्ह सूर्य र आधिकारिक पार्टीको मान्यता आफूले पाउनेमा विश्वस्त झैं देखिन्छ। यी दुवै सम्भावनालाई नजिकबाट नियालिरहेका वामदेव परिणाम पनि प्रष्ट भएपछि कित्ता प्रष्ट पार्ने मुडमा छन्। त्यसो हुँदा आफ्नो राजनीतिक भविष्य पनि सुरक्षित हुने उनको बुझाइ देखिन्छ। 

दोस्रो आँकलन : प्रधानमन्त्री बन्ने अवसर
संसदविघटन विरुद्धको मुद्दा अहिले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ। सर्वोच्चले यो मुद्दा किनारा लगाउँदै प्रतिनिधि सभा पुनर्स्थापना गरेमा नेकपाको दाहाल–नेपाल समूह बलियो र ओली समूह कमजोर बन्ने निश्चित छ। त्यसको असर निर्वाचन आयोगमा समेत पर्ने भएकाले पार्टीको आधिकारिकता र चुनाव चिन्ह दाहाल–नेपाल समूहले नै पाउने सम्भावना बढी हुनेछ। तर, अदालतले प्रतिनिधि सभा विघटनलाई सदर गरेमा भने परिस्थिति अर्कैतिर ढल्किने देखिन्छ। 

यो अन्योलको अवस्थामा दुवैतिर नलागेर मझधारमा बस्दा आफूलाई लाभ नै लाभ मिल्ने वामदेवको आँकलन रहेको उनीनिकट कतिपय नेता र कार्यकर्ता बताउँछन्। त्यो कस्तो लाभ हो?

प्रतिनिधि सभा पुनर्स्थापना नभएको अवस्थामा ताजा जनादेशका लागि निर्वाचनमा जानुपर्ने बाध्यता दलहरुसामु आउनेछ। त्यसो हुँदा ओली नेतृत्वकै सरकारमा दलहरु निर्वाचनमा जाने सम्भावना कम हुन सक्छ। त्यसबेला यसभन्दा अघि पहिलो संविधानसभा विघटन भएका बेला कुनै पनि दलका नेताको नेतृत्वमा सरकार बन्ने सम्भावना नभएपछि दलहरुकै सहमतिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद् गठन भएको थियो। ओली सरकारले घोषणा गरेको मितिमा निर्वाचन नहुने र फेरि त्यस्तै परिस्थिति पैदा हुने भएमा वामदेवले सबैलाई मान्य हुनसक्ने प्रधानमन्त्रीको उम्मेदवार आफू बन्न सक्ने आँकलन गरिरहेका छन्। 

ताजा जनादेशमा जानेबारे दलहरुबीच विवाद भएमा मझधारमा रहेका वामदेव उपयुक्त पात्र हुन सक्ने कतिपयको विश्लेषण पनि छ। त्यसो हुँदा लामो समयदेखि प्रधानमन्त्री बन्न व्यग्र प्रतीक्षारत वामदेवलाई प्रधानमन्त्री बन्ने बाटो खुल्ने पनि कतिपयको आँकलन छ। तर, उनीनिकट रहँदै आएका केन्द्रीय सदस्य बास्कोटाले भने अवसर पाउनका लागि वामदेवले एकता अभियान सञ्चालन नगरेको दाबी गरे। वामदेव जत्तिको नेतालाई अदालत वा निर्वाचन आयोग वा अन्य कुनै निकायलाई पर्खेर अवसर छोप्ने नेताको रुपमा व्याख्या गर्न नमिल्ने उनको तर्क छ। 

तेस्रो टार्गेट : तानातानबीच दोस्रो वरीयता 
नेकपाको ओली समूहले वामदेवलाई पार्टीमा दोस्रो वरियतासहित पार्टीको कार्यकारी भूमिकासमेत दिने आश्वासन यसबीचमा दिइसकेको छ। त्यतिमात्र होइन, ओलीलाई संरक्षकमात्र बनाएर भए पनि पार्टीको सक्रिय भूमिका वामदेवलाई नै दिने कुरासमेत चलिरहेको कतिपयको दाबी छ। तर, त्यसमा वामदेव तरंगित भइसकेका छैनन्। 

अर्कोतर्फ, नेकपाको दाहाल–नेपाल समूहले वैचारिक राजनीतिका हिसाबले आफूसँग विचार मिल्ने भन्दै यसअघिकै पार्टी ‘पोर्टफोलियो’मा रहेने गरी साथ दिन वामदेवलाई आग्रह गरिरहेको छ। तर, यो समूहमा लाग्दा आफूले दोस्रो वरियता नपाउने आँकलनमा वामदेव देखिन्छन्। त्यहीकारण पनि उनले आफूहरुलाई नभई ओलीलाई साथ दिन सक्ने संकेत पाएपछि नेपालले पछिल्ला कार्यक्रमहरुमा ‘बालुवा पेलेर तेल ननिस्कने’ टिप्पणी गर्न थालेका छन्।

ओलीमा कम्युनिस्ट आचरण र संस्कार नभएको भन्दै यस्तो टिप्पणी गर्न थालेका नेपालले आफूहरुलाई साथ दिन आग्रह गर्नेक्रममा वामदेवलाई भनिरहेका छन्, 'कमरेड, बालुवालाई पेलेर तेल निकाल्ने कार्यमा नलाग्नुहोस्।'

प्रकाशित मिति: शनिबार, माघ ३, २०७७  ०७:०७
  • #केपीओली
  • #वामदेव-गाैतम
  • #नेकपाविभाजन
  • #प्रचण्ड-नेपाल

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि मन्त्रालयले उक्त विधेयक संघीय संसद्‍मा दर्ता गर्ने बुझिएको छ। सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? मुद्दा दायर गर्नेमा बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापा, मन्त्रीहरू गिरबहादुर तामाङ, राजेन्द्र प्रजापती र राजु विष्ट तथा सांसद... सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी नेपाल प्रहरीका अधिकृतहरूले घरमा सुतिरहेको अवस्थामा जबरालाई उठाएर काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुमा लगेको घटनाप्रति स... सोमबार, असोज १२, २०८३
ताजा समाचारसबै
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
रिमा श्रेष्ठको ‘चुलबुले नानी’मा आशिष अविरल र रचना रिमालको स्वर सोमबार, असोज १२, २०८३
आफ्नै पार्टी अध्यक्षविरुद्ध राप्रपाका ७ सांसद अदालतमा, लिङ्देनमाथि के आरोप ? सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ प्रकरण: न्यायपालिकामाथि हस्तक्षेप नगर्न सर्वोच्चको चेतावनी सोमबार, असोज १२, २०८३
बाढीपहिरोमा २७ जनाको मृत्यु, एक हजारभन्दा बढी परिवार प्रभावित सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्