काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथबाट काठमाडौं फर्किंदै छन्। त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि उनी विशेष पुजाका लागि पशुपतिनाथ मन्दिरका लागि प्रस्थान गर्नेछन्।
सो क्रममा केहि समय विमानस्थल, तिलगंगा, गौशाला हुँदै चल्ने सवारी साधनहरु दुइतर्फी रुपमै प्रभावित हुने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।
महाशाखाले सो रुट भएर चल्ने सम्पूर्ण सवारीलाई वैकल्पिक मार्गको प्रयोग गर्नसमेत सुचित गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।