काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विशेष पूजा गर्ने भएपछि पशुपतिनाथको मन्दिर तयारी अवस्थामा राखिएको छ।
शनिबार बिहान काठमाडौंबाट गएर मोदीले मुक्तिनाथमा विशेष पूजा गरेका थिए। उनले मुक्तिनाथबाट फर्केर पशुपतिमा पूजा गर्ने कार्यक्रम छ।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले मोदीले गर्ने पूजाको लागि पशुपति क्षेत्र तयारी अवस्थामा रहेको प्रतिक्रिया दिए।
मोदीले आजै स्वदेश फर्किने कार्यक्रम छ। त्यअघि उनलाई काठमाडौं महानगरपालिकाले नागरिक अभिनन्दन गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।