मुक्तिनाथ– दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ आइपुगेका छन्। उनी शनिबार बिहान करिब ८ बजे हेलिकप्टरबाट मुक्तिनाथ आएका हुन्। मन्दिर नजिकै बनाइएको हेलिप्याडमा मोदी उत्रिएका थिए।
मुक्तिनाथ पुगेपछि प्रधानमन्त्री मोदीले पुजा अर्चना गरेका छन्। सो क्रममा उनलाई लामा तथा बटुकले स्वस्ती वाचन गरेर स्वागत गरेका थिए।
भारतीय प्रधानमन्त्री मोदीले मुक्तिनाथको दर्शन र पूजा गर्नुका साथै त्यहाँ उनकाे नागरिक अभिनन्दनकाे समेत तयारी गरिएको छ।
(भिडियाे साैजन्य : डिडी न्युज)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।