काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारतबारे सधैं आफुले आशावादी भएर सोच्ने गरेको बताएका छन्। नेपाली प्रतिनिधिमण्डलसँगको भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा उनले दुई देशबीचको पुरानो सम्बन्धलाई अझै प्रगाढ बनाउने उदेश्यका लागि आफु नेपाल भ्रमणमा आएको बताए।
पत्रकार सम्मेलनमा उनले ओली र आफुबीच विगतका भएका साझेदारीका सबै आयामको समिक्षा भएको बताए। जसमा आफुले विगतमा भएका सझदारीको प्रगतीबारे जानकारी दिएको बताए।
दुई देशबीच सडकदेखि जलमार्गसम्मका विषयमा सहकार्य गरेर अघि बढीने उनले जानकारी दिएका छन्।
कार्यक्रममा उनले क्यान्सर अस्पताललाई रेडियोथेरापी मेसिन दिने लगायत सहयोगको तयारी भइरहेको जानकारी गराएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।