• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार १०, २०८३ Wed, Jun 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

हायातको १५० रोपनी जग्गा फिर्ता ल्याउने प्रस्ताव फाइल सचिवको दराजमै रोकियो

64x64
उत्तम काप्री मंगलबार, पुस २८, २०७७  ११:०३
1140x725

काठमाडौं– तारागाउँ रिजेन्सी होटल लिमिटेड (ह्यात होटल)को नाममा नामसरी भएको १५० रोपनी जग्गा सरकारको नाममा ल्याउने प्रस्ताव संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमै रुमल्लिएको छ। 

सरकारले तारागाउँ विकास समितिको स्वामित्वमा रहेको १५० रोपनी जग्गा सेयर लगानीमा रहने गरी दिएको भएपनि सम्झौता भएको १६ महिनामै तारागाउँ रिजेन्सी होटल लिमिटेडले आफ्नो नाममा नामसारी गराएको खुलेको छ। 

२०४९ मंसिर ८ मा बसेको मन्त्रिपरिषदको बैठकले समितिको नाममा रहेको जग्गामध्ये १५४ रोपनी रिजेन्सी होटल लिमिटेडलाई लिज भाडामा र १५० रोपनी जग्गा सेयर लगानीमा रहने गरी दिने निर्णय गरेको थियो। 

उक्त जग्गा कानुनविपरीत होटलको नाममा लगिएको भन्दै २०७५ सालमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले समेत उक्त १५० रोपनी जग्गा मालपोत ऐन २०३४ विपरीत कम्पनीका नाममा लगिएको ठहर गर्दै फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको थियो। 

सोहीअनरूप तारागाउँ विकास समितिले पनि झन्डै ६ महिनाभन्दा अगाडि नै उक्त जग्गा सरकारको नाम ल्याउने पर्ने भन्दै प्रस्ताव तयार पारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएको थियो।

मन्त्रालयको प्रशासन महाशाखाले पनि उक्त जग्गा गैरकानुनी रूपमा सकारकारी जग्गा होटलको नाममा नामसरी गरिएको हुन्दा फिर्ता गर्नुपर्ने भन्दै मन्त्रिपरिषदमा लैजाने टिप्पणी उठाएको थियो। 

मन्त्रालयको प्रशासन महाशाखाले २०७७ पुस ३ गते नै जग्गा फिर्ताका लागि मन्त्रिपरिषदमा प्रस्ताव लैजान गरी टिप्पणी उठाउँदै सचिवलाई बुझाएको थियो।

टिप्पणीमा १ सय ५० रोपनी जग्गा सरकारी नाममा ल्याउने र उक्त जग्गा होटलको नाममा लैजान काममा सहभागी कर्मचारीलाई कारबाहीका लागि अख्तियार दुरूपयोग अन्नुसन्धान विभागमा सिफारिस गर्ने उल्लेख छ। 

nimb
nimb
Ncell 2
Ncell 2

तर, यसरी तयारी भएको फाइल अहिले सचिवले मन्त्रालयको दराजमै थन्काएर राखेको छन। कसरी जग्गा होटलको नाममा पुग्यो? २०४९ मंसिर ८ मा बसेको मन्त्रिपरिषदको बैठकले समितिको नाममा रहेको जग्गामध्ये १५४ रोपनी रिजेन्सी होटल लिमिटेडलाई लिज भाडामा र १५० रोपनी जग्गा सेयर लगानीमा रहने गरी दिने निर्णय गरेको थियो।

पर्यटन मन्त्रालयको प्रस्तावमा उक्त निर्णय गिरिजाप्रसाद कोइरालाको सरकारले गरेको थियो। सरकारले समितिको स्वामित्वमा रहेको ३ सय ४ रोपनी जग्गामध्ये १ सय ५० रोपनी जग्गा प्रतिरोपनी १० लाखका दरमा हुन आउने रकम बराबरको सेयर लगानी गर्ने र बाँकी १ सय ५४ रोपनी जग्गा प्रतिवर्ष प्रतिरोपनी १० हजार रुपैयाँका दरमा भाडामा दिने गरी सम्झौता गर्ने निर्णय भएको थियो। 

सम्झौतामा पहिलो १० वर्ष भाडा नबढ्ने र त्यसपछि भने वार्षिक १० प्रतिशतका दरले भाडा बढ्ने उल्लेख छ। सोही आधारमा १ सय ५० रोपनीको भाडा लिमिटेडले तिर्न नपर्ने र भाडा बापतको रकम सेयरमा रहने गरी ४९ वर्षको लागि होटल सञ्चालन गर्न दिएको जग्गा पछि लिमिटेडकै नाममा पुर्‍याइएको खुलेको हो। 

प्रतिरोपनी वार्षिक १० हजारको दरले १ सय ५० रोपनी जग्गा भाडामा दिने सम्झौताअनुसार सरकारले लगानी गरेको सेयर रकम १५ करोडभन्दा पनि बढी हुन्छ।

सरकारले पनि १५० रोपनी जग्गाको भाडाबापत आउने रकम सेयरमा लगानी गर्ने र १५४ रोपनी जग्गा भने भाडामा दिने गरी निर्णय गरेको विकास समितको काम कारबाहीका विषयमा लामो समयदेखि अध्ययन गरिरहेका जानकारहरू बताउँछन्। 

सोही आधारमा तारागाउँ विकास समिति र राधेश्याम सराफ समूह तथा आइसिटिसी ग्रुपबीच तारागाउँ रिजेन्सी होटल लिमिटेड स्थापनाका लागि संयुक्त लगानीको समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

तर, उक्त समूहले भाडा दिन नपर्ने गरी सेयरमा लगानी गर्न दिएको १५० रोपनी जग्गा १६ महिनाभित्रै २०५० चैतमा तारागाउँ रिजेन्सी होटल लिमिटेडका नाममा नामसारी गरेको प्रमाण नेपाल लाइभले प्राप्त गरेको छ। 

सो जग्गा समिति गठन हुनुअघि महिला विकास केन्द्रका नाममा रहेको थियो। सेयर लगानीका रूपमा दिएको जग्गा एकाएक १६ महिनामै मोठ श्रेस्ता कायम गर्दै लिमिटेडको नाममा नामसारी गरियो।

मालपोत ऐन २०३४ ले सरकारी तथा सार्वजनिक जग्गा व्यक्ति वा संस्थाको नाममा दर्ता तथा आवाद गर्न नपाउने उल्लेख गरेको छ। सरकारले सरकारी जग्गा होटल सञ्चालन गर्न दिएको अवस्थामा कुनै पनि हालतमा कम्पनीको नाममा दर्ता गर्न नपाउने कानुनका जानकारहरू बताउँछन्। 

‘तारागाउँ विकास समितिको स्वामित्वमा रहेको जग्गा पनि व्यक्तिका नाममा रहेको जग्गा अधिग्रहण गरिएको हो। व्यक्तिको जग्गा अधिग्रहण गरेर कुनै संस्थालाई उसकै नाममा दर्ता हुने गरी दिन मिल्दैन,’ तारागाउँ विकास समिति स्रोत भन्छ, ‘जग्गा तारागाउँ रिजेन्सी होटल लिमेटेडको नाम नामसारी हुनु सरासर कानुनविपरीत हो।’ 

२०७५ सालमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले समेत उक्त १५० रोपनी जग्गा मालपोत ऐन २०३४ विपरीत कम्पनीका नाममा लगिएको ठहर गर्दै फिर्ता ल्याउन सरकारलाई निर्देशन दिएको थियो।

सम्झौता गर्दा सरकारका नाममा रहेको ३९ दशमलव ७७ प्रतिशत सेयर अहिले ९ दशमलव ०१ प्रतिशतमा झरेको छ। उक्त विषयमा अनुसन्धान गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको थियो। 

यस विषयमा तारागाँउ विकास समितिका अध्यक्ष प्रल्हाद न्यौपानेले पनि जग्गा फिर्ता गर्ने कानुनी प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिए। समितिको नाममा रहेको जग्गा समितिकै नाममा ल्याउन आवश्यक प्रक्रिया अगाडि बढाइसक्यौँ,’ उनले नेपाल लाइभसँग भने, ’यसमा समिति सफल हुन्छ भन्नेमा आशावादी छौँ।’ 

फाइल रोक्ने खेलमा प्रधानमन्त्रीका सल्लाहकारदेखि विकास समितिका पूर्वअध्यक्षसम्म
जग्गा फिर्ता ल्याउने गरी तयारी भएको प्रस्ताव मन्त्रिपरिषदमा लैजान रोक्ने खेल सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक सहसचिवले जग्गा फिर्ता गर्ने गरी मन्त्रिपरिषदमा लैजान तयार भइसकेको फाइल रोक्ने खेल सुरु भएको बताए। प्रधानमन्त्रीका सल्लाहकारदेखि  विकास समितिका समितिका पूर्वअध्यक्ष र ट्रेकिङ एजेन्सिज् अफ नेपाल (टान)का पूर्व अध्यक्षहरूसमेत लागी परेको ती सहसचिवले नेपाल लाइभसँग बताए। 

विकास समितिले जग्गा फिर्ताको फाइल अगाडि बढाएको भन्दै रुष्ट पक्षहरुले अहिले विकास समितिका अध्यक्षलाई नै त्यहाँबाट हटाएर पूर्वअध्यक्ष नारद कुमार लुइटेललाई पुनः अध्यक्षमा लैजान खेलवाड गरेको जानकार स्रोत बताउँछ।

प्रकाशित मिति: मंगलबार, पुस २८, २०७७  ११:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
उत्तम काप्री
नेपाल लाइभका वरिष्ठ संवाददाता काप्री पर्यटन तथा उड्डयन, सुशासन, सूचना प्रविधि लगायतका अर्थसँग सम्बन्धित बीटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
गैरकानुनी रूपमा कब्जा गरिएको सम्पत्ति खोज्न थालेपछि नेपाल ट्रष्टका सहसचिव भुसालको साढे ४ महिनामै सरूवा
१२ जिल्लामा नेपाल ट्रष्टको साढे २१ हजार रोपनी जग्गा, कुन जग्गामा कसको रजाइँ?
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : सञ्‍चालनमा ३ अवरोध, परीक्षण उडानमा हतार
सम्बन्धित सामग्री
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । मंगलबार, जेठ ५, २०८३
आफ्नै रेकर्ड तोड्दै कामीरिता ३२औं पटक सगरमाथामा अभियान अधिकारीहरूका अनुसार ५६ वर्षीय शेर्पा बिहान १०:१२ बजे शिखरमा पुगेका थिए। यससँगै उनले विश्वकै सबैभन्दा धेरै पटक सगरमाथा आरोहण ग... आइतबार, जेठ ३, २०८३
महालेखा परीक्षकको प्रतिवेदन : निगमको जहाज खरिद गर्न लिएको ऋण ३४ अर्ब, तिर्नुपर्ने- ५३ अर्ब पुग्यो निगमले ए–३२० तथा ए–३३० जहाज खरिदका लागि सरकारको जमानीमा २०७० असार ४ गते र २०७४ जेठ २८ मा कर्मचारी सञ्चय कोषबाट २२ अर्ब बराबरको ऋण लि... शुक्रबार, जेठ १, २०८३
ताजा समाचारसबै
रास्वपा सभापतिमा रवि लामिछानेको उम्मेदवारी, बालेन प्रस्तावक मंगलबार, असार ९, २०८३
रास्वपाको आम्दानी १२ करोड २४ लाख मंगलबार, असार ९, २०८३
वित्तिय विष्लेषक निर्मल गौतमले दिए रास्वापा केन्द्रिय सदस्यमा उम्मेदवारी मंगलबार, असार ९, २०८३
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
विष्णु पौडेललाई तत्काल रिहा गर्न एमालेको माग मंगलबार, असार ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
विष्णु पौडेल पक्राउप्रति ज्ञवालीको आपत्ति, प्रतिशोध साँधिएको आरोप सोमबार, असार ८, २०८३
राष्ट्रिय मानव अधिकार आयोगमा गृहमन्त्रीविरूद्ध उजुरी सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
अर्थमन्त्रीलाई हर्क साम्पाङले निमित्त प्रधानमन्त्रीज्यू भनेपछि.... बिहीबार, असार ४, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्