काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई थप ४ हवाई रुट दिन भारतसँग आग्रह गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको भ्रमण टोलीसँग भेटवार्तापछि आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
हालैको भारत भ्रमणमा पनि आफुले त्यसबारे कुरा गरेको र त्यसबारे छिट्टै निर्णय आउने अपेक्षा आफ्नो भएको उनले बताएका छन्।
मोदीको यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने आफ्नो बिश्वास रहेको ओलीले बताए। नेपालको परराष्ट्रनीतिले छिमेकी नीतिलाई प्राथमिकता राखेको उनले बताए।
अरुण तेस्रो जलबिद्युत् आयोजनाको निर्माणले देशलाई धेरै फाइदा पुग्ने उनको भनाई छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।