काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको संयक्तरुपमा शिलान्यास गरेका छन्।
बत्तीसपुतलीस्थित होटल द्वारिकाजबाट स्विच थिचेर उनीहरुले संयुक्त रुपमा शिलान्यास गरेका हुन्। शिलान्यासको क्रममा संखुवासभाको मकालु गाउँपालिकाबाट प्रत्यक्ष भिडियो देखाइएको थियो।
ओलीको भारत भ्रमणकै क्रममा शिलान्यास गर्ने बताइए पनि मोदीको नेपाल भ्रमणमा बहुप्रतीक्षित जलविद्युत् आयोजनाको शिलान्यास भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।