काठमाडौं- नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका पूर्वप्रधानमन्त्रीहरुसँग सामूहिक रुपमा भेटवार्ता गरेका छन्।
बत्तीसपुतलीस्थित द्वारिकाज होटलमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा मोदीले पूर्वप्रधानमन्त्रीहरुसँग भेट गरेका हुन्।
भेटमा पूर्वप्रधानमन्त्रीहरु लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा, पुष्पकमल दाहाल 'प्रचण्ड', डा बाबुराम भट्टराई, झलनाथ खनाल, माधवकुमार नेपालको सहभागिता थियो।
त्यसअघि प्रधानमन्त्री ओली र मोदीबीच एक्लाएक्लै वार्ता भएको थियो भने लगत्तै दुई देशका प्रतिनिधिमण्डलबीच छलफल भएको थियो।

मोदी शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर करिब ७ बजे सोझै द्वारिकाज गएका थिए। मोदी प्रधानमन्त्री ओलीले त्यहाँ दिने रात्रिभोजमा सरिक हुनेछन्।
यसैबीच प्रधानमन्त्री ओली र मोदीले अरुण तेस्रो जलविद्युत् आयोजनाको संयुक्त रुपमा शिलान्यास गरेका छन्।
आजै साँझ दुई प्रधानमन्त्रीको संयुक्त वक्तव्य आउने जनाइएको छ।
रात्रिभोजमा सरिक भएपछि मोदी बौद्धस्थित हायात होटल फर्कनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।