काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बत्तीसपुतलीस्थित द्वारिकाज होटलमा एक्लाएक्लै वार्ता सुरु भएको छ।
दुई प्रधानमन्त्रीबीचको वार्तापछि दुई देशका प्रतिनिधिमण्डलबीच सामूहिक भेटघाट हुने कार्यक्रम छ।
मोदी शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर करिब ७ बजे सोझै द्वारिकाज गएका थिए। मोदी प्रधानमन्त्री ओलीले त्यहाँ दिने रात्रिभोजमा सरिक हुनेछन्।
आजै साँझ दुई प्रधानमन्त्रीको संयुक्त वक्तव्य आउने जनाइएको छ। आजै बेलुकी प्रधानमन्त्री ओली र मोदीले अरुण तेस्रो जलविद्युत् आयोजनाको संयुक्त रुपमा शिलान्यास गर्ने कार्यक्रम छ।
रात्रिभोजमा सरिक भएपछि मोदी बौद्धस्थित हायात होटल फर्कनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।