पोखरा– पोखराको विन्ध्यवासिनी मन्दिर दर्शनका लागि लिफ्ट निर्माण गरिने भएको छ।
अपांगता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई मन्दिर दर्शनमा आउजाउ गर्न सजिलो होस् भनेर लक्ष्मी ग्रुपले लिफ्ट निर्माण गर्न लागेको हो।
तीन महिनाभित्र निर्माण कार्य सक्नेगरीस्वामी बोधानन्द र स्वामी निशेषानन्दले लिफ्ट निर्माणको शिलान्यास गरेका हुन्।
लक्ष्मी हाउस पोखराको ४५औं वार्षिकोत्सवको अवसरमा ग्रुपको भ्रातृ संस्था लक्ष्मी इन्टरकन्टिनेन्टलले लिफ्ट बनाइदिने भएको हो। लिफ्ट निर्माणको सम्झौता पत्रमा ग्रुपका तर्फबाट कार्यकारी निर्देशक सुनील श्रेष्ठ र विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष पवित्रराज रेग्मी हस्ताक्षर गरेका छन्।
लक्ष्मी ग्रुपका अध्यक्ष गणेशबहादुर श्रेष्ठले सामाजिक कार्य अन्तर्गत विन्ध्यवासिनीमा लिफ्ट बनाउन लागेको बताए।
मन्दिरको पूर्वोत्तर क्षेत्रमा बन्ने लिफ्टको उचाइ ३३ फिटको हुनेछ भने करिब ८० लाखको लागतमा लिफ्ट निर्माण हुनेछ। लिफ्टमा १२ जनासम्म चढ्न मिल्ने र ९ सय ६० केजी भार क्षमताको हुने मन्दिर व्यवस्थापन समितिका सचिव तीर्थ श्रेष्ठले श्रेष्ठले जानकारी दिए।
उनले भने, ‘लिफ्टसँगै १५ फिट उठाएर भ्युटावर पनि बन्नेछ।’
लिफ्टको तल र माथि एकै चोटि २० जना बस्न मिल्ने प्रतीक्षालयको पनि निर्माण गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।