काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको विरोध गर्दै अनसन बसेका विद्यार्थीहरु पक्राउ परेका छन्।
मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी माओवादी निकट अखिल क्रान्तिकारीको आयोजनामा ‘नाकाबन्दी गर्ने नाइकेलाई नागरिक अभिनन्दन गर्न पाइदैन, भारतीय हस्तक्षेत्र चाहिँदैन’ भन्दै त्रिविको प्राङ्गणभित्रै अनसन सुरु गरेका थिए। अनसन सुरु भएको केही घण्टामै उनीहरु पक्राउ परेका थिए।
मोदी काठमाडौं आउनै लाग्दा पक्राउ परेको अनसनकारी संघर्ष दाहालले जानकारी दिए। मोदी नेपालमा रहेसम्म अनसन जारी राख्ने उनले बताए।
पक्राउ पर्नेमा ९ जना अखिल क्रान्तिकारी किरण समुहका विद्यार्थी छन्। पक्राउ पर्नेमा संघर्ष दाहाल, महेश श्रेष्ठ, दिपेन्द्र लम्साल, कपिलदेव भट्ट, हेमराज शर्मा, विनोद केसी लगायत छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।