काठमाडौं– कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएका रौतहटको कटहरिया नगरपालिकाका मेयर सियाराम प्रसाद कुशवाह जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले उनलाई कारागार चलान गरेको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले उनलाई बिहिबार काठमाडौंमा पक्राउ परेको थियो। हिन्दु युवा संघका अध्यक्ष काशी तिवारी हत्याको घटनामा उच्च अदालत जनकपुरले गत फागुन २८ गते उनलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो। फैसला कार्यान्वायनका लागि उनलाई अदालत पेश गरिएकोमा अदालतले जेल चलान गरेको सिआईबीका प्रवक्ता एसपी बुद्धिराज गुरुङले बताए।
२०६७ साल असार १२ गते उनीसहितका व्यक्तिहरुले गोली हानी तिवारीको हत्या गरेका थिए।
माओवादी नेता समेत रहेका उनी उच्च अदालतको फैसलापछि फरार भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।