काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरमा बोल्दै नेपाली तथा मैथिलीभाषी फिल्मलाई दुवै देशमा प्रदर्शनमा ल्याउन लागिएको प्रयास स्वागतयोग्य रहेको बताए।
केही फिल्म निर्माताहरुले मैथिली तथा नेपाली फिल्मलाई नेपाल, भारत, युएई, कतार जस्ता मुलुकमा एकसाथ प्रदर्शनमा ल्याउने प्रयास गरिरहेको कुरालाई आफूले सकारात्मक रुपमा लिएको उनको भनाइ छ।
नेपालमा मैथिली भाषा बोल्ने र भारतमा नेपाली बोल्नेको संख्या धेरै भएको भन्दै उनले भारतमा पनि नेपाली भाषाको अनुवादमामा जोड दिइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।