काठमाडौं– अभिनेता पुष्प खड्का र अभिनेत्री दीपिका प्रसाईंलाई लिएर फिल्म ‘छक्का पञ्जा ३’को निर्माण घोषणा भएको छ। शुक्रबार भक्तपुरको सूर्यविनायक मन्दिरमा ज्योतिष साइत अनुसार निर्माणको औपचारिक घोषणा भएको हो।
दीपाश्री निरौलाको निर्देशन रहने फिल्ममा दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसी लगायतका कलाकार रहनेछन्। फिल्ममा पुष्प कोमियो भूमिकामा देखिनेछन् भने अभिनत्री प्रियंका कार्की विशेष भूमिकामा मात्र देखिने दीपकराज गिरीले जानकारी दिए। सुमन गिरी ’भान्जा’, किरण केसी, शिवहरि पौडेल, पुरुषोत्तम प्रधान, तारा चन्द्र बजगाई, दीपेन्द्र खनियाँ र केशव न्यौपाने निर्माता रहेको फिल्ममा जितु नेपाल र केदार घिमिरे कार्यकारि निर्माता रहेका छन्।
स्क्रिप्टको कामले गर्दा सुटिङ सुरु गर्न केही ढिलाइ भएको गिरीले बताए। 'दर्शकको धेरै अपेक्षा रहेको छ। यसकारण पनि हामीले धेरै मेहनत गर्नुपर्नेछ,' फिल्मका लेखक समेत रहेका उनले भने। दसैंको फूलपातिबाट यो फिल्म देशभर प्रदर्शनमा आउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।