जनकपुरधाभ– जनकपुरको रंगभूमि मैदान बाह्र बिघामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नागरिक अभिनन्दनको कार्यक्रममा स्वतन्त्र मधेसको ब्यानर फहराइएको छ।
अभिनन्दन कार्यक्रममा उपस्थित दर्शक दीर्घाबाट 'मधेस देश मे स्वागत है' लेखिएको ब्यानर फहराइएको हो। ब्यानरमा अंग्रेजी भाषामा 'फ्रि मधेस' पनि लेखिएको छ।
मधेसलाई बेग्लै देश बनाउने भन्दै सिके राउतले केही वर्षयता स्वतन्त्र मधेस अभियान चलाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।