काठमाडौं– तस्करीको सुन बिक्रिको तयारी भइरहेको सूचनाका आधारमा प्रहरीले ललितपुरको एक घरमा छापा हान्दा नक्कली सुन बरामद भएको छ। प्रतिकिलो ४८ लाख पर्ने सुन ३० लाखका दरले बिक्रि गर्न खोज्ने दिपेन्द्र बराइली र रमेश बैद्यलाई महानगरीय अपराध महाशाखाले बिहिबार हरिसिद्धीबाट पक्राउ गरेको हो।
उनीहरुबाट सुन भनेर लेखिएको सुन जस्तै देखिने ७ वटा धातु बरामद भएको अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए। उनीहरुले आफुहरु पनि ठगिएको र सुन व्यापारीलाई ठग्ने प्रयास गरेको बताएका छन्।
सुनको अवैध तस्करी बढेसँगै सस्तोमा तस्करीको सुन बेच्ने भन्दै ठगीका घटना पनि काठमाडौंमा बढेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।