काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणबाट दुई देशबीचको आपसी सद्भाव, सहयोग र समझदारी अझ प्रगाढ हुने विश्वास लिएको बताएका छन्। मोदी भ्रमणको पूर्वसन्ध्यामा ट्विट गर्दै उनले यस्तो बताएका छन्।
ट्विटमा उनले मोदीको स्वागतमा आफु प्रतिक्षारत रहेको जनाएका छन्। सवका साथ सवका विकास भिजनसहित मोदीको भ्रमण सुरु हुन लागेको प्रधानमन्त्रीको भनाई छ।
भारतीय प्रधानमन्त्री मोदीले पनि बिहिबार दिउँसो नेपाल भ्रमणबारे ट्वीट गरेका थिए।
सामाजिक सञ्जालमा भने मोदी भ्रमणको आलोचना भइरहेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।