• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, वैशाख ११, २०८३ Fri, Apr 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

चितवनमा ४ हजार उद्योगमा २ खर्ब बढीको लगानी, शक्तिखोरमा औद्योगिक क्षेत्र बनेपछि २ खर्ब भित्रिने

64x64
नेपाल लाइभ बिहीबार, वैशाख २७, २०७५  १२:२८
1140x725

चितवन– औद्योगिक क्षेत्र बनिनसके पनि जिल्लामा विभिन्न खालका उद्योगमा लगानी गर्ने क्रम बढ्दै गएको छ। हालसम्म चितवनमा २ खर्ब रुपैयाँभन्दा बढी लगानी भएको व्यवसायीको भनाइ छ। 

सरकारी र निजी क्षेत्रले यकिन तथ्यांक संकलन नगरे पनि उद्योगीले गरेको अनुमानमा जिल्लाका विभिन्न क्षेत्रका उद्योगमा करिब २ खर्ब रुपैयाँभन्दा बढी लगानी भएको पाइएको छ। व्यवसायीका अनुसार यस जिल्लामा सबैभन्दा बढी पोल्ट्री क्षेत्रमा लगानी भएको छ। 

पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टका अनुसार देशभरमा पोल्ट्री क्षेत्रमा ८० अर्ब रुपैयाँभन्दा बढीको लगानी छ। जसको आधा हिस्सा अर्थात ४० अर्बभन्दा बढी लगानी चितवनमा मात्रै छ। दाना उद्योग, ह्याचरी, पोल्ट्री फार्मलगायतमा लगानी भएको हो। दानामा भारतीय र चिनियाँ व्यवसायीले समेत लगानी गरेका छन्। 

पोल्ट्रीपछि सबैभन्दा बढी लगानी होटल क्षेत्रमा भएको छ। सौराहा र राप्ती नदी किनारमा पर्यटकीय ठूला होटल सञ्चालनमा छन्। त्यसैगरी भरतपुर र रत्ननगर क्षेत्रमा पनि होटल एवं पार्टी प्यालेसमा ठूलो लगानी गरिएको छ।

क्षेत्रीय होटल संघ सौराहाका अध्यक्ष सुमन घिमिरेका अनुसार जिल्लामा १ सय ५४ वटा पर्यटकीय होटल छन्। सो क्षेत्रमा मात्रै १५ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको अनुमान गरिएको उनले बताए।

त्यस्तै मेडिकल सिटीको अवधारणामा अघि बढेको चितवनमा स्वास्थ्य क्षेत्र पनि धेरै लगानी हुने क्षेत्रमध्येमा पर्दछ। चितवन मेडिकल कलेजका प्रबन्ध निर्देशक डा हरिश्चन्द्र न्यौपानेका अनुसार सो मेडिकल कलेजमा मात्रै हालसम्म ४ अर्ब रुपैयाँ लगानी भएको छ। जिल्लाभरमा २ वटा मेडिकल कलेज र २२ वटा निजी अस्पताल सञ्चालनमा छन्। मेडिकल कलेज र निजी अस्पतालमा गरी १५ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको अनुमान छ। 

शिक्षा क्षेत्रमा पनि जिल्लामा ठूलो लगानी भएको व्यवसायी बताउँछन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवनका अध्यक्ष देशबन्धु अधिकारीका अनुसार जिल्लामा रहेका १ सय ८० निजी विद्यालयमा १० अर्ब रुपैयाँभन्दा बढी लगानी छ। त्यस्तै प्राविधिक कलेजहरुमा पनि ठूलो लगानी रहेको कलेजका सञ्चालकहरु बताउँछन्। युनाइटेड टेक्निकल कलेज भरतपुरका अध्यक्ष चूडामणि खनालका अनुसार प्राविधिक कलेजमा ३ अर्बभन्दा बढी लगानी गरिएको छ।

उद्योग वाणिज्य महासंघ प्रदेश ३ का उपाध्यक्ष एवम् उद्योग वाणिज्य संघ चितवनका पूर्वअध्यक्ष राजन गौतमका अनुसार जिल्लाका उद्योगको यकिन तथ्यांक संकलन नभए पनि साना तथा ठूला गरी करीब ४ हजारभन्दा बढी उद्योग सञ्चालनमा रहेका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

गौतमका अनुसार १ अर्ब रुपैयाँभन्दा बढी लगानी भएका उद्योगको संख्या २५ भन्दा बढी छन् भने ५० करोडभन्दा बढी लगानी भएका उद्योग १ सय वटा, २५ करोडभन्दा बढी लगानी भएका उद्योग २ सय वटा, १० करोडभन्दा बढी लगानी भएका उद्योग ४ सय वटा र १ करोडभन्दा बढी लगानी भएका उद्योगको संख्या ८ सयको हाराहारीमा छन्। १ करोड रुपैयाँभन्दा कम लगानीमा सञ्चालन भएका उद्योगको संख्या ३ हजारभन्दा बढी भएको गौतमले बताए।

घरेलु तथा साना उद्योग कार्यालय चितवनले दिएको तथ्यांकअनुसार जिल्लामा हालसम्म दर्ता भएका उद्योगको संख्या ९ हजार ६ सय ६३ रहेको छ। कार्यालयमा सेवा क्षेत्रका फार्मसमेत दर्ता हुने गर्छन्। सो कार्यालयको तथ्यांकअनुसार उद्योग एवं फार्ममा १३ अर्ब ९५ करोडभन्दा बढी लगानी भएको छ। अधिकांश ठूला उद्योग कम्पनीमा दर्ता भएकाले ती उद्योगको यकिन तथ्यांक जिल्लामा उपलब्ध हुन नसकेको हो। 

उद्योग संघ चितवनका अध्यक्ष भेषराज दुवाडीले जिल्लाका उद्योगमा २ खर्ब रुपैयाँभन्दा बढी लगानी भएको बताए। पोल्ट्री, होटल, हस्पिटल, शिक्षासँगै उत्पादनमूलक क्षेत्रमा ठूलो लगानी भएको उनको भनाइ छ। जिल्लामा ३ वटा बियर उद्योग छन् भने मदिराका उद्योग, बोटलर्स नेपाल (तराई) लिमिटेड, फर्माक्युटिकल्सहरु, प्लाष्टिकजन्य उत्पादन, कृषिजन्य उद्योग, जस्ता पाता, ब्लक, फर्निचर, चाउचाउ, फलामलगायतका उद्योग रहेको उनले जानकारी दिए।

दुवाडीका अनुसार शक्तिखोरमा निर्माण हुन लागेको शक्तिखोर औद्योगिक क्षेत्र सुरु भएपछि थप २ खर्ब रुपैयाँ लगानी हुने अपेक्षा गरिएको छ। सो क्षेत्रमा १ हजार उद्योग सञ्चालन गर्न सकिने भन्दै उनले पुराना ५ सय उद्योग र नयाँ ५ सय उद्योग त्यहाँ स्थापना हुने उनले बताए।

देशमै सबैखाले उद्योगको क्षेत्रमा सबैभन्दा बढी लगानी भएको जिल्ला चितवन भएको उद्योगीहरु दावी गर्छन्। देशभरका बासिन्दाको संगमथलो चितवन भएकाले उद्योगमा पनि विविधता भएको उनको भनाइ छ।

उद्योग संघले नवलपुर र मकवानपुरलाई चितवनमा जोडेर औद्योगिक र आर्थिक राजधानी बनाउन केन्द्र सरकारलाई प्रस्ताव गरेको दुवाडीले बताए। काठमाडौँं साँघुरो भएकाले काठमाडौँ र देशकै लागि चाहिने उत्पादन गर्ने क्षेत्रका रुपमा यस क्षेत्रलाई विकास गर्न सकिने उनले तर्क गरे।

उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष सहनलाल प्रधानले औद्योगिक वातावरण जिल्लामा रहेकाले लगानी गर्ने क्रम बढेको बताए। शक्तिखोर औद्योगिक क्षेत्र बनेसँगै उद्योगमा थप लगानी हुने उनको भनाइ छ। 

पछिल्लो समय कोरिया र चीनका लगानीकर्ताले जिल्लामा उद्योगको क्षेत्रमा लगानी गर्न इच्छा व्यक्त गर्दै आएका छन्। (नारायण अधिकारी/रासस)

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०७५  १२:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
डोजर रोक्न माग गर्दै रास्वपा केन्द्रीय कार्यालय पुगे सुकुमबासी
सुकुम्वासी बस्तीमा डोजर चलाउने तयारीप्रति एमनेस्टीको आपत्ति
सरकारले सुकुम्वासी बस्ती हटाउने भएपछि पीडितहरु बिहानदेखि प्रदर्शनमा
सम्बन्धित सामग्री
देशभर साढे १० लाखले गरे मतदानः निर्वाचन आयोग बिहान १० बजेसम्म देशभर १० लाख ६५ हजार मत खसेको आयोगले जनाएको छ । यो कूल मतको करिब ६ प्रतिशत हो । बिहीबार, फागुन २१, २०८२
'कुलिङ अफ पिरियड' गडबडीमा राज्य व्यवस्था समिति सभापति  खतिवडा नैतिक जिम्मेवार संसदीय छानबिन विशेष समितिले खतिवडा नैतिक जिम्मेवार रहेको निष्कर्षसहितको प्रतिवेदन तयार पारेको हो। मंगलबार, साउन २०, २०८२
रिङ्कु सदाको परिवार भेटेलगत्तै गम्भीर अनुसन्धान गर्न प्रशासनलाई प्रचण्डको आग्रह अध्यक्ष प्रचण्डले शोकमा रहेको परिवार र आन्दोलनमा रहेको संघर्ष समितिसँग पनि शनिबार नै भेट गरेका थिए। परिवारले हत्या नै भएको आशंका गरे... शनिबार, फागुन १७, २०८१
ताजा समाचारसबै
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
डोजर रोक्न माग गर्दै रास्वपा केन्द्रीय कार्यालय पुगे सुकुमबासी शुक्रबार, वैशाख ११, २०८३
सुकुम्वासी बस्तीमा डोजर चलाउने तयारीप्रति एमनेस्टीको आपत्ति शुक्रबार, वैशाख ११, २०८३
सरकारले सुकुम्वासी बस्ती हटाउने भएपछि पीडितहरु बिहानदेखि प्रदर्शनमा शुक्रबार, वैशाख ११, २०८३
सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष परिश्रमी प्रहरी नियन्त्रणमा शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
व्यवसायी शेखर गोल्छा पक्राउ बिहीबार, वैशाख १०, २०८३
रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो बिहीबार, वैशाख १०, २०८३
महान्यायाधिवक्ता कँडेलविरुद्धको रिटमा सर्वोच्चद्वारा सरकारसँग स्पष्टीकरण माग बिहीबार, वैशाख १०, २०८३
खानेपानीका इन्जिनियरविरुद्ध डेढ करोड अवैध सम्पत्ति जोडेको आरोपमा मुद्दा बिहीबार, वैशाख १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको स्थायी नियुक्ति खारेज गर्न माग गर्दै हर्क साम्पाङले लेखे सरकारलाई पत्र शुक्रबार, वैशाख ४, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
बालेनको १२ वर्ष पुरानो गीत युट्युबबाट हटाउन माग गर्दै उजुरी शुक्रबार, वैशाख ४, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्