• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ २९, २०८३ Mon, Sep 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

नेकपा विभाजनपछि सिपिसीको सक्रियता

64x64
नेपाल लाइभ सोमबार, पुस १३, २०७७  २३:२१
1140x725

काठमाडौँ- सत्तारुढ नेकपा एकतादेखि विवादसम्म सक्रियता देखाएको चीनले विभाजनको स्थितिमा समेत जोड्नसमेत प्रयास गरेको छ। पार्टी विभाजनअघि चिनियाँ राजदूत होउ यान्छीले नेकपा शीर्ष नेतालाई भेटेर एकतामा जोड दिँदै दौडधुपमा लागेकी थिइन्। 

राजदूतको सक्रियताले नपुगेपछि नेकपा एकतामा थप जोड दिन आइतबार नेपाल आएको चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का अन्तराष्ट्रिय विभागका उपमन्त्री गुओ येझोउको टोलीले भेटघाटलाई तीव्रता दिएको छ। 

तत्कालीन एमाले र माओवादी केन्द्र एकता हुनुभन्दा केही समयअघि मात्र गुओ आएर नेकपा शीर्ष नेताहरूलाई भेटेर जोड्न प्रयास गरेका थिए। गुओसहित राजदूतले पार्टी एकता गर्न जोड दिएको नेकपाकै नेताहरू बताउँछन्। 

नेकपा एकतापछि पनि विवाद बढ्दा राजदूत यान्छीले आफ्नोतर्फबाट भूमिका खेलिरहेकी थिइन्। प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपतिले संसद् विघटनको अनुमोदन गरेपछि पार्टीमा तेस्रो पटक विभाजनको स्थितिमा पुगेको हो। यसअघि नेपालको राजनीतिमा भारतको प्रत्यक्षपरोक्ष रुपमा आफ्नो उपस्थिति जनाउने गरेपनि पछिल्लो समय चीनले आफ्नो उपस्थित देखाउन थालेको छ। 

नेकपा विवाद मिल्न सक्ने परिस्थितिभन्दा पर गइसके पनि चीनले आफ्नो उपस्थिति छ है भन्ने स्पष्ट संकेत छोड्न खोजेको छ। अब चीनले नेपालमा हुने राजनीतिक उतारचढावमा सरोकार राख्न थालेको छ। भारत र चीन दुवै देश नेपालको राजनीतिक मामिलामा उपस्थिति जनाउन थालेपछि जटिलता थप्न सक्ने विश्लेषण गर्न थालिएको छ। 

चिनियाँ विशेष टोलीले आइतबार नेपाल उत्रिएकै दिन प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीलाई भेटेका थिए। 

सोमबार अध्यक्ष प्रचण्डसहित अर्का अध्यक्ष माधवकुमार नेपाल झलनाथ खनाललाई भेटेर छलफल गरेका छन्। नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा चिनियाँ प्रतिनिधिसँग छलफल भएको नेकपा वरिष्ठ नेता झलनाथ खनालले बताए। चिनियाँ टोलीसँग भेट वार्ता भएपछि खनालले विज्ञप्ति जारी गर्दै नेपाल चीन सम्बन्धका विषयमा छलफल भएको बताएका छन्। 

1140x725

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईसँग पनि भेट गरेको छ। चिनियाँ प्रतिनिधिले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि भेट गर्ने कार्यतालिका रहेको बताएको छ। 

यसअघि गत वैशाख ८ मा प्रधानमन्त्रीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएका बेला पनि पार्टी विभाजनककै अवस्थामा पुगेको थियो। त्यति बेला पनि राजदूत यान्छीले प्रधानमन्त्रीसहित अध्यक्ष प्रचण्डलाई भेटेर छलफल गरेकी थिइन्। पार्टीकै नेताको समन्वयकारी भूमिका र चिनियाँ राजदूतको सक्रियताले तत्कालको विवाद टेरेको हो। पछि ओलीले उक्त अध्यादेश फिर्ता लिएका थिए।

फेरि असार १० गतेदेखि स्थायी कमिटी बैठक हुँदा पार्टीमा ओलीको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पदबाट राजीनामा मागेपछि विभाजनकै स्थितिमा पुगेको थियो। त्यतिबेला शीर्ष नेताकै सक्रियतामा गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरी विवाद समाधानको उपाय खोजिएको थियो। त्यो विवाद निरुपण हुन नपाउँदै पार्टीमा मन्त्रिपरिषद पुर्नगठन, राजदूत नियुक्ति, कर्णाली विद्रोहलगायत विषयले उग्र रूप लिएपछि पार्टी विभाजनको स्थितिमा पुगेको हो। 

प्रतिनिधिसभा विघटन भएपछि स्पष्ट रुपमा विभाजनको बाटो खुलेको हो। संसद् विघटनलगत्तै दुवै पक्षको केन्द्रीय कमिटी बैठकै दिन गत पुस ७ गते राजदूत यान्छिले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटकी थिइन्। यस्तै पार्टी विभाजन नगरी एकता गर्न भन्दै अध्यक्ष प्रचण्ड र नेपाललाई गत पुस ९ गते महरालाई पुस १० मा भेटेकी थिइन्। 

अध्यक्ष प्रचण्डसँगको भेटमा यान्छीले मिल्न सक्ने स्थिति भए मिल्न आग्रह गरेको प्रचण्डको सचिवालयले स्पष्ट पारेको थियो। चिनियाँ कम्युनिस्ट पार्टी नेपालको कम्युनिस्ट पार्टीको एकतामा जोड दिएको राजदूतले स्पष्ट पारेकी थिइन्।

प्रकाशित मिति: सोमबार, पुस १३, २०७७  २३:२१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमाले पुनर्गठनको अन्तिम मस्यौदा बनाउन तीन नेतालाई जिम्मा, कार्यदल बैठक असोज १ सम्म स्थगित
रसुवा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई प्रधानमन्त्रीले भने– पुनःस्थापनामा स्रोतको कमी हुन दिन्नौँ
बालेन सरकार विघटन गरी अर्को सरकार गठन गर्न जेनजी मुभमेन्ट नेपालको माग
सम्बन्धित सामग्री
एमाले पुनर्गठनको अन्तिम मस्यौदा बनाउन तीन नेतालाई जिम्मा, कार्यदल बैठक असोज १ सम्म स्थगित काभ्रेको बल्थलीस्थित एक होटलमा बसेको कार्यदल बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा सम्पादन टोली बनाएको हो। टोलीमा उपाध्यक्ष... सोमबार, भदौ २९, २०८३
रसुवा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई प्रधानमन्त्रीले भने– पुनःस्थापनामा स्रोतको कमी हुन दिन्नौँ सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल गर्दै प्रधानमन्त्री शाहले... सोमबार, भदौ २९, २०८३
बालेन सरकार विघटन गरी अर्को सरकार गठन गर्न जेनजी मुभमेन्ट नेपालको माग मुभमेन्टका प्रवक्ता विजय शाहले सोमबार जारी गरेको प्रेस वक्तव्यमा प्रधानमन्त्री बालेन शाह, रवि लामिछाने, सुधन गुरुङ र सागर ढकाललगायत... सोमबार, भदौ २९, २०८३
ताजा समाचारसबै
एमाले पुनर्गठनको अन्तिम मस्यौदा बनाउन तीन नेतालाई जिम्मा, कार्यदल बैठक असोज १ सम्म स्थगित सोमबार, भदौ २९, २०८३
रसुवा बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिलाई प्रधानमन्त्रीले भने– पुनःस्थापनामा स्रोतको कमी हुन दिन्नौँ सोमबार, भदौ २९, २०८३
बालेन सरकार विघटन गरी अर्को सरकार गठन गर्न जेनजी मुभमेन्ट नेपालको माग सोमबार, भदौ २९, २०८३
सर्वोच्चले रक्षा मन्त्रालय र सेनालाई सोध्यो– ग्रिन आर्मीलाई सैन्य गतिविधिका लागि सहमति दिएको हो? सोमबार, भदौ २९, २०८३
चिलिमे टनेलमा रातभर उद्धार कार्य सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा आइतबार, भदौ २८, २०८३
रविको जन्मदिनमा बालेनको शुभकामना देखिएन, बढ्दो दूरीको संकेत हो? आइतबार, भदौ २८, २०८३
देउवा पक्षका नेताका लागि कांग्रेसमा फर्किने बाटो खुल्यो, महाधिवेशन आयोजक बन्न आह्वान आइतबार, भदौ २८, २०८३
खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता सोमबार, भदौ २९, २०८३
विशेष महाधिवेशन स्वीकार नगर्न बादललाई ओलीको फोन, एमाले पुनर्गठन कार्यदलको बैठकमा चर्काचर्की सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जलबायू न्यायका लागि प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
बुवा : आफ्ना सपना थाती राख्ने नायक नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
कालिका मन्दिरका अध्यक्षले अर्थमन्त्रीलाई दिए साट्न नमिल्ने चेक, रास्वपा सांसद सुशील खड्काले गरेका थिए पहल सोमबार, भदौ २२, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
कुशको प्रतिमा बनाएर अन्त्येष्टिपछि बेपत्ता व्यक्ति जीवित भेटिए के हुन्छ ? मंगलबार, भदौ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्