• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

खोलाको अधिकारमा सर्वोच्चको पहिलो व्याख्या : ‘जीवित व्यक्तित्व’को मान्यता

64x64
नेपाल लाइभ सोमबार, भदौ २९, २०८३  ०८:१७
1140x725

काठमाडौं– सर्वोच्च अदालतले पहिलो पटक खोला तथा नदीको अधिकार सम्बन्धमा विस्तृत व्याख्या गर्दै फैसला सुनाएको छ। 

न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले खोला संरक्षणको अन्तर्राष्ट्रिय प्रयास र आन्दोलनलाई समेत उल्लेख गर्दै फैसलाको पूर्णपाठमा ‘खोला स्वतन्त्र रूपमा बहन पाउनुपर्ने, प्रदूषणबाट संरक्षित हुन पाउने र जैविक विविधता, बासस्थान र पर्यावरणीय कार्यको पूर्णरूपमा कानुनी संरक्षण हुनुपर्ने कुरालाई खोलाको मौलिक अधिकारका रूपमा लिनुपर्ने’ टिप्पणी गरेको छ।

नुवाकोटको ओखरपौवाका श्यामकृष्ण फुयाँलसमेत २० जनाले दायर गरेको रिटको पूर्णपाठमा सर्वोच्चले यस्तो व्याख्या गरेको हो।

उनीहरूले काठमाडौं महानगरपालिका–१६ र महादेव खोलामा काठमाडौं उपत्यका विकास प्राधिकरणले खोलालाई थप ३ मिटर धकेल्ने गरी रिटेनिङ वाल निर्माण थालेकोले यसले आफूहरूको घरजग्गामा समेत असर पारेको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। 

उनीहरूले महादेव खोलाको वास्तविक क्षेत्र यकिन गरेर मात्र यस्तो रिटेनिङ वाल निर्माण हुनुपर्ने, नत्र सम्पूर्ण निर्माण रोक्न माग गरेका थिए। सर्वोच्चले परमादेश जारी नगरी खोला बहाव क्षेत्र तथा चौडाइलाई कसैले पनि संकुचन गर्न नपाउने कुरालाई हृदयंगम गर्दै खोलाको बहाव क्षेत्र, तटीय क्षेत्र वा चौडाइ सम्बन्धमा अभिलेख र श्रेस्ता हेरी संरक्षण गर्नु भनी निर्देशनात्मक आदेश जारी गरेको छ।

२०८३ साउन १३ गते भएको फैसलाको पूर्णपाठ मंगलबार सार्वजनिक गर्दै सर्वोच्चले खोला सम्बन्धमा उल्लिखित विकसित अवधारणा र संवैधानिक तथा कानुनी व्यवस्थासमेतका सापेक्षतामा खोलाले आफ्नो बहाव क्षेत्रमा निर्वाध रूपमा बहाव गर्ने अधिकार राख्ने तर्क गरेको छ।

‘खोला लगायतमा सरकारी सार्वजनिक जग्गा मिच्ने कार्य अक्षम्य हुन्छ। खोला वा नदीको प्राकृतिक बहाव क्षेत्र मिच्ने कार्यले बाढी, डुबान, वातावरण, पर्यावरण, जैविक विविधतामा ह्रास लगायत प्राकृतिक प्रकोप बढ्छ,’ पूर्णपाठमा भनिएको छ, ‘यी सबै कुराहरूलाई हृदयंगम गरी निवेदनमा उल्लिखित खोलाको बहाव क्षेत्र वा तटीय क्षेत्र वा चौडाइ कति रहनुपर्ने भन्ने पहिचान र निर्धारण आधिकारिक निकायमा रहेका नक्सा, जग्गासम्बन्धी अभिलेख र श्रेस्तासमेतलाई हेरी प्राविधिक पक्षमासमेत दृष्टिगत गरी नेपाल सरकार र अन्य साधिकार निकायबाट गरिनुपर्ने विषय हो। यस अदालतबाट खोलाको चौडाइ यति हुने वा खोलाको चौडाइ यसले यति मिचेको छ भनी रिट क्षेत्राधिकारबाट निरूपण गर्नु उपयुक्त हुँदैन।’

अन्तर्राष्ट्रियस्तरमा खोला वा नदीको अधिकार संरक्षणका लागि विभिन्न प्रयास र आन्दोलन भएको उल्लेख गर्दै सर्वोच्चले सबै खोलालाई जीवित व्यक्तित्वका रूपमा मान्यता दिनुपर्ने र अदालतमा कानुनी कारबाहीका लागि सक्षमता प्रदान गर्नुपर्ने कुराको वकालत गरेको पूर्णपाठमा उल्लेख छ।

Ncell 2
Ncell 2
nimb
nimb

‘खोलाको अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र नै जारी भएको छ। यस घोषणापत्रमा नदीका बहावका अधिकार लगायतका मौलिक अधिकारको निर्धारण गर्नुका साथै व्यक्तित्वको रूपमा लिँदै नदीले अदालतमा कानुनी रूपमा प्रस्तुत हुन सक्षमता राख्ने कुराको घोषणा गरिएको छ,’ पूर्णपाठमा भनिएको छ, ‘यसका साथै विश्वका विभिन्न मुलुकमा खोलाको अधिकारलाई मान्यता दिने अभ्यास भइरहेको पाइन्छ। इक्वेडरले सन् २००८ मा संविधानमा नै प्राकृतिक कुराको कानुनी रूपमा कार्यान्वयनयोग्य अधिकार हुने व्यवस्था गरेको छ। न्युजिल्यान्डमा वाङ्गानुई नदीका बारेमा नदीसँग सम्बन्धित आदिवासीलाई अदालतमा कुरा उठाउने अधिकार दिएको छ र यसलाई कानुनी व्यक्तिको रूपमा मानेको छ।’

कोलम्बियाको संवैधानिक अदालतले एस्ट्रो नदीको संरक्षण, व्यवस्थापन, सम्भार र पुनर्स्थापनाको अधिकार हुने निर्णय गरेको र छिमेकी भारतमा उत्तराञ्चल उच्च अदालतले गंगा र यमुना नदी लगायतका अन्य प्राकृतिक कुराको कानुनी व्यक्तिको हैसियत रहने र जीवित व्यक्तिसरह अधिकार, दायित्व र कर्तव्य हुने निर्णय गरेको फैसलामा उल्लेख छ।

‘भारतकै पञ्जाब–हरियाणा उच्च अदालतले पनि सुखना ताललाई कानुनी व्यक्तित्वको हैसियत प्रदान गरेको छ। बंगलादेशको सर्वोच्च अदालतबाट पनि बंगलादेशका सबै नदीलाई जीवित व्यक्तिसरहको कानुनी हैसियत हुने घोषणा गरेको छ,’ पूर्णपाठमा भनिएको छ, ‘क्यानडामा पनि नदीको कानुनी व्यक्तित्व हुने घोषणा गर्ने कार्य प्रारम्भ भएको छ। दक्षिण कोरियामा चोङ्गयेचोन खोला सन् १९७० को दशकमा छोपी राजमार्ग बनाएकोमा सन् २००३ मा ६ किलोमिटर महानगरपालिकाले खुला गरिएको पाइन्छ।’

सर्वोच्चले नेपालकै पनि काठमाडौं उपत्यकासहित देशभरका नदी संरक्षण र उनीहरूको संरक्षणबारे दर्जनौं व्याख्या अदालतबाट भएको भन्दै रिट खारेज गरिदिएको छ।

Xtrem

Xtrem

 फैसलाको पूर्णपाठ 

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  ०८:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा
गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्दै
सम्बन्धित सामग्री
जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछ: राष्ट्रपति पौडेल जितीया पर्वको अवसरमा आज उनले सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै यस्ता पर्वले आपसी सहिष्णुताको भावन... शनिबार, असोज १७, २०८३
एकपछि अर्को अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायको मुद्दा उठाउदै नेपाल, आईपियूमा आपतकालिन प्रस्ताव दर्ता गराउने उक्त प्रस्तावलाई पारित गराउन परराष्ट्र मन्त्रालयमार्फत कुटनीतिक पहल भइरहेको जानकारी दिँदै सभामुख अर्यालले सम्मेलनका क्रममा विभिन्न द... शुक्रबार, असोज १६, २०८३
बालेन नेतृत्वको प्रधानमन्त्री कार्यालयले सार्वजनिक गर्यो एक महिनाको प्रगती विवरण धानमन्त्री कार्यालयको प्रस्तावमा मन्त्रिपरिषद्ले ‘सरकारी निर्णय प्रक्रिया (सरलीकरण तथा डिजिटल बनाउने) सम्बन्धी नियमावली, २०८३’ स्वीक... शुक्रबार, असोज १६, २०८३
ताजा समाचारसबै
जनकपुरधाममा एक महिलाको शंकास्पद मृत्यु, श्रीमान नियन्त्रणमा सोमबार, असोज १९, २०८३
गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण सोमबार, असोज १९, २०८३
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा बस्दै सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
प्रवासीका एजेन्डासहित नवराज शिवाकोटी कांग्रेस केन्द्रीय सदस्य लड्ने सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
कांग्रेस महाधिवेशनमा गगनको अभिव्यक्ति सुनेपछि बालेनको व्यंग्य : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’ आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्