काठमाडौं। लामो समयदेखि प्रवासी नेपालीहरुका मुद्दा साथै सामाजिक तथा राजनीतिक गतिविधिमा सक्रिय नवराज शिवाकोटीले पार्टीको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्।
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाका पूर्वसभापति एवम् १३औँ, १४औँ र १५औँ महाधिवेशनका महासमिति सदस्य शिवाकोटीले पार्टी संगठनको सुदृढीकरण, आन्तरिक एकता र बदलिँदो समयअनुसार कांग्रेसलाई थप जनमुखी बनाउने प्रतिबद्धतासहित उम्मेदवारी घोषणा गरेका हुन्।
नेविसंघदेखि प्रवासको राजनीति र सामाजिक सक्रियतानेपाल विद्यार्थी संघ (नेविसंघ) बाट राजनीतिक यात्रा सुरु गरेका शिवाकोटी नेपाल तरुण दल र नेपाली जनसम्पर्क समिति हुँदै नेपाली कांग्रेसको केन्द्रीय राजनीतिमा प्रवेश गर्न लागेका हुन्।
पुख्र्यौली घर तेह्रथुम भई हाल मोरङमा बसोबास रहेका उनी दक्षिण कोरियामा रहँदा व्यावसायिक तथा सामाजिक गतिविधिमा उत्तिकै सक्रिय रहँदै आएका छन्।
नेपाल–दक्षिण कोरिया सम्बन्ध र गैरआवासीय नेपाली समुदायका क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप उहाँलाई सन् २०२१ मा सियोल महानगरपालिकाले ‘मानार्थ सियोल नागरिकता’ बाट सम्मान गरेको थियो।
पार्टी सुदृढीकरण र नयाँ पुस्ताको समन्वयमा जोड उम्मेदवारी घोषणा गर्दै शिवाकोटीले आफ्नो यो निर्णयलाई केवल व्यक्तिगत आकाङ्क्षा नभई लामो समयदेखि संगठनमा पुर्याएको योगदान र प्राप्त अनुभवप्रतिको निरन्तरता भएको बताए।
उम्मेदवारी घोषणा गर्दै शिवाकोटीले आफ्नो यो निर्णयलाई केवल व्यक्तिगत आकाङ्क्षा नभई लामो समयदेखि संगठनमा पुर्याएको योगदान र प्राप्त अनुभवप्रतिको निरन्तरता भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।